Breaking News

दुधे खोलामा आएको वाढीले एक घर र गोठ बगायो

विकल्प न्यूज\बेनी भदौं ७ गते । बेनी नगरपालिका ३ दुधेखोलामा आएको बाढीले एक घर र गोठ बगाएको छ । गयराती आएको भिषण वर्षा पछि खोलामा आएको बाढीले दुधेखोलाका स्थानीय टेकबहादुर पुनको घर र गोठ बगाएको उद्धारमा खटिएका युवा छवि आचार्यले जानकारी दिनुभयो । वर्षा पछि एक्कासी खोलामा ठूलो बाढी आएको स्थानीयले बताएका छन् । राती […]

धबलागिरि गाउँपालिकालाई पूर्ण खोप प्राप्त पालिका बनाउने तयारी

ठाकुरप्रसाद आचार्य / विकल्प न्यूज म्याग्दी भदौं ४ गते ।  जिल्लाको विकट धबलागिरि गाउँपालिकालाई कोरोना विरुद्धको पूर्ण खोप प्राप्त पालिका बनाउने तयारी गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले धबलागिरिलाई पूर्ण खोप प्राप्त पालिका बनाउने अभियान थालेको हो । स्वास्थ्य कार्यालय म्याग्दीले दिएका जानकारी अनुसार १८ वर्ष देखि माथिका करिब ९ हजार ६ सयलाई खोप […]

मंगलाकाे एउटै गाउँमा २४ जनामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनी भदौ ५ गते । म्याग्दीको मंगला गाउँपालिकामा एउटै गाउँमा २४ जनामा काेराेना संक्रमित फेला परेका छन् । वडा नम्बर २ सल्यानमा शनिवार ७५ जनामा गरिएको एन्टिजेन परिक्षणमा २० जना महिला र ४ जना पुरूषमा काेराेना संक्रमण पुष्टि भएकाे गाउँपालिकाका काेभिड सम्पर्क व्यक्ति राजेन्द्र अाचार्यले जानकारि दिनुभयाे । संक्रमित सवैकाे स्वास्थ्य अवस्था सामान्य […]

बंगुर फार्ममा रम्दैछन् बेनीका रणबहादुर (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य / म्याग्दी भदौं ३ गते ।  बेनीका रणबहादुर विश्वकर्माको दैनिकी बंगुर फार्मबाट सुरु हुन्छ । विहानै फार्ममा पुगेर बंगुरलाई दानापानी खुबाउने र खोर सफा आफै गर्नुहुन्छ । यस्तै दिनचार्यमा नै उहाँको ८ वर्ष वितिसकेको छ । ‘विदेश पनि भोगियो दुःख पनि पाइयो तर आफ्नै गाउँघरमा व्यवसाय गर्दाको खुसी बेग्लै छ । परिवार मिलेर […]

म्याग्दीमा कोभिड जोखिम बढ्दै, विहिवार थप ३६ जनामा कोरोना पुष्टि

विकल्प न्यूज/बेनी भदौं ३ गते ।  विहिवार म्याग्दीमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले दिएको जानकारी अनुसार सवै भन्दा धेरै बेनी नगरपालिकामा २२ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै मंगला गाउँपालिकामा ५ जना रघुगंगा ३,अन्नपूर्णमा २,मालिकामा १,धौलागिरि १, पर्वतको जलजलामा २ जनामा कोरोना पुष्टि भएको हो । हाल […]

राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

२ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण  गरेकी छन् । राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले अध्यादेश प्रमाणीकरण भएको जानकारी दिए । दल विभाजनलाई सहज बनाउने गरी मन्त्रिपरिषद्ले मंगलबार अध्यादेश सिफारिस गरेको थियो । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे दल विभाजन गर्न सक्ने व्यवस्थासहित राष्ट्रपति समक्ष […]

खोपपछि कक्षा १२ को परीक्षा

काठमाडौँ, भदौ २ गते ।   कोरोना भाइरसविरुद्धको खोप लगाइसकेपछि मात्र कक्षा १२ को स्थगित परीक्षा सञ्चालन गरिने भएको छ । कक्षा १२ को परीक्षामा सहभागी हुने अधिकांश विद्यार्थीले खोप लगाउन पाउने अवस्था देखिएको छ । सोही कारण खोप लगाएरपछि मात्र परीक्षा सञ्चालन गर्ने आन्तरिक तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ । बोर्डका परीक्षा नियन्त्रक […]

मन्त्रिपरिषदले ल्यायो दल विभाजनसम्बन्धी अध्यादेश

  विकल्प न्यूज/बेनी भदौं १ गते ।  सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको  छ। मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश ल्याउने निर्णय गर्दै अनुमोदनका लागि राष्ट्रपति कार्यालय पठाउने भएको छ। राजनीतिक दलसम्बन्धी ऐनमा रहेको व्यवस्थामा केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत भए मात्रै दल विभाजन गर्न सकिने व्यवस्था छ। यो व्यवस्थालाई खुकुलो पार्ने गरी र मन्त्रिपरिषद्ले […]

