ताजा समाचार:
Search

मुटुरोगी मिजारलाई शान्ति कोषको २५ हजार सहयोग

विकल्प न्यूज/बेनी
असोज ७ गते । Mutu rogi lai helpsआर्थिक अभावका कारण उपचार गर्न समस्या भएकी म्याग्दीकी एक बालिकालाई परोपकारी संस्था ओमकुमारी शान्ति कोषले २५ हजार सहयोग गरेको छ । बेनी नगरपालिका–९ कोशेपानीकी १६ बर्षिय सपना मिजारको मुटुमा समस्या देखिएपछि उपचामार आवश्यक पर्ने आर्थिक अभावले घर फर्किएको समाचार भएपछि मिजारलाई कोषका अध्यक्षले आपतकालिन सहयोगका लागि २५ हजार पीडित मिजार र उनकी आमालाई हस्तान्तरण गरेका थिए । ‘जटिल समस्या भएकाले चिकित्सकको सुझावलाई बेवास्ता नगर्नुहोला,‘बिश्वभर रहेका म्याग्देलीलाई सहयोगको अपिल गर्दछु’ शाक्यले भने ।
बुबा सुविन्द्र सार्कीको मृत्यु भएपछि गिटीबालुवा सङ्कलन गरी तीनछोराछोरीलाई पाल्दै आएकी नैनले उपचारमा आर्थिक अभाव भएपछि अस्पतालबाट घर फर्किएको बताइन् । ‘घरमा एकछाक खानेपनि छैन्,‘एउटा छोरी मृत्युसंग संघर्ष गदैछिन्’ नैनले भनिन् । उनका अनुसार मिजारको मुटुको भल्भमा समस्या देखिएपछि काठमाण्डौको शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचार भइरहेको छ । बेसाहारा मिजारको जीवन बचाउने अभियानमा आर्थिक सहयोग गर्न स्वदेश तथा विदेशमा रहेका म्याग्देलीलाई राष्ट्रिय जनजागृति मावि नेप्टेचौरले अपिल गरेको छ । विद्यालयमा कक्षा ६ मा अध्ययरत परियार पटकपटक विरामी हुने गरेकाले पनि नियमित विद्यालयमा समेत नियमित जादैनन् । एक बर्ष अगाडी बुबाको समेत मृत्यु भएपछि निकै कष्टकर जीवन विताइरहेकी छन् । सानैमा निमोनियाग्रस्त मिजारको मुटुमा प्वाल परेको छ । उपचारका लागि करिव ३ लाख खर्च र नियमित औषधी र चेकजाँच गर्नका लागि थप आर्थिक लाग्ने चिकित्सकले बताएका छन् ।