मिर्गौला रोगको लक्षण र निदान

रमिता खतिवडाramita khatiwada

मानव शरीरमा दुईवटा मिर्गौला हुन्छ । जसको काम शरिरभित्र उत्पन्न हुने विभिन्न विकार पदार्थलाई पिसाब मार्फत बाहिर फाल्ने, शरीरमा आयोडिन, क्याल्सियम, सोडियमको मात्रालाई सन्तुलन गर्ने, शरीरमा हेमोग्लोबिनको मात्रालाई कायम राख्नका लागी इरेथ्रोप्रोटिन हर्मोनका साथै अरु थुप्रै हर्मोन उत्पादन गर्ने काम पनि मिर्गौलाले गर्दछ ।

वंशाणुगत गुण, जन्मजात रोग, मधुमेह, उच्च रक्तचाप, किड्नीको सङ्क्रमण, अत्यधिक मदिरा सेवन, मिर्गाैलामा हुने पथरी, दुःखाइ कम गर्ने औषधिहरूको प्रयोग, पानी कम वा बढि पिउने बानी, जंक फुड मात्र खान रुचाउने बानीका साथै अस्वस्थकर जीवन शैली लगायतका कारणले मिर्गौला बिग्रनसक्छ । मिर्गौलाले काम गर्न छाडेको अन्तिम अवस्थामा मात्र रोग पहिचान हुने भएकाले र समय समयमा मिर्गौला जाँच गराउनुपर्छ ।

मिर्गौला रोग विभिन्न कारणबाट हुन्छ । यो सबै उमेर समूहकालाई हुने रोग हो । नेपालमा पछिल्लो समय मिर्गौला सम्बन्धी समस्या भएका बिरामीको संख्या बढिरहेको छ । मिर्गौलाको उपचारमा राज्यले सहयोगको व्यवस्था गरेको छ । मिर्गौला फेल हुने समस्या सबैभन्दा जटिल र घातक शारीरिक समस्यामध्ये एक हो । यसको समयमै पहिचान र उपचार हुन सकेन भने मानिसको अकालमै ज्यान जान सक्छ ।

लक्षणहरू– पिसाबको रङमा परिवर्तन आउनु, धमिलो हुनु वा पिसाब पोल्नु, शरीर शिथिल हुनु, आँखाको डिल सुन्निनु्, खानामा रुचि घट्दै जानु, शरीर दुब्लाउँदै जानु, दुवै तर्फका कोखाहरू दुख्नु, खुट्टा सुन्निनु, थकाइ लाग्नु, सास फेर्न गाह्रो हुने आदि लक्षण देखा पर्छन् । kidnyनिदान पद्धति– यदि पानीको मात्रा शरीरमा कम भयो भने यसको सबैभन्दा पहिलो र खराब प्रभाव मिर्गौलामा पर्छ । पानीको अभावले गर्दा मिर्गौलाले रगत सफा गरेर फोहोर फ्याँक्न कठिन हुन्छ । यसले उल्टो परिणाम दिन्छ, शरीरमा टक्सिन जम्मा हुन्छ । पानी प्रशस्त पिउनुपर्छ । खानामा चर्को नुन खाने बानी छ भने यसले रक्त चाप बढाउँछ ।

यसले मिर्गौलामा दबाब पैदा गर्छ । दिनमा पाँच ग्रामभन्दा बढी नुन खानु हानिकारक छ । पिसाब रोक्ने बानीले मिर्गौलामा पत्थरी हुने र मिर्गौला फेल नै हुने खतरासमेत पैदा गर्छ । गुलियो बढी खाँदा यसले शरीरमा प्रोटिनको मात्रा बढी भएर मिर्गौलामा समस्या हुन्छ । शरीरमा पोषक तìवको अभाव भयो भने मिर्गौला खराब हुन्छ । भिटामिन सी र म्याग्नेसियम भरपुर खानाले मिर्गौलामा पत्थरी हुन दिँदैन ।

