लर्नद्वारा पत्रकारसँग छलफल

विकल्प न्यूज/बेनी
म्याग्दी, असोज ३ ।IMG_1723समृद्ध ग्रामीण नेपालका लागि शैक्षिक उन्नयन कार्यक्रम (लर्न) संस्थाको आयोजनामा मङ्गलबार शैक्षिक अन्तत्र्रिmया सम्पन्न भएको छ । म्याग्दी जिल्लाको उत्तरी क्षेत्रका सामुदायिक विद्यालयमा कार्यक्रम सञ्चालन गरिरहेको लर्न संस्थाले जिल्लामा क्रियाशिल पत्रकारहरुसँग अन्तत्र्रिmया कार्यक्रम गरेको हो ।

कार्यक्रममा लर्नका कार्यक्रम व्यवस्थापक मिन शाहीले जिल्लाको रघुगंगा र अन्नपूर्ण गाउँपालिका अन्तर्गत सञ्चालित विद्यालयहरुमा संस्थामार्फत भैरहेको शैक्षिक गतिविधिका बारेमा जानकारी गराएका थिए । उनले लर्न संस्थाले शिक्षा क्षेत्रसँग मात्रै केन्द्रीत भएर कार्यक्रमहरु गर्दै आइरहेको बताउँदै विद्यालयमा शैक्षिक सुधारका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए ।

लर्नले रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका विभिन्न विद्यालयमा शिक्षकहरुलाई तालिम दिनुका साथै विद्यार्थीहरुलाई टेलि टिचङ कार्यक्रम सञ्चालन गरेको जनाएको छ । सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था सुधारका लागि लर्नले विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक तथा विद्यार्थीहरुसँग आवश्यक समन्वय र सल्लाह गरेर कार्यक्रम गर्दै आइरहेको जानकारी दिएको छ ।

लर्नले चालु आर्थिक वर्ष २०७५÷७६ मा कार्यक्रमका लागि कुल ९१ लाख ४८ हजार रुपैयाँ बजेट रहेको कार्यक्रम व्यवस्थापक शाहीले बताएका छन् । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापाले तालिम प्रभावकारी देखिएको बताउँदै परिवर्तित सन्दर्भमा शिक्षासँग सम्बन्धित सबै काम गर्नका लागि स्थानीय तहलाई अधिकार पुगेको बताए ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष तारानाथ शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको लर्नका शिक्षा विकास अधिकृत गोपाल ढुङ्गेलले सञ्चालन गरेका थिए । प्रताप बानियाँ