विश्वामित्र सहकारीको सातौं वार्षिक साधारणसभा

प्रताप बानियाँ /विकल्प न्यूज
म्याग्दी, असोज ६ । DSC_0332म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित विश्वामित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिबार आठौं स्थापना दिवस तथा सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । २०६८ सालमा स्थापित सहकारीमा ३ सय ३७ जना शेयर सदस्य रहेका छन्भने कुल शेयर पुँजी दुई करोड ६९ लाख ८६ हजार ९०० रुपैयाँ रहेको छ ।

यसैगरी सहकारीले नौ करोड ७३ लाख २७ हजार ९०६ रुपैयाँ लगानी गरेको छ भने आठ करोड ४६ लाख पाँचहजार २५४ रुपैयाँ बचत रहेको जनाएको छ । सहकारीले व्यापार, कृषि, पशुपालन, हायर पर्चेज, आवास तथा निर्माणलगायत विभिन्न क्षेत्रहरुमा लगानी गरेको जानकारी दिएको छ ।

साधारणसभाको उद्घाटन गर्दै जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्कीले सहकारी संघसंस्थाले कृषि, पशुपालन, पर्यटन र जलविद्युतका क्षेत्रमा लगानी बढाउनुपर्ने बताएका छन् । सहकारीले व्यवसायिक र उत्पादनमूलक क्षेत्रतर्फ लगानी गर्नेमा जोड दिनुपर्ने भन्दै उनले गरिब, विपन्न र दिनदुःखीलाई सहयोग गर्नुपर्ने बताए । सहकारी ऐन तथा राज्यले सहकारी संघसंस्थालाई लगाएको करको बारेमा संघमार्फत आवश्यक पहल थालिएको उनको भनाइ छ । DSC_0335साधारणसभाको अवसरमा संस्थामा उत्कृष्ट कारोबार गर्नेहरु खिमबहादुर कार्की, खड्कबहादुर घर्ती क्षत्री, जीवनगोपाल कार्की र मानबहादुर भण्डारीलाई सम्मान गरिएको छ । यसैगरी संस्थामा कार्यरत प्रवन्धक मुकेश थापा क्षत्री र लेखापाल करिष्मा कटुवाललाई कर्मचारी सम्मान तथा विदाई गरिएको सहकारीले जनाएको छ । त्यस्तै संस्थाको मावनीय सहायता कोषबाट शेयर सदस्य चित्रबहादुर केसीको परिवारलाई नगद १० हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ ।

कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष लक्ष्मीकुमारी केसी र निवर्तमान अध्यक्ष कृष्णबहादुर बानियाँले सहकारीमार्फत आयआर्जन तथा उत्पादनका क्षेत्रमा लगानी गर्नुपर्ने बताए । कार्यक्रममा क्षत्री समाज म्याग्दीका अध्यक्ष विरबहादुर थापा, शेयर सदस्यद्वय कृष्ण जिसी र गीता बरुवालले मन्तव्य राखेका थिए ।

साधारणभामा संस्थाका अध्यक्ष यामबहादुर बानियाँले संस्थागत, सचिव तुलसी सापकोटाले प्रगति, कोषाध्यक्ष गीता बोगटीले आर्थिक र लेखा संयोजक कमला बानियाँ थापाले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष बानियाँको अध्यक्षता, उपाध्यक्ष भोजबहादुर रिजालले स्वागत र सचिव सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।