ताजा समाचार:
Search

मिस्त्री खोलाको भौतिक प्रगति ६२ प्रतिशत पूरा

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
असोज २५ गते । DSC_0359 मिस्त्री खोला जलविद्युत आयोजनाको विद्युत गृह निर्माण गरिँदै । तस्विर ठाकुरप्रसाद आचार्य
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ मा निर्माणधीन ४२ मेगावाट क्षमताको मिस्त्री खोला जलविद्युत आयोजनाको ६२ प्रतिशत निर्माण पुरा भएको छ । प्रवद्र्धक रोवष्ट इनर्जी लिमिटेडले निर्माण गर्न लागेको आयोजनाको २७ महिना अघि निर्माण सुरु गरिएको थियो । यतिखेर आयोजनाको निर्माण कार्य तिव्र पारिएको छ ।

आयोजनाको दुईहजार दुइसय ७३ दशमलब ५ मिटर सुरुङ मध्य अहिले सम्म एकहजार आठसय ६२ मिटर सुरुङ खन्ने काम सकिएको छ । बाँकी सुरुङ निर्माणको काम पनि चाँढै सक्ने लक्ष्य रहेको आयोजनाका आवशीय इन्जिनियर दिवाकर खड्काले बताउनुभयो । मुख्य सुरुङमा इनलेट र आउटलेट दुबैतर्फबाट काम भइरहेको छ । उहाँका अनुसार विद्युत गृहतर्फबाट एकहजार ६ र बाँध तर्फबाट ८ सय ५९ मिटर सुरुङ पूरा भएको छ ।

बाँध क्षेत्रमा निर्माण हुने २३ मिटर अग्लो कंक्रिटको ड्यामको करिब ४५ प्रतिशत निर्माण सकिएको छ । पानी थिग्रायाउने पोखरीको ५० प्रतिशत काम सकिएको आयोजनाका इन्जिनियर खड्काले बताउनुभयो ।

पेनस्टक पाइप जडानको काम ५२ प्रतिशत सकिएको छ । विद्युतगृहको शिभिल संरचनाको करिव ८० प्रतिशत काम पुरा भएको आयोजनाले जनाएको छ । विद्युतगृहमा जडान गरिने सवै सामानहरु आइसकेको आवशीय इन्जिनियर खड्काले बताउनुभयो । DSC_0362६ अर्ब रुपियाँ अनुमानित लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाले २०७५ साल जेठबाट व्यवसायिक उत्पादन सुरु गर्ने लक्ष्य रहेको आयोजनाको परामर्शदाता कम्पनीका प्रतिनिधि चुडामणी निरौलाले बताउनुभयो ।

२०७५ फागुनमा निर्माण सक्ने लक्ष्य भएपनि दुइचार महिना ढिला हुने उहाँले बताउनुभयो । आयोजनाले स्थानीयवासीहरुलाई साथमा लिएर अघि वढेकाले कुनै समस्या नआएको उहाँले बताउनुभयो ।

आयोजनामा नबिल बैंकको अगुवाइमा ६ बैंक तथा वित्तीय संस्थाले ४ अर्ब २० करोड रुपियाँ बराबरको ऋण लगानी गरेका छन । जलविद्युत लगानी तथा विकास कम्पनी र नबिल बैंकले १ र १ अर्ब रुपियाँ लगानी छ । आयोजनाको सिभिल संरचना निर्माणको जिम्मा हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सन प्रालिलाई दिइएको छ ।

मिस्त्री खोला नेपाली निर्माण कम्पनीले अघि बढाएको अहिलेसम्मको ठूलो आयोजना हो । आयोजनाबाट उत्पादन हुने बिजुली नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने दाना सबस्टेसनमा जोडिने छ ।