समाचार

रत्नेचौरमा रक्तदान कार्यक्रम सम्पन्न

विकल्प न्यूज/बेनी असोज ८ गते । बेनी नगरपालिका १ रत्नेचौरमा आयोजित रक्तदान कार्यक्रममा २९ जनाले रक्तदान गरेका छन् । रत्नेचौर जागरण समुहले आफ्नो प्रथम वार्षिक उत्सवका अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । नेपाल रेडक्रस सोसाईटी अन्तर्गत स्थापना भएको रक्तसञ्चार सेवा केन्द्र,रत्नेचौर स्वास्थ्यचौकी र बेनी अस्पतालले प्राविधिक सहयोग गरेको समुहका अध्यक्ष गणेश बोगटीले जानकारी दिनुभयो […]

महिलाहरुलाई लैङ्गिक विभेदविरुद्ध पैरवीसम्बन्धी तालिम

विकल्प न्यूज/बेनी असोज ८ गते । महिलाहरुका लागि सशक्तिकरण र लैङ्गिक विभेदविरुद्ध पैरवी तथा उद्घोषण तालिम म्याग्दीमा सुरु भएको छ । बेनी नगरपालिकाको आयोजना, सिविन नेपालको संयोजन र प्लान इन्टरनेशनल नेपालको सहयोगमा सदरमुकाम बेनीमा तालिम सञ्चालन गरिएको हो । महिलाहरुलाई सशक्तिकरण गराउने तथा लैङ्गिक हिंसाविरुद्ध पैरवी गर्ने र उद्घोषणकला सिकाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बेनी […]

घारखोला जलविद्युत आयोजनाको निर्माण रोकीयो

विकल्प न्यूज/बेनी असोज ८ गते ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको निर्माणकार्य विगत एक हप्तादेखि ठप्प बनेको छ । अन्नपूर्ण गाउँपालिका–५ शिखका बासिन्दाले विभिन्न माग राख्दै म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाको बाँध र सुरुङ निर्माणकार्यमा अवरोध गरेका हुन् । भदौ ३१ गते शिखका बासिन्दा आयोजनाको बाँध र सुरुङ निर्माणस्थल […]

काभ्रेभिरमा अवरुद्ध सडक खुल्यो

विकल्प न्यूज/बेनी असोज ७ गते । बेनी–जोमसोम सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका ३ दाना खण्डको काभ्रेभिरमा अवरुद्ध सडक आइतवार साँझदेखि खुलेको छ । नेपाली सेना र नेपाल प्रहरीले विस्फोटक पदार्थको सहायताबाट पहरा फुटाएर ट्रयाक खोलेको हो । एकहप्ताको प्रयासपछि सडक खुलाइएको छ । मुस्ताङ जाने तिर्थयात्रीको चाप हुने समयमा सडक बन्द हुँदा समस्या हुने भएकाले सडक […]

मुटुरोगी मिजारलाई शान्ति कोषको २५ हजार सहयोग

विकल्प न्यूज/बेनी असोज ७ गते । आर्थिक अभावका कारण उपचार गर्न समस्या भएकी म्याग्दीकी एक बालिकालाई परोपकारी संस्था ओमकुमारी शान्ति कोषले २५ हजार सहयोग गरेको छ । बेनी नगरपालिका–९ कोशेपानीकी १६ बर्षिय सपना मिजारको मुटुमा समस्या देखिएपछि उपचामार आवश्यक पर्ने आर्थिक अभावले घर फर्किएको समाचार भएपछि मिजारलाई कोषका अध्यक्षले आपतकालिन सहयोगका लागि २५ हजार पीडित […]

तल्लो मोदीको ९५ प्रतिशत काम सकियो, दशैं अघि बिजुली बाल्ने लक्ष्य

विकल्प न्यूज/पर्वत असोज ७ गते । पर्वत जिल्लामा निर्माण भइरहेको तल्लो मोदी जलविद्युत् आयोजनाले दशैँअघि उत्पादन शुरु गर्ने बताएको छ । २० मेगावाट क्षमताको सो आयोजनाले गत वर्षकै असारमा उत्पादन गर्ने भनिए पनि दशैँअघि मात्र उत्पादन दिने जनाएको हो । स्थानीयवासीको अवरोध र प्राकृतिक प्रकोपलगायतका कारणले निर्माणमा ढिलाइ भएको र तोकिएको मितिमा निर्माण हुन नसकेको […]

विश्वामित्र सहकारीको सातौं वार्षिक साधारणसभा

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, असोज ६ । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित विश्वामित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिबार आठौं स्थापना दिवस तथा सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । २०६८ सालमा स्थापित सहकारीमा ३ सय ३७ जना शेयर सदस्य रहेका छन्भने कुल शेयर पुँजी दुई करोड ६९ लाख ८६ हजार ९०० रुपैयाँ रहेको […]

बेनी बचत तथा ऋण सहकारी संस्थाको साढे २७ करोड लगानी

विकल्प न्यूज/बेनी असोज ६ गते ।     म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारणसभा शनिवार बेनीमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि एवम् संस्थाका पूर्व अध्यक्ष टंक हमालले सहकारीले उत्पादनशिल क्षेत्रमा लगानी बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले सहकारी ऐनलाई पूर्ण रुपमा आत्मसाथ गर्दै […]

मिर्गौला रोगको लक्षण र निदान

रमिता खतिवडा मानव शरीरमा दुईवटा मिर्गौला हुन्छ । जसको काम शरिरभित्र उत्पन्न हुने विभिन्न विकार पदार्थलाई पिसाब मार्फत बाहिर फाल्ने, शरीरमा आयोडिन, क्याल्सियम, सोडियमको मात्रालाई सन्तुलन गर्ने, शरीरमा हेमोग्लोबिनको मात्रालाई कायम राख्नका लागी इरेथ्रोप्रोटिन हर्मोनका साथै अरु थुप्रै हर्मोन उत्पादन गर्ने काम पनि मिर्गौलाले गर्दछ । वंशाणुगत गुण, जन्मजात रोग, मधुमेह, उच्च रक्तचाप, किड्नीको सङ्क्रमण, […]

भगवतीमा माछापुच्छ्रेको शाखा रहित बैङ्कीङ सेवा सुरु

विकल्प न्यूज/बेनी असोज ५ गते । माछापुच्छ्रे बैङ्कले म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतीको अधेरीखोलामा शुक्रबार ग्राहक सेवा केन्द्र स्थापना गरेर शाखारहित बैङ्कीङ सेवा सुरु गरेको छ । भगवती, बेगखोला र पिप्लेका बासिन्दालाई गाउँमै बैङ्कीङ सेवा उपलब्ध गराउने उद्देश्यले २९ औ सेवा केन्द्र स्थापना गरिएको बैंकको बेनी शाखाका प्रबन्धक श्रीधर ढुङ्गानाले बताउनुभयो । सेवा केन्द्रबाट निक्षेप […]

कस्तुरी सहकारीको अध्यक्षमा पुनः शाक्य चयन

विकल्प न्यूज/बेनी असोज ४ गते । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः राजेश शाक्य निर्वाचित हुनुभएको छ । विहिवार सम्पन्न नवौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट शाक्यको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरिएको हो । संस्थाको उपाध्यक्षमा सुन्दरकुमार श्रेष्ठ, सचिवमा विनय श्रेष्ठ, सहसचिवमा सुविन श्रेष्ठ र कोषाध्यक्षमा सुन्दरमान शेरचन चयन हुनुभएको […]

म्याग्दी खोला जलविद्युतको पीपीए, पाँच वर्षमा बिजुली उत्पादन

विकल्प न्यूज/बेनी असोज ४ गते । विद्युत् प्राधिकरण र हाइड्रो भिलेज प्रालिबीच ‘म्याग्दी खोला जलविद्युत् आयोजना’ (५७.३ मेगावाट) को विद्युत् खरिद सम्झौता (पीपीए) भएको छ । पीपीएमा आयोजनाको प्रवर्द्धक कम्पनी हाइड्रो भिलेजका अध्यक्ष क्याप्टेन रामेश्वर थापा र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हस्ताक्षर गरेका छन्। आयोजनाले पाँच वर्ष भित्रमा बिजुली उत्पादन गर्ने लक्ष्य लिएको छ। […]

रितुङ माविमा अस्थाई टहरा निर्माण

विकल्प न्यूज/बेनी असोज ४ गते । रघुगंगा नदीमा आएको बाढीले कटान गरेर भवन बगाएको रघुगंगा गाउँपालिका ८ दुलेखर्क स्थित रितुङ माविमा अस्थाई टहरा निर्माण भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थीहरुले श्रमदान गरेर अस्थाई टहरा निर्माण गरेका हुन् । जंगलको काठ र त्रिपालको प्रयोग गरेर चार वटा अस्थाई कक्षाकोठा निर्माण गरिएको विद्यार्थी नेता […]

लर्नद्वारा पत्रकारसँग छलफल

विकल्प न्यूज/बेनी म्याग्दी, असोज ३ ।समृद्ध ग्रामीण नेपालका लागि शैक्षिक उन्नयन कार्यक्रम (लर्न) संस्थाको आयोजनामा मङ्गलबार शैक्षिक अन्तत्र्रिmया सम्पन्न भएको छ । म्याग्दी जिल्लाको उत्तरी क्षेत्रका सामुदायिक विद्यालयमा कार्यक्रम सञ्चालन गरिरहेको लर्न संस्थाले जिल्लामा क्रियाशिल पत्रकारहरुसँग अन्तत्र्रिmया कार्यक्रम गरेको हो । कार्यक्रममा लर्नका कार्यक्रम व्यवस्थापक मिन शाहीले जिल्लाको रघुगंगा र अन्नपूर्ण गाउँपालिका अन्तर्गत सञ्चालित विद्यालयहरुमा […]

बेनीमा संविधान दिवस मनाइयो

विकल्प न्यूज/बेनी असोज ३ गते । संविधान दिवस–२०७५ बुधबार म्याग्दीमा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरेर मनाइएको छ । संविधान दिवस मूल समारोह समिति म्याग्दीको आयोजनामा सदरमुकाम बेनीमा संविधान दिवसको अवसरमा प्रभातफेरी एवं मूल समारोह कार्यक्रम गरेर मनाइएको हो । बेनीको शहिदस्तम्भ चोकबाट निस्किएको प्रभातफेरी ¥यालीले बेनीबजारको परिक्रमा गरेर औपचारिक कार्यक्रममा परिणत भएको थियो । कार्यक्रमलाई […]