Breaking News

राजनैतिक ध्रुवीकरण ः औचित्य र आवश्यकता

राजकुमार थापा /विकल्प न्यूज कार्तिक १९ गते । संघीय गणतन्त्र नेपालको पहिलो प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको संघारमा देशमा राजनैतिक ध्रुवीकरण भएको छ । यो ध्रुवीकरणलाई लिएर सकारात्मक र नकारात्मक दुवैथरिका टिप्पणीहरु बजारमा आएका छन् । कसैले यस घटनालाई सामान्य प्रक्रियाका रुपमा लिएका छन् त कसैले यसलाई राजनीतिको नयाँ कोर्षको रुपमा लिएका छन् । अहिले […]

“बेनी अस्पतालको सेवा र गुणस्तरमा सुधार”

सन्तोष गौतम /विकल्प न्यूज बेनी १७ कात्तिक । बेनी अस्पतालको सेवामा र गुणस्तरमा सुधार हुदै गएको एक अध्ययनले देखाएको छ । स्वास्थ्य मन्त्रालय र निक साईमन ईन्टिच्युटले अस्पतालले प्रवाह गर्ने सेवा सुबिधाको विषयमा गरेको मूल्याङकनको प्रतिवेदनमा सेवा र गुणस्तर सुधारसंगै अस्पतालमा बिरामीको चाप र विश्वास बढेको शुक्रबार बेनीमा आयोजित कार्यक्रममा जानकारी गराइएको हो । मूल्याङकन […]

पर्वतलाई लालकिल्ला बनाउने वाम गठबन्धनका उम्मेदवारहरुको उद्घोष

विकल्प न्यूज/पर्वत कार्तिक १६ गते । आसन्न मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तिनवटै क्षेत्रमा लाल झण्डा फरफराउने वाम गठबन्धनका उम्मेदवारहरुले उद्घोष गरेका छन् । उनीहरुले काँग्रेसलाई दशहजार मत अन्तरले पराजित गर्ने दावी समेत गरे । मनोनयन पत्र दर्ता गर्न वाम गठबन्धनले कुश्मा बजारमा शक्ति प्रदर्शन समेत गरेका थिए । मुख्य निर्वाचन अधिकृतको  […]

टिकट माग्न भारतीय नम्बरको गाडी लिएर बालुवाटारमा

कार्तिक १६ गते । काठमाण्डौं । कांग्रेसमा टिकटका दाबेदारहरु भारतीय गाडी नम्बर प्लेटका गाडी चढेर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । नयाँ पत्रिका लेख्छ–कोही आफन्तको र त कोही भाडामा भारतीय नम्बर प्लेटको गाडी लिएर पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटार पुगेका हुन् । सप्तरीका कांग्रेस सभापति दिनेश यादव, मलंगवाका मेयर निश्चल साह […]

पर्वतमा वाम गठबन्धनबाट प्रतिनिधिसभामा युवा नेता पदम गिरी उम्मेदवार

विकल्प न्यूज/पर्वत कार्तिक १५ गते । आसन्न मंसिर २१ गते हुने प्रतिनिधिसभामा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका जिल्ला अध्यक्ष पदम गिरि सिफारिस हुनुभएको छ । बुधवार वसेको पार्टीको स्थायी समितिले गिरिलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । देशकै ठूलो शैक्षिक संस्था पृथ्वीनारायण क्याम्पसका पूर्व स्ववियु सभापति गिरी युवापक्तिमा लोकप्रिय हुनुहुन्छ । विद्यार्थी राजनीतिमा लोकप्रिय गिरी […]

चर्चामा म्याग्दीको प्रदेश १ ः झिनो मतले वाम गठबन्धन अघि

विकल्प न्यूज/बेनी कार्तिक १५ गते । पञ्चायतकालमा एकपटक सहायक,दुई पटक राज्यमन्त्री र पहिलो जिल्ला सभापति लोकतान्त्रीक गठबन्धनबाट उम्मेदवार बन्नुभएका राप्रपाका भिमप्रसाद गौचन र वाम गठबन्धनबाट उम्मेदवार माओवादी केन्द्रका युवा नेता बिनोद केसीको विच म्याग्दीको प्रदेशसभा क्षेत्र नम्बर १ क लाई धेरैले चासोका साथ हेरिएको छ । यो क्षेत्रमा पाका पुस्ता र युवापुस्ता विचको चुनावी भिडन्त […]

“साधनस्रोत परिचालन गरेर विकासको ढोका खोल्छु ”

 विकल्प न्यूज/बेनी कार्तिक १४ गते ।  प्रदेश र प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा म्याग्दीको प्रदेशसभा क्षेत्र नम्बर १ क मा भने अर्कै चुनावी रौनक छ। त्यस क्षेत्रमा वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका युवा नेता विनोद केसी विशेष चर्चामा रहेका छन्। किनकि केसी प्रजातान्त्रिक गठबन्धनका राप्रपाका केन्द्रीय सदस्य भीमप्रसाद गौचनलाई हराएर आफ्नो क्षेत्रको विकासमा लाग्ने प्रतिबद्धताका साथ […]

राम्चेको महरेडाँडा पर्यटकीय गन्तव्य बन्दै

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज कार्तिक १३ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा पर्ने महरेडाँडा पर्यटकको रोजाईमा पर्न थालेको छ । समुद्री सतह देखि तिनहजार तिनसय मिटरको उचाईमा रहेको महरेडाँडाबाट सूर्योदय, हिमश्रृङ्खला र पहाडी भूगोलको रमाइला दृश्य अवलोकनका लागि आकर्षक गन्तव्य बन्दै गएको हो । पर्यटकीय गन्तव्यका रुपमा विकास हुनथालेपछि यहाँ आन्तरिक एवम् वाह्ै पर्यटकको […]

सन्दर्भ ः म्याग्दीको चुनावी रस्साकस्सीको !

चन्द्रप्रकाश बानियाँ /विकल्प न्यूज कात्तिक १३ गते । अप्रत्याशित रुपमा बनेको वाम गठबन्धनले यतिखेर तहल्का मच्चाएको छ । प्रतिश्पर्धी राजनीतिक दलहरुलाई मात्रै होइन, छरछिमेकतिर पनि जबर्जस्त भूकम्पीय धक्काको अनुभूति गराएको छ भनेर अखवारका पानाहरु रङ्गिन थालेका छन । हो, निर्वाचन हार्नका लागि लडिदैन । