ताजा समाचार:
Search

राष्ट्रिय समाचार

म्याग्दीमा नेकपाको जिल्ला सहित स्थानीय तहमा संयन्त्र गठन

विकल्प न्यूज/बेनी असोज २५ गते । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को म्याग्दीमा जिल्ला सहित सवै स्थानीय तहमा पार्टी संयन्त्र गठन भएको छ । नेकपाका गण्डकी प्रदेशका सह इन्र्चाज खगराज अधिकारी, अध्यक्ष हितराज पाण्डे र प्रदेश कमिटीका सचिब गोबिन्द नेपालीको उपस्थितिमा बसेको बैठकले सर्बसम्मत रुपमा जिल्ला देखी स्थानीय तह सम्म पार्टी संयन्त्र गठन गरेको केन्द्रिय सदस्य भुपेन्द्रवहादुर […]

मिस्त्री खोलाको भौतिक प्रगति ६२ प्रतिशत पूरा

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज असोज २५ गते । मिस्त्री खोला जलविद्युत आयोजनाको विद्युत गृह निर्माण गरिँदै । तस्विर ठाकुरप्रसाद आचार्य म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ मा निर्माणधीन ४२ मेगावाट क्षमताको मिस्त्री खोला जलविद्युत आयोजनाको ६२ प्रतिशत निर्माण पुरा भएको छ । प्रवद्र्धक रोवष्ट इनर्जी लिमिटेडले निर्माण गर्न लागेको आयोजनाको २७ महिना अघि निर्माण सुरु गरिएको थियो । […]

सामुदायिकमा दशैं–तिहार विशेष कार्यक्रम

विकल्प न्यूज/बेनी असोज २४ गते ।   म्याग्दीको सदरमुकाम बेनीस्थित रहेको बेनी सामुदायिक माध्यमिक विद्यालयमा मङ्गलबार दशैं–तिहार विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पाँचदिने खेलकुद कार्यक्रम तथा प्रथम चौमासिक परीक्षाको पुरस्कार वितरण, शुभकामना आदानप्रदान र सांस्कृतिक कार्यक्रम गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद विनोद केसीले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्नका लागि स्थानीय […]

धौलागिरी सहकारीको ३२ करोड ८८ लाख लगानी

विकल्प न्यूज/बेनी असोज २४ गते । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यु धौलागिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बुधबार १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कुल १११७ जना शेयर सदस्य रहेकोमा शेयर पुँजी चार करोड ७३ लाख ८० हजार दुईसय, निक्षेप सङ्कलन ३१ करोड १२ लाख ४६५ र लगानी ३२ करोड ८८ लाख ६८ […]

‘उत्कृष्ट खेलाडी’ अरुणा शाही ठकुरी ‘डबल सेलिब्रेसनमा’ (भिडियो सहित)

अरुणा शाही ठकुरी, नेपालकी उदीयमान भलिबल खेलाडी हुन् । चितवन टाइग्रेसकी ‘टाइग्रेस’ । हुन त उनले पहिला पनि आफ्नो खेलमार्फत् लोकप्रियता नकमाएकी होइनन् । यद्यपी, केही समय यता खेल क्षेत्रमा उनको चर्चा चल्न थालेको छ । यो लोकप्रियता राष्ट्रिय भलिबल प्रतियोगितामा प्राप्त जीतको नतिजा हो । नेपाल भलिबल संघ र आधीआवादी फाउन्डेसनको संयुक्त आयोजनामा भएको […]

एकसय ४४ औँ विश्व हुलाक दिवसको अवसरमा खत्री सम्मानीत

विकल्प न्यूज/बेनी असोज २३ गते । एकसय ४४ औँ विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय म्याग्दीले उतकृष्ट कर्मचारीको रुपमा ठाकुप्रसाद खत्रीलाई सम्मान गदै दिवस मनाएको छ हुलाक कायार्लयमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी र हुलाक अधिकृत साधना कुमारीद्धारा खत्रीलाई प्रमाणपत्र र दोषल्लाले सम्मान गरिएको थियो । २०४० सालदेखि इमान्दार रुपमा हुलाकको नियम […]

लिटिल गार्डेन एकेडेमीमा विविध कार्यक्रम

  म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित लिटिल गार्डेन एकेडेमीमा सोमबार विविध कार्यक्रम सम्पन्न भएको छ । ‘संस्कृतिको संरक्षण, समुदायमा परीक्षण’ भन्ने मूल नारासहित प्रतिस्पर्धात्मक सांस्कृतिक भेषभूषा प्रदर्शनी, दशैं मिलन, शुभकामना आदानप्रदानसहित सांस्कृतिक कार्यक्रम गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद भूपेन्द्रबहादुर थापाले लिटिल गार्डेन एकेडेमीले जिल्लामा उत्कृष्ट नतिजा हासिल गरेको हुँदा यसले गुणात्मक नतिजाको विकासमा सहयोग […]

मल्लाज सहकारीको ११औं वार्षिक साधारणसभा

विकल्प न्यूज/जलजला म्याग्दी, असोज २० ।उत्तरी पर्वतको जलजला गाउँपालिका–३, माझफाँटमा सञ्चालित मल्लाज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शनिबार ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शेयर सदस्य ७३६ जना, कुल शेयर पुँजी एक करोड ५७ लाख ७९ हजार ४००, निक्षेप सङ्कलन सात करोड ६२ लाख ४४२, लगानी सात करोड १७ लाख २७ हजार ५९ रुपैयाँ रहेको […]

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको जिल्ला छनोट सुरु

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, असोज २० । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा शनिबार बेनीमा खेलाडी छनोट कार्यक्रम सम्पन्न भएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्ला छनोट अन्तर्गत २०७५ को बास्केटबलतर्फका खेलाडी छनोट गरिएको हो । म्याग्दी जिल्लाबाट बास्केटलबल प्रतियोगितामा सहभागिता जनाउन वैकल्पिकसहित १२ […]

रुप्सेको मोबाइल एप्स

विकल्प न्यूज/बेनी असोज १९ गते । म्याग्दीबाट प्रकाशन हुँदै आएको रुप्से दैनिक पत्रिका अब मोबाइल एप्समा पनि हेर्न पाइने भएको छ । शुक्रबार रुप्सेको १५ वार्षिकोत्सवको अवसरमा ग्राफिक्स कम्प्युटर सेन्टरले डेभलप गरेको रुप्से एप्स प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाले लन्च गरेका थिए । ग्राफिक्स कम्प्युटर सेन्टरका म्यानेजर महेन्द्र रेग्मीले मोबाइल एप्स र ग्राफिक्स कम्प्युटरमा […]

निभ्यो गाउँको दियो

अगन्धर तिवारी/पर्वत असोज १८ गते ।  दुबईमा मृत्यु भएका पर्वतको कुश्मा–७ का प्रेमबहादुर बस्यालको शव कफिनमा घरतर्फ लैजाँदै । तस्बिर : अगन्धर गाउँमा कोही बिरामी पर्‍यो कि बोकेर अस्पताल कुदाइहाल्थे । गाईभैंसी बिरामी पर्दा र कुनै समस्या पर्दा प्रेमको ठूलो भर थियो । कुश्मा–७ गोदामका यस्ता २८ वर्षीय प्रेमबहादुर बस्याल वैदेशिक रोजगारीबाट राम्रो कमाइको चाहना राखेर अघिल्लो साउनमा […]

दूध पाइँदैन, मदिरा जहीँतहीँ

अगन्धर तिवारी/पर्वत असोज १८ गते ।  चार दिनअघि धौलागिरिको भ्रमणमा निस्किएका कास्कीका रमेश पौडेल र टंक अधिकारीलगायतको टोलीले धौलागिरि गेटदेखि मालढुंगासम्म सडक आसपासका होटलमा दूध चिया खान खोजे । कतै भेटेनन् । ‘बागलुङ पुगेर मात्रै चियाको तिर्सना मेटाइयो,’ पौडेलले भने । ग्यास्ट्रिकको समस्या भएकाले हिजोआज दूध हालेको चिया पिउँदैनन् । तर, दूध चिया पिउने तलतल लाग्नेको जमात ठूलो छ । […]

म्याग्दीमा दशैं तिहार लक्षित बजार अनुगमन सुरु

विकल्प न्यूज/बेनी असोज १८ गते । जिल्ला प्रशासन कार्यालय म्याग्दीले विहिवार देखि बेनीबजारमा अनुमगन सुरु गरेको छ । नजिकिँदै गरेको दशैं तिहार जस्ता चाढबाडका क्रममा सर्बसाधारणले दैनिक उपभोग्य वस्तुहरु सर्बसुलभ र उचित मुल्यमा पाउने वातावरण बनाउन बजार अनुगमन सुरु गरिएको हो । सर्बसाधारणले दैनिक उपभोग्य वस्तुहरु सर्बसुलभ र उचित मूल्यमा पाउने आम उपभोक्ताको अधिकार संरक्षण […]

जलजलाको पर्यटन विकासका लागि गुरुयोजना बनाउने तयारी

विकल्प न्यूज/जलजला असोज १८ गते । उत्तरी पर्वतको जलजला गाउँपालिका भित्र रहेको पर्यटकीय क्षेत्र जलजलालाई पर्यटन प्रवद्र्धन गर्नका लागि गुरुयोजना निर्माण गर्न थालिएको छ । प्रशस्त पर्यटकीय सम्भावना रहेको जलजलालाई गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालको पहलमा पर्यटकीय गन्तव्य बनाउनका लागि गुरुयोजना तयार पार्न लागिएको हो । पर्यटन विज्ञ सहित जनप्रतिनिधि र राजनीतिकदलका […]

मुटु रोगीलाई गाउँमै निशुल्क उपचार शिविर

विकल्प न्यूज/बेनी असोज १८ गते । राखू समाज काठमाडौंको आयोजनामा म्याग्दीमा निशुल्क मुटु रोगको उपचार शिविर सञ्चालन गरेको छ । रघुगंगा गाउँपालिका–३ गायत्री मन्दिरमा आयोजित शिविरमा जिल्लाका सबै स्थानीय तहका साथै छिमेकी पर्वतको जलजला गाउँपालिकाबाट विरामीको घुईचो लागेको छ । मुटु सम्बन्धि समस्या भएपनि जनचेतनाको अभावका कारण रोग लुकाएर बस्न बाध्य भएका विरामीका साथै आर्थिक […]