राष्ट्रिय समाचार
अरुणा उत्कृष्ट खेलाडी घोषित

विकल्प न्यूज/बेनी असोज १८ गते । चितवन टाइग्रेसकी सेटर अरुणा शाही आबदी अबादी महिला भलिबल लिग (एभीएल) को सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् । नेपाल एपिएफलाइ बुधबार फाइनलमा हराउँदै चितवनलाई भलिबल लिगको उपाधि दिलाउन महत्वपूर्ण भुमिका निर्वाह गरेकी उनी सर्वोत्कृष्ट खेलाडी घोषित भइकी हुनु । पश्चिमाञ्चल टिमकी महत्वपूर्ण सदस्य अरुणा पछिल्लो समय सेटरको रुपमा देखिएकी […]
किन सुरु भएन बेनी–लभ्लीहिल पदमार्ग निर्माण ?

विकल्प न्यूज/बेनी असोज १७ गते । एकमहिना अघि पुजापाठ गरेर शिलान्यास गरिएको बेनी – लभ्लीहिल पदमार्गको निर्माण अझै सुरु गरिएको छैन् । शिलान्यासको एकमहिना वितिसक्दा पनि पदमार्ग निर्माण गर्न कुनै सुरसार गरिएको छैन । पर्यटकीय गन्तव्यका रुपमा विकास हुन लागेको बेनी नगरपालिका २ मा रहेको लभ्लीहिल पुग्नका लागि बेनी नगरपालिका,निजी क्षेत्र र प्रवासी म्याग्देलीहरुको संयुक्त […]
मुदीलाई ‘पर्यटकीय गाउँ’ घोषणाको माग

बेगप्रसाद घर्ती /विकल्प न्यूज वडा अध्यक्ष धौलागिरी गाउँपालिका ४ मुदी असोज १७ गते । म्याग्दीको पश्चिम धौलागिरी गाउँपालिका ४ मुदी पर्यटनको प्रचुर संभावनायुक्त गाउँ हो । संसारकै सातौ अग्लो धौलागिरी हिमाल यसै वडामा पर्दछ । प्रशस्त पर्यटकीय संभावना भएर पनि मुदी गाउँ ओझेलमा परेको छ । प्रचारप्रसार र भौतिक पूर्वाधारको अभावका कारण पर्यटन क्षेत्रमा आशा […]
मिर्गौला पीडित सुरेशलाई फेरी जुट्यो साढे ३ लाख रुपियाँ

विकल्प न्यूज/बेनी असोज १६ गते । मंगला गाउँपालिका ५ नेटाका मिर्गौला पीडित सुरेश छन्त्यालको उपचारका लागि सञ्चालन गरिएको अभियानका क्रममा मंगलवार करिब साढे तिनलाख रुपियाँ जुटेको छ । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषले सञ्चालन गरेको सुरेश बचाऊ अभियानका क्रममा मंगलबार विभिन्न मुलुकहरुमा रहेका म्याग्देलीहरुले ३ लाख ४४ हजार ९ सय ८७ रुपियाँ कोषलाई पठाएका छन् […]
धारापानीमा विजुली बलेपछि स्थानीयमा खुसियाली

विकल्प न्यूज/बेनी असोज १६ गते । म्याग्दीको धवलागिरी गाउँपालिका ७ धारापानीमा निर्माण भएको केन्द्रिय प्रशारण लाईनको विद्युतीकरण योजनाको सोमबार सार्वजनीक सुनुवाई र उद्घाटन गरिएको छ । योजनाको आम्दानी खर्च विवरण सार्वजनीक र सुनुवाईका लागि केन्द्रिय विद्युत विस्तार उपभोक्ता समितिले धारापानीमा आयोजना गरेको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष थमसरा पुनले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा उपभोक्ता समितिका समितिका […]
गोलो झार्न आएकामाथि खन्निए अरिङ्गाल, एकजनाको मृत्यु

जाजरकोट : यहाँको एक गाउँमा अरिङ्गालले चिल्दाा एक युवकको ज्यान गएको छ । भेरी नगरपालिका–१२ धारापानी निवासी ३६ वर्षीय तिलक विकको अरिङ्गालले चिल्दाा सोमवार मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय थर्पुडाँडा प्राविका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका विकको उपचार अभावमा मृत्यु भएको हो । प्रहरीका अनुसार बिसाउन डाँडा भन्ने ठाँउ शनिवार राति अरिङ्गालको गोलो झार्न गएका […]
विद्यार्थीलाई निलम्बन गर्ने अमर माविका प्रधानाध्यापकलाई कारवाहीको माग

विकल्प न्यूज/बेनी असोज १५ गते । रघुंगगा गाउँपालिका ७ चिमखोला स्थित अमर माध्यामिक विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई निष्कासन गर्ने प्रधानाध्यापकलाई अनेरास्ववीयू म्याग्दीले कारबाहीको माग गरेको छ । विद्यार्थीले निर्वाध रुपमा पढ्नपाउनु वातावरण तयार पार्न अनेरास्ववियूले माग समेत गरेको छ । अनेरास्ववियू म्याग्दीका जिल्ला अध्यक्ष सुवास विश्वकर्माद्धारा हस्ताक्षरीत विज्ञाप्तीमा विद्यार्थीहरुलाई तिनदिन भित्र स–सम्मान विद्यालयमा […]
बलात्कारीलाई फस्ट्याक कानुन बनाएर कारवाहीको माग

विकल्प न्यूज/बेनी असोज १५ गते । महिला तथा बालबालिका माथि देशभरी श्रृङखलाबद्ध बलात्कार तथा हत्यामा संलग्नलाई शुन्य सहनशीलताको नितिलाई कार्यान्वयन गर्न २४ घण्टा भित्र दोषीलाई कडा कारवाही गर्नुपर्ने म्याग्दीमा क्रियाशिल महिला सम्बद्ध संघसंस्थाले माग गरेका छन् । २१ औं शताब्दीमा पनि महिला र बालबालिका माथि हुने गरेको अर्मयादित, अमानवीय पासविक घटनाले दैनिकजसो स्तब्ध बनाइरहेको बताउँदै बलात्कारीलाई […]
नदी किनारमा र्याफ्टिङ क्याम्प

पर्वत — मोदी गाउँपालिका ३ देउराली का ३२ वर्षीय होम पुनले लामो समय र्याफ्टिङ गाइडका रूपमा काम गरे । १२ वर्षसम्म भोटेकोसी, त्रिशूली, मस्र्याङ्दी, तल्लो सेती, माथिल्लो सेती र कालीगण्डकीलगायतका नदिमा र्याफटीङ गाइडको काम गरेका उनी केही समय भारत, स्वीटजरल्याण्ड र जापानमा पनि पुगे । सानैदेखि साहसिक खेल र पदयात्रामा रमाउने पुनले १३ वर्षको उमेरदेखि नै र्याफ्टिङ सिकेका […]
प्रसारण लाइन निर्माणमा अवरोध

घनश्याम खड्का /बेनी असोज १५ गते । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनले औंल्याएको सामाजिक क्षेत्रमा गर्नुपर्ने खर्च नगरेको भन्दै अन्नपूर्ण गाउँपालिका ३ दानाका बासिन्दाले कालीगण्डकी प्रसारण लाइन निर्माणको काममा अवरोध गरेका छन् । दानादेखि पर्वतको कुश्मास्थित सबस्टेसन जोड्नेगरी निर्माणाधीन २२०, १३२, ३३ र ११ केभीए प्रसारण लाइनमा अवरोध गरेका हुन् । अन्नपूर्ण २ नागढुंगा छेउमा बेनी–जोमसोम सडक आयोजनाले […]
अमर मावि चिमखोलाद्धारा २२ विद्यार्थीलाई निलम्बन

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज असोज १५ गते । म्याग्दीको रघुगंगा गाउँपालिका ७ अमर माध्यमिक विद्यालयले २२ जना विद्यार्थीहरुलाई निलम्बन गरेको छ । विद्यालयको कक्षा १० मा अध्ययनरत २२ जना विद्यार्थीहरुलाई विद्यालयले एकमहिनाका लागि निलम्बन गरेको हो । लामो समय देखि विज्ञान विषय र कम्प्युटर शिक्षक रिक्त भएका कारण नियमित पठनपाठन प्रभावित भएको भन्दै विद्यार्थीहरु आन्दोलनमा […]
प्रेस युनियनको अध्यक्षमा राकेश शर्मा

विकल्प न्यूज/बेनी असोज १४ गते । नेपाल प्रेस युनियन जिल्ला शाखा म्याग्दीको सातौं साधारणसभा तथा पाँचौं अधिवेशनबाट अध्यक्षमा राकेश शर्मा निर्वाचित भएका छन् । आइतबार बेनीमा सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्षमा अंकित पुन, रञ्जना श्रेष्ठ, सचिव साधन राम्जाली, सहसचिव सावीत्री सुबेदी, कोषाध्यक्ष गणेश गुरूङ रहेका छन् । त्यसैगरी सदस्यहरूमा अमित गर्बुजा, शुसिल कुमार थकाली,सम्झना राम्जाली, अनिल […]
प्रेस युनियन पत्रकारिता पुरस्कारबाट पत्रकार गौतम सम्मानीत

विकल्प न्यूज/बेनी असोज १४ गते । म्याग्दीका क्रियाशिल पत्रकार हरिकृष्ण गौतमलाई प्रेस युनियन जिल्ला शाखा म्याग्दीले पुरस्कृत गरेको छ । आइतवार बेनीमा युनियनको सातौ साधारणसभा तथा पाँचौ अधिवेशनका अवसरमा पत्रकारिताको माध्यमबाट जिल्लाको समग्र विकासका साथै परोपकारी क्षेत्रमा कलम चलाएको भन्दै पत्रकार गौतमलाई पुरस्कृत गरिएको हो । अधिवेशनका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुन नरशिंह […]
बेनी–बाँसखर्क सडक पन्ध्र दिनपछि सञ्चालन

१३ असोज, पर्वत । कालीगण्डकी नदीमा आएको बाढीले कटानका कारण अवरुद्ध बनेको बेनी–बगरफाँट–बाँसखर्क सडक सञ्चालन भएको छ । गत भदौ २७ गते राति आएको बाढीका कारण अवरुद्ध बनेको सडक शुक्रबारदेखि खुलेको हो । उत्तरी पर्वतको जलजला गाउँपालिका १, २, ३ र ५ लाई जोड्ने वारीबेनी–बगरफाँट–बाँसखर्क सडक अस्थायी रूपमा सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ । जलजला गाउँपालिकाको […]
ढुंगाखानीको उपयोग भएन

अगन्धर तिवारी/पर्वत असोज १३ गते । सहरबजारमा बन्ने घरका भित्ता र भुइँ आकर्षक बनाउन कटिङ ढुंगाको माग बढदो छ । एउटा इँटाको साइजको एउटा पातलो कटिङ ढुंगा १९ देखि ५० रुपैयाँसम्ममा किन–बेच हुन्छ । पोखरा, नारायणगढ र काठमाडौंसम्म माग हुने ढुंगाको बजार राम्रो रहेको व्यवसायी बताउँछन्। यहाँका ढुंगाखानीबाट निकाल्न सकिने त्यस्तो ढुंगा भने व्यावसायिक तवरले बेचबिखन अझै […]