रत्नेचौरमा रक्तदान कार्यक्रम सम्पन्न

विकल्प न्यूज/बेनी
असोज ८ गते । 42415417_2206421602948322_1456670924743901184_nबेनी नगरपालिका १ रत्नेचौरमा आयोजित रक्तदान कार्यक्रममा २९ जनाले रक्तदान गरेका छन् । रत्नेचौर जागरण समुहले आफ्नो प्रथम वार्षिक उत्सवका अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

नेपाल रेडक्रस सोसाईटी अन्तर्गत स्थापना भएको रक्तसञ्चार सेवा केन्द्र,रत्नेचौर स्वास्थ्यचौकी र बेनी अस्पतालले प्राविधिक सहयोग गरेको समुहका अध्यक्ष गणेश बोगटीले जानकारी दिनुभयो ।

बेनपा १ का वडाअध्यक्ष टेकवहादुर रावल र रक्त सञ्चार सेवा केन्द्रका संयोजक सुरज केसीले आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान भएको बताउनुभयो ।

रत्नेचौर निवासी हाल अमेरीकामा रहनुभएका हिरासिंह बोगटीले रक्तदान कार्यक्रमका लागि आर्थिक सहयोग उपलब्ध गराउनु भएको समुहका उपाध्यक्ष मन्नु रावलले बताउनुभयो ।  समुहका अध्यक्ष बोगटीको अध्यक्षता,सचिव संकर महतको सञ्चालन र उपाध्यक्ष मन्नु रावलको स्वागत मन्तव्यमा औपचारिक कार्यक्रम सम्पन्न भएको थियो ।