सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ११ जेठ ।
आगामी हप्ता पोखरामा सञ्चालन हुने पश्चिमाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने खेलाडीहरुलाई प्रशिक्षण दिन थालीएको छ ।
गत माघमा बेनीमा सञ्चालन भएको दोस्रो राष्ट्रपति रनिङ शिल्ड मावि स्तरीय खेलकुद प्रतियोगिताबाट विभिन्न बिधामा छनौट भएका ४८ जना खेलाडीहरुलाई प्रशिक्षणमा सहभागि गराइएको हो ।
जेठ १० गते सुरु भएको खेल प्रशिक्षण १५ गतेसम्म जारी रहने जिल्ला खेलकुद विकास समितिका भलिबल खेल प्रशिक्षक तेजेन्द्र बानियाँले बताउनुभयो । जेठ १६ र १७ गते पोखरामा क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हँुदैछ् ।
म्याग्दी जिल्लाबाट सहभागि हुने खेलाडीहरुलाई उत्कृष्ट खेल प्रर्दशन गर्ने वातावरण बनाउन खेलप्रशिक्षण सञ्चालन गरिएको प्रशिक्षक बानियाले बताउनुभयो । भबिलब, दौड लगायत एथलेटिक्स, तेक्वान्दो, करातेका बिधामा छनौट भएका खेलाडीहरु प्रशिक्षणमा सहभागि भएका छन् ।
तेक्वान्दोको कर्ण प्रधान, भबिलबको तेजेन्द्र बानियाँ, करातेको चन्द्रा घले र बिना घर्ती मगरले प्रशिक्षण दिनुभएको छ । प्रशिक्षणपछि क्षेत्रीय प्रतियोगितामा म्याग्दीको उपस्थिती बलियो रहने अपेक्षा गरिएको छ ।