मासु बढी खाने बानी छ भने पनि मिर्गौला समस्यामा हुन्छ । मांसाहारले शरीरको पाचन प्रक्रियालाई प्रभावित पार्छ जसले मिर्गौलामा सोझै असर गर्छ । रातिमा निद्रा नलाग्ने वा धेरै जागा बस्ने बानी पनि मिर्गौलाका लागि घातक छ । यसले मिर्गौलासम्बन्धी विभिन्न रोग ल्याउन सक्छ ।

निद्राले मिर्गौलालाई स्वस्थ राख्न सघाउँछ । चिया कफी अत्याधिक मात्रामा पिउँदा पनि मृगौलामा समस्या हुन्छ । चिया कफीले शरीरमा क्याफिनको मात्रा बढाउँछ जसले मिर्गौलामा भार पर्छ । टाउको दुख्ने बित्तिकै वा सामान्य दुःखाइ कम गर्न पेनकिलर खाने बानीले पनि मिर्गौलामा प्रभाव पार्छ ।

जाँड रक्सीको अत्यधिक सेवनले पनि मिर्गौलामा असर पार्छ । समस्या करिब दुई वर्षअघि सरकारले निःशुल्क डायलसिस सेवा दिने निर्णय गरेबमोजिम देशका विभिन्न सरकारी तथा निजी अस्पतालमा उक्त सेवा उपलब्ध छ । तर, डायलसिस सेवाको रकम समयमा निकासा नहुँदा सेवा प्रवाह गर्नै गाह्रो भएको छ । मिर्गौला रोगीलाई डायलसिस सेवा दिने स्वास्थ्य संस्थालाई सरकारले बेलैमा रकम दिन नसक्दा सेवा प्रभावित भइरहेको छ ।

डायलसिसका लागि आवश्यक सामाग्री खरिद गर्न पनि गाह्रो भएको छ । तत्कालका लागि निजी अस्पतालले निःशुल्क डायलसिस सेवा दिनै मुस्किल परिरहेको खबरहरू सार्वजानिक भइरहेका छन् । यद्यपि, डायलसिस सेवाको निरन्तरता निकै चुनौतिपूर्ण बनेको छ ।
सरकारी प्रयास– विगत दुई वर्षदेखि मिर्गौलाका रोगीलाई डायलसिस अर्थात् यन्त्रको सहायताले रगत सफा गर्ने सेवा निःशुल्क रूपमा प्रदान गर्ने सरकारले निर्णय गरेको छ । हेमोडायलासिससम्म निःशुल्क गरेको छ भने किड्नी प्रत्यारोपण गराउन तीन लाख रुपियाँ उपलब्ध गराउने गरेको छ ।

जुन रमक पर्याप्त छैन । किड्नी प्रत्यारोपण गर्नका लागि मात्र १० देखि १२ लाख रुपियाँ लाग्ने गर्छ, जुन सबैका लागि सामान्य कुरो होइन । मिर्गौला प्रत्यारोपण गर्नकै लागि घर, जग्गा बेच्नुपर्ने अवस्था हुँदाहुँदै पनि मानिसहरू यस रोगबाट बच्न अझै साबधान भैरहेका छैनन् । मिर्गौला रोग एक अत्यन्तै महँगो भएकोले यसबाट बच्न साबधानी अपनाउनुपर्छ । अर्कोतिर मुलुकमा मिर्गौला तस्करी डरलाग्दो रूपमा बढेको छ । यस्ता रोग लाग्न नदिन सरकारी तवरबाट खोज, अनुसन्धान वैकल्पिक उपाय खोजिनुपर्ने उत्तिकै जरुरी छ ।

(लेखक, राष्ट्रिय मिर्गौला उपचार केन्द्रको डाइलसिस सेवामा कार्यरत हुुनुहुन्छ)