रघुगंगाको केन्द्र मौवाफाँटमा मुक्तिनाथ सहकारीको सेवा केन्द्र सञ्चालन

विकल्प न्यूज/बेनी साउन ३१ गते । रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्थाले सेवा केन्द्र स्थापना गरेको छ । सदरमुकाम बेनीमा सञ्चालित सहकारीले ग्रामिण स्तरमा सेवा विस्तारका लागि आइतबार देखि मौवाफाँटमा सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । सहकारीको सेवालाई गाउँपालिका केन्द्र सम्म पु¥याउने उद्देश्यले सेवा केन्द्र सञ्चालनमा ल्याइएको सहकारी अध्यक्ष लिलाराम गौतमले बताउनुभयो । […]

बेनी नगरपालिकामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

विकल्प न्यूज/बेनी साउन ३० गते । शनिबार बेनी नगरपालिकामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लकडाउन खुला भएसँगै नगरक्षेत्रमा कोरोना भाइरस संक्रमणको दर बढ्न थालेको हो । यसैगरी मंगला गाँउपालिकामा २ जना, मालिका गाँउपालिकामा १ जना, अन्नपुर्ण गाँउपालिकामा १ जना , रघुगंगा गाँउपालिकामा १ जना , धौलागिरी गाँउपालिकामा १ जना र पर्वतको […]

गण्डकी प्रदेशमा जलविद्युत्, कृषि र पर्यटनको उच्च सम्भावना

काठमाडौँ, साउन २९ गते ।    गण्डकी प्रदेशमा जलविद्युत् आयोजना, कृषि र पर्यटन सम्भावना उच्च रहेको देखिएको छ । नेपाल राष्ट्र बैङ्कको एक अध्ययनअनुसार ससाना आयोजनादेखि १२०० मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको प्रक्रियामा रहेको गण्डकी प्रदेशमा जलविद्युत् उत्पादनको उच्च सम्भावना देखिएको हो । नेपाल राष्ट्र बैङ्क पोखरा कार्यालय अनुसन्धान एकाइद्वारा प्रकाशित आर्थिक वर्ष २०७७/७८ मा […]

परिश्रमी युवा ः भैंँसी गोठमा रमाउँदै सुरेश (फोटोकथा)

ठाकुरप्रसाद आचार्य / म्याग्दी साउन २८ गते ।     ‘विहान ४ बजे देखि साँझसम्म भैंँसी गोठमै हुन्छु । समय गएको पत्तै हुँदैन । साँझपख बजारमा दुध पु¥याएपछि बल्ल मलाई आरम मिल्छ । १० वर्ष अरबको खाडीमा बसे मन शान्ति भएन । गाउँफर्किएर भैंसीपाल्न थालेँ । अहिले मासिक एकलाख देखि डेढलाख सम्म बचाउँछु,’ बेनी नगरपालिका ७ […]

अग्नी पीडित व्यवसायीलाई उद्योग वाणिज्य संघको करिब साढे दुईलाख सहयोग

विकल्प न्यूज/बेनी साउन २७ गते ।   सदरमुकाम बेनीमा आगलागीबाट लाखौ क्षति ब्यहोरेका दुई व्यवसायीलाई म्याग्दी उद्योग वाणिज्य संघले आर्थिक सहयोग गरेको छ। मंगलबार राती अकस्मात भएको आगलागीबाट बेनीको न्युरोडमा जग्गनाथ शर्माले संचालन गरेको नयन किराना स्र्टोश र प्रमोद शर्माले संचालन गरेको रघुगंगा दुध कर्नर एण्ड डेरीमा आगलागीबाट पुर्ण रुपमा क्षति भएको थियो । प्रहरीका अनुसार […]

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त

२७ साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । २०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर विदा भएका घिसिङलाई सरकारले पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशक बनाउने निर्णय […]

आङ नै सिरिङ्ग हुने भीर पर्यटनको केन्द्र

बलेवा, साउन २६ गते । कालीगण्डकीले बनाएको गहिरो गल्छी र त्यही गल्छीमा उभिएको छ ठूलो पहाड । छेउछाउमा जाँदा आङ नै सिरिङ्ग हुने भीर छ । वारि बागलुङको बलेवास्थित नारायणस्थान गाउँ र पारी छ पर्वतको सदरमुकाम कुश्मा बजार । यी दुईको बीचमा पर्छ कहालीलाग्दो पहाड । यही भीर भएर कालीण्डकीको दक्षिण पश्चिमतर्फ लमतन्न पाखो र […]