म्याग्दीमा नेकपाको जिल्ला सहित स्थानीय तहमा संयन्त्र गठन

विकल्प न्यूज/बेनी
असोज २५ गते । DSC_0374नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को म्याग्दीमा जिल्ला सहित सवै स्थानीय तहमा पार्टी संयन्त्र गठन भएको छ । नेकपाका गण्डकी प्रदेशका सह इन्र्चाज खगराज अधिकारी, अध्यक्ष हितराज पाण्डे र प्रदेश कमिटीका सचिब गोबिन्द नेपालीको उपस्थितिमा बसेको बैठकले सर्बसम्मत रुपमा जिल्ला देखी स्थानीय तह सम्म पार्टी संयन्त्र गठन गरेको केन्द्रिय सदस्य भुपेन्द्रवहादुर थापाले बताउनुभयो ।

साविक एमाले र साबिक माओबादी केन्द्रका पाँच/पाँच जना नेताहरुको १० सदस्यीय जिल्ला संयन्त्र गठन गरिएको छ । संयन्त्रमा साविक एमालेबाट प्रतिनिधिसभाका सांसद तथा केन्द्रिय सदस्य थापा,हरिकृष्ण श्रेष्ठ, देवेन्द्रवहादुर केसी, बालकृष्ण सुवेदी,देवबहादुर घले र साविक माओवादीबाट पूर्व सांसद गोविन्द पौडेल,शेरवहादुर केसी,रेशम जुग्जाली(सुविन) देवराज सुवेदी र टेकवहादुर विश्वकर्मा चयन हुनुभएको छ । DSC_0372नगरपालिका र गाउँपालिका कमिटीका पदाधिकारीहरुलाई नगर तथा गाउँपालिका संयन्त्रमा राखिएको छ । संयोजक भने बरिष्ठ सदस्य मध्येबाट चयन गर्ने वा आलोपालो समेत गर्न सकिने ब्यबस्था गरिएको नेकपाका केन्द्रिय सदस्य थापाले बताउनुभयो । अर्को व्यवस्था नभए सम्मका लागि एकिकृत पार्टीका रुपमा संयन्त्रले कामकाज गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

यसै गरी बेनीनगरपालिकामा प्रमोद श्रेष्ठ,राजकुमार थापा,बेलवहादुर चोखाल,नारायण जिसी र शेर वहादुर केसी,कुशल पौडेल,विनोद केसी,पदम पुन नगर संयन्त्रमा चयन हुनुभएको छ ।

मंगला गाउँपालिकामा प्रेमप्रसाद रेग्मी,सतप्रसाद रोका,याम वहादुर रोका र देवराज सुवेदी,चन्द्र बुढा र रत्न विक चयन हुनुभएको छ । मालिका गाउँपालिकामा रेशम जुग्जाली, बेगप्रसाद गर्बुजा,राजेन्द्र शेरचन,खरमाया विटालु,गोविन्द सिउथानी र कर्ण रोका गाउँपालिकाको संयन्त्रमा हुनुहुन्छ । धौलागिरी गाउँपालिकामा देउप्रसाद छन्त्याल,थमसरा पुन,खुमनाथ सुवेदी,कलानिधि सुवेदी झकवहादुर छन्त्याल र यमन रोका हुनुहुन्छ । DSC_0375रघुगंगामा दिपक कार्की,रिम कटुवाल,निरज पुन,हरि भण्डारी,ध्रुव सुवेदी र पदम शेरपुञ्जा चयन हुनुभएको छ । अन्नपूर्णमा नारायण पुन,बागविर पाइजा,श्याम राना,पूर्ण पाइजा खड्क गिरी र सुवास विक चयन हुनुभएको छ ।

तत्काल अर्को व्यवस्था नभएसम्मका लागि संयन्त्रका सदस्यले एकिकृत पार्टीको गतिबिधी सञ्चालन गर्ने नेता हरिकृष्ण श्रेष्ठले बताउनुभयो । संयन्त्र गठन भएपछि अव पूर्व एमाले र माओवादी भन्ने हुँदैन उहाँले भन्नुभयो,‘एकताको सन्देश तल्लो तहसम्म पु¥याउनका लागि संयन्त्रले काम गर्ने छ ।’

यसै गरी आजै वसेको जिल्ला संयन्त्रको वैठकले साविक एमालेको जिल्ला कार्यालयलाई नै एकिकृत पार्टी जिल्ला कार्यालयको रुपमा सञ्चालन गर्ने तथा पार्टी जिल्ला कार्यालयलाई व्यवस्थीत गर्नका लागि नेता श्रेष्ठ र पौडेललाई जिम्मेवारी दिने निर्णय भएको केन्द्रिय सदस्य थापाले जानकारी दिनुभयो । पार्टीले असोज २९ गते विहान पार्टी कार्यालयमा विजया दशमी तथा दिपावलीको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान समारोहको कार्यक्रम आयोजना गरिएको नेकपाले जनाएको छ ।