ताजा समाचार:
Search

प्रेस युनियन पत्रकारिता पुरस्कारबाट पत्रकार गौतम सम्मानीत

विकल्प न्यूज/बेनी
असोज १४ गते । DSC_0309म्याग्दीका क्रियाशिल पत्रकार हरिकृष्ण गौतमलाई प्रेस युनियन जिल्ला शाखा म्याग्दीले पुरस्कृत गरेको छ । आइतवार बेनीमा युनियनको सातौ साधारणसभा तथा पाँचौ अधिवेशनका अवसरमा पत्रकारिताको माध्यमबाट जिल्लाको समग्र विकासका साथै परोपकारी क्षेत्रमा कलम चलाएको भन्दै पत्रकार गौतमलाई पुरस्कृत गरिएको हो ।

अधिवेशनका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुन नरशिंह केसी र नेपाली काँग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजाले नगद पाँचहजार सहित दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभएको हो । एकदश जिल्लाको पत्रकारितामा सक्रिय पत्रकार गौतम नागरिक दैनिक,न्यूज २४,स्थानीय बेनी अनलाइनमा आवद्ध हुनुहुन्छ ।