विद्यार्थीलाई निलम्बन गर्ने अमर माविका प्रधानाध्यापकलाई कारवाहीको माग

विकल्प न्यूज/बेनी
असोज १५ गते ।42901899_2204215366519619_2004667537207328768_o

रघुंगगा गाउँपालिका ७ चिमखोला स्थित अमर माध्यामिक विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई निष्कासन गर्ने प्रधानाध्यापकलाई अनेरास्ववीयू म्याग्दीले कारबाहीको माग गरेको छ ।

विद्यार्थीले निर्वाध रुपमा पढ्नपाउनु वातावरण तयार पार्न अनेरास्ववियूले माग समेत गरेको छ । अनेरास्ववियू म्याग्दीका जिल्ला अध्यक्ष सुवास विश्वकर्माद्धारा हस्ताक्षरीत विज्ञाप्तीमा विद्यार्थीहरुलाई तिनदिन भित्र स–सम्मान विद्यालयमा फर्काउन माग गर्दै दोषीलाई कडा कारवाही गर्नुपर्ने उल्लेख गरिएको छ । शैक्षिक सत्र सूरु भएको लामो समय सम्म पनि विज्ञान शिक्षकको व्यवस्था गर्न विद्यालय प्रशासनले चासो नदेखाएपछि विद्यार्थीहरुले आन्दोलन गर्दै आएका थिए ।

आइतवार वसेको विद्यालय व्यवस्थापन समितिको वैठकले कक्षा १०का २२ जना विद्यार्थीहरुलाई एकमहिनाक लागि निलम्बन गरेको हो । यता प्रधानाध्यापक पृथवहादुर थापाले भने विद्यार्थीहरुले अराजक गतिविधिहरु गरेकाले बाध्य भएर  निलम्बन गर्नुपरेको बताउनुभएको छ ।