कस्तुरी सहकारीको अध्यक्षमा पुनः शाक्य चयन

विकल्प न्यूज/बेनी असोज ४ गते । DSC_0281म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः राजेश शाक्य निर्वाचित हुनुभएको छ । विहिवार सम्पन्न नवौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट शाक्यको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरिएको हो । DSC_0309संस्थाको उपाध्यक्षमा सुन्दरकुमार श्रेष्ठ, सचिवमा विनय श्रेष्ठ, सहसचिवमा सुविन श्रेष्ठ र कोषाध्यक्षमा सुन्दरमान शेरचन चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा हिमाल श्रेष्ठ, बसुधा श्रेष्ठ, सङ्गिता श्रेष्ठ र सरिता श्रेष्ठ चयन भएको प्रबन्धक लोकेश पुनमगरले जानकारी दिनुभयो । यसै गरि शिक्षा उपसमितिको संयोजकमा विनय श्रेष्ठ सदस्यहरु निरञ्जन श्रेष्ठ र प्रविण कुमार श्रेष्ठ चयन हुनुभएको छ । लेखा संयोजक नारायणकुमार श्रेष्ठ, सदस्यहरु नविनकुमार श्रेष्ठ र लक्ष्मीकुमारी श्रेष्ठ चयन हुनुभएको छ ।
कुल १९२ जना शेयर सदस्य रहेको सहकारीको शेयर पुँजी दुई करोड २१ लाख ९७ हजार ८००, लगानी २८ करोड ६८ लाख २३ हजार ३४४ र बचत २५ करोड ८४ लाख ८४ हजार ५८९ रुपैयाँ रहेको छ । सहकारीले कृषि, व्यापार, पशुपालन, वैदेशिक रोजगार, गृह निर्माणलगायत सामाजिक क्षेत्रमा लगानी गर्दै आइरहेको छ । DSC_0303साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि बेनी नगरपालिका ७ नम्बर वडाका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले सहकारीले कृषि क्षेत्रको लगानीमा वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । कृषि क्षेत्रमा लगानी वृद्धि गरि युवाहरुलाई स्वरोजगार बनाउन सहकारीको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभएको । DSC_0314सोही अवसरमा संस्थाका सहकारीका प्रबन्धक लोकेश पुनमगरलाई उत्कृष्ट कर्मचारीका रुपमा पुरस्कृत गरिएको थियो । साधारणसभाका अवसरमा शेयर सदस्य तथा शेयर सदस्यका १२ जना बुवा आमालाई ज्येष्ठ नागरिक सम्मानले सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष राजेश शाक्यले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुन्दरमान शेरचनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सम्मानित हुनुहुने कुश्मा नगरपालिका पर्वतका शान्तिनारायण श्रेष्ठ,शेयर सदस्य मिना रामजालीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सहकारीका सहसचिव सुविन श्रेष्ठको धन्यबाद मन्तब्य, संस्थाका सचिव विनय श्रेष्ठको सञ्चालन र अध्यक्ष शाक्यको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको थियो ।