बेनीमा संविधान दिवस मनाइयो

विकल्प न्यूज/बेनी
असोज ३ गते । IMG_1745संविधान दिवस–२०७५ बुधबार म्याग्दीमा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरेर मनाइएको छ । संविधान दिवस मूल समारोह समिति म्याग्दीको आयोजनामा सदरमुकाम बेनीमा संविधान दिवसको अवसरमा प्रभातफेरी एवं मूल समारोह कार्यक्रम गरेर मनाइएको हो । DSC_0285बेनीको शहिदस्तम्भ चोकबाट निस्किएको प्रभातफेरी ¥यालीले बेनीबजारको परिक्रमा गरेर औपचारिक कार्यक्रममा परिणत भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका सांसद विनोद केसीले संविधानले सबै नागरिकलाई अधिकार दिएको बताएका छन् । आम नागरिकको भावना र अधिकार समावेश गरिएको संविधानको कार्यान्वयन गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग पु¥याउनुपर्ने बताए । DSC_0284पूर्वसभासद गोविन्दप्रसाद पौडेलले नेपाली जनताको लामो समयदेखिको त्याग र बलिदानबाट आएको उपलब्धि संविधान भएको बताउँदै यसको कार्यान्वयन गर्नेतर्फ लाग्नुपर्ने बताए । कार्यक्रममा जिल्ला न्यायाधीश राजकुमार कोईराला र म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले संविधानले ग्यारेन्टी गरे अनुसारको सेवासुविधा र अधिकारलाई तल्लो तहसम्म पु¥याउन ध्यान दिनुपर्ने बताए ।

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले स्थानीय तहलाई दिइएको अधिकार गुम्ने होकी भन्ने शङ्का रहेकाले स्थानीय सरकारलाई अधिकारसम्पन्न र बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताएका थिए । DSC_0277कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता हरिकृष्ण श्रेष्ठ, नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष तारानाथ शर्माले संविधान कार्यान्वयन गर्नेतर्फ सबै एक भएर लाग्नुपर्ने बताएका छन् । कार्यक्रममा बोल्ने जिल्लाका सरोकारवालाहरुले संविधान कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता रहेको बताएका थिए ।
प्रभातफेरी कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थीसहित पत्रकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीको अध्यक्षता, निमित्त जिल्ला समन्वय अधिकारी गोविन्द सुनारको सञ्चालन र बेनी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ भूषालको स्वागतमा सम्पन्न भएको थियो । औपचारिक कार्यक्रम सुरु हुनुपूर्व शहिदस्तम्भ चोकबाट सुरु भएको ¥याली हुलाकचोक–न्युरोड–क्याम्पसचोक–शिक्षामार्ग–अस्पतालचोक–गणेशटोल–संगमचोक–बालमन्दिरचोक भएर बेनी सामुदायिक माध्यमिक विद्यालयको प्राङ्गणमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।