काभ्रेभिरमा अवरुद्ध सडक खुल्यो

विकल्प न्यूज/बेनी
असोज ७ गते । 42332511_1926670680968437_5704377736353546240_n बेनी–जोमसोम सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका ३ दाना खण्डको काभ्रेभिरमा अवरुद्ध सडक आइतवार साँझदेखि खुलेको छ । नेपाली सेना र नेपाल प्रहरीले विस्फोटक पदार्थको सहायताबाट पहरा फुटाएर ट्रयाक खोलेको हो ।

एकहप्ताको प्रयासपछि सडक खुलाइएको छ । मुस्ताङ जाने तिर्थयात्रीको चाप हुने समयमा सडक बन्द हुँदा समस्या हुने भएकाले सडक खुलाउन तिव्रतरिकाले काम गरिएको बेनी जोमसोम कोराला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिङ शेरचनले बताउनुभयो । भदौ २६ गते पहिरोले काभ्रेभिरमा पचास मिटर सडक भत्काएपछि बेनी जोमसोम सिधा यातायात अवरुद्ध भएको थियो । 42311003_595098157573027_4363202253180370944_nपहिरोले सडक भत्काएपछि मुस्ताङ पुग्ने यात्रुहरु जोखिम मोलेर वारपार गर्न बाध्य थिए । बेनी देखि काभ्रेसम्म सिधा यातायात सञ्चालनमा आएपनि काभ्रेको भिरमा सडक नखुल्दा मुस्ताङ पुग्ने यात्रुहरु पैदल हिडेर भिर पार गर्न ज्यान हत्केलामा राख्नुपर्ने अवस्था थियो । नेपाली सेनाले यात्रुहरुलाई आवतजावतमा सहयोग पु¥याएको थियो । तस्विर सौजन्य इन्द्रसिंह शेरचन