बेनी बचत तथा ऋण सहकारी संस्थाको साढे २७ करोड लगानी

विकल्प न्यूज/बेनी
असोज ६ गते । DSC_0314    म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारणसभा शनिवार बेनीमा सम्पन्न भएको छ । DSC_0316साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि एवम् संस्थाका पूर्व अध्यक्ष टंक हमालले सहकारीले उत्पादनशिल क्षेत्रमा लगानी बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले सहकारी ऐनलाई पूर्ण रुपमा आत्मसाथ गर्दै संस्थाले आफ्नो आर्थिक कारोवारलाई बढाउन सुझाव दिनुभयो ।

साधारणसभामा संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष रमेश गिरीले सहकारीले आर्थिक तथा सामाजिकसहित विभिन्न क्षेत्रमा लगानी गरेर आर्थिक कारोबार बढाएको बताउनुभयो । संस्थाले खराब कर्जालाई न्यूनिकरण गर्दै लैजाने नीति अवलम्बन गरी कर्जा असूली प्रक्रियालाई सक्रियताका साथ अगाडि बढाएको बताउनुभयो । DSC_0321सहकारी नियमावली समयमै नवन्दा सहकारी ऐन २०७४ ले व्यवस्था गरे अनुसारको सहकारी संस्थालाई तोकिएको आयकर भूक्तानीमा अन्यौलता सिर्जना भएको बताउनुभयो । उहाँले चाँढै सहकारी नियमावली बनाउन सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो ।

सहकारीको शेयर पुँजी दुई करोड २३ लाख २९ हजार, लगानी २७ करोड ५१ लाख ६५ हजार पाँचसय ९ र निक्षेप बचत २९ करोड ४२ लाख ६४ हजार एकसय ७३ रुपैयाँ रहेको छ । सहकारीले गत आर्थिक वर्षमा ७० करोड ७७ लाख ४१ हजार चारसय ९ रुपियाँ कुल कारोवार गरेको जनाएको छ ।

खुद मुनाफा ५५ लाख ८१ ह्जार चारसय ४८ रुपियाँ आर्जन गरेको सहकारीको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ । कृषि, व्यापार, पशुपालन,जग्गा,शैक्षिक,व्यापारीक, वैदेशिक रोजगार, गृह निर्माणलगायत सामाजिक क्षेत्रमा संस्थाको लगानी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यसै गरि साधारणसभाका अवसरमा संस्थामा आवद्ध ज्येष्ठ नगारिक भोजवहादुर रावललाई दोसल्ला ओढाई सम्मानपत्रले सम्मान गरिएको थियो । एसईइमा उत्कृष्ट अंक ल्याई उत्तीर्ण गरेका शेयर सदस्य देवी केसीकी छोरा विश्वास केसीलाई नगद ७ हजार पाँचसय रुपियाँ सहित पुरस्कृत गरिएको थियो ।DSC_0350भने शेयर सदस्य साधाना कुमारी श्रेष्ठकी छोरी सुरभी श्रेष्ठ,सञ्जयकुमार श्रेष्ठकी छोरी मौनता श्रेष्ठ,सरोजकुमार श्रेष्ठका छोरा सजिव श्रेष्ठलाई नगद एकहजार सहित प्रशंसापत्रले सम्मान गरिएको सहकारीका प्रबन्धक मुरारी रिजालले जानकारी दिनुभयो ।

साथै सहकारीमा उत्कृष्ट कारोवार गर्ने नेपाल बालसंठन बेनी,म्याग्दी र दिव्याकुमारी मल्ललाई पनि सम्मान गरिएको छ । उत्कृष्ट कर्मचारीका रुपमा लिला बहादुर थापा क्षेत्रीलाई नगद पाँचहजार सहित सम्मान गरिएको थियो । साधरणसभामा संस्थाका सल्लाहकार हरिकृष्ण श्रेष्ठ,संस्थापक शेयर सदस्य प्रमोद श्रेष्ठले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।DSC_0343कोषाध्यक्ष एकेन्द्र वहादुर रावलले आर्थिक प्रतिवेदन,लेखासमितिका संयोजक माधवप्रसाद रेग्मीले लेखासमितिको प्रतिवेदन र संस्थाका अध्यक्ष गिरीले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन बन्दसत्रले पास गरेको सचिव लक्ष्मण शर्माले जानकारी दिनुभयो । संस्थाका अध्यक्ष गिरीको अध्यक्षता, उपाध्यक्ष सञ्जयकुमार श्रेष्ठको स्वागत र सचिव शर्माको सञ्चालनमा साधारणसभा सम्पन्न भएको थियो ।