रितुङ माविमा अस्थाई टहरा निर्माण

विकल्प न्यूज/बेनी
असोज ४ गते ।
रघुगंगा नदीमा आएको बाढीले कटान गरेर भवन बगाएको रघुगंगा गाउँपालिका ८ दुलेखर्क स्थित रितुङ माविमा अस्थाई टहरा निर्माण भएको छ ।Ritung Mavi 1 Ritung Mavi 2नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थीहरुले श्रमदान गरेर अस्थाई टहरा निर्माण गरेका हुन् । जंगलको काठ र त्रिपालको प्रयोग गरेर चार वटा अस्थाई कक्षाकोठा निर्माण गरिएको विद्यार्थी नेता प्रकाश पौडेलले जानकारी दिनुभयो ।

बेनीबाट पौडेलको नेतृत्वमा गएका १५ जना विद्यार्थी, स्थानीयबासी र युवा क्लबका पदाधीकारीहरुले बुधबार संबिधान दिवसको अवसरमा श्रमदान गरेर अस्थाई कक्षा कोठा भवन निर्माण गरेका हुन् ।

भदौ २७ गते रघुगंगा नदीमा आएको बाढीले रितुङ माविको तिन वटा भवनको सात वटा कक्षा कोठा र शौचालय बगाएको थियो । भवन बगाएपछि दुई हप्ताका लागि बन्द भएको पठनपाठन सूचारु गराउन अस्थाई टहरा निर्माण गरिएको हो । कक्षा १० सम्मको पठनपाठन हुने उक्त विद्यालयमा १७५ जना विद्यार्थी अध्ययनरत छन् ।Ritung Mavi 3यसैबीच बाढी र पहिरो प्रभावित दुलेखर्क, खरिबोट, घ्याँसीखर्क, दुवाडी क्षेत्रको स्थलगत अनुगमन र स्थानीयबासीहरुको समस्याको बारेमा जानकारी लिन प्रदेश सांसद बिनोद केसीको टोली बिहीबार बिहान त्यसतर्फ प्रस्थान गरेको छ । सांसद केसी, जिसस प्रमुख देवेन्द्र केसी, वडा अध्यक्ष गमान छन्त्यालको टाली जिल्ला विपद् ब्यवस्थापन समितिको राहत सहित कुईनेमंगलतर्फ गएको हो ।