ताजा समाचार:
Search

एकसय ४४ औँ विश्व हुलाक दिवसको अवसरमा खत्री सम्मानीत

विकल्प न्यूज/बेनी
असोज २३ गते । hulak (3)एकसय ४४ औँ विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय म्याग्दीले उतकृष्ट कर्मचारीको रुपमा ठाकुप्रसाद खत्रीलाई सम्मान गदै दिवस मनाएको छ हुलाक कायार्लयमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी

लिलाधर अधिकारी र हुलाक अधिकृत साधना कुमारीद्धारा खत्रीलाई प्रमाणपत्र र दोषल्लाले सम्मान गरिएको थियो ।
२०४० सालदेखि इमान्दार रुपमा हुलाकको नियम पालना गरि बेगखोला हुलाक कार्यालयबाट घारखोला हुलाक कार्यालयमा चिठी आदानप्रदान गर्दै आएका खत्रीलाई जिल्ला हुलाक कार्यालयले उतकृष्ट कर्मचारीको रुपमा छनोट गरि सम्मान गरेका हो ।
हुलाक अधिकृत श्रेष्ठको अध्यक्षतामा भएको सम्मान कायक्रममा प्रजिअ अधिकारीले हुलाक सेवालाई प्रभावकारी बनाउन छिटो सूचना आदानप्रदानमा ध्यान दिन कर्मचारीलाई आग्रह गरेका थिए । सम्मान कार्यक्रममा झकबहादुर खत्री र सम्मानीत खत्रीले शुभकामना मन्तव्य राखेका थिए ।

तारानाथ शर्माको संचालनमा भएको सम्मान कार्यक्रममा स्वागत मन्तव्य लिला थापाले राखेकी थिईन । भने २०७० सालदेखि जिल्लामा एक उतकृष्ट कर्मचारीलाई कार्यालयले सम्मान गर्दै आएको छ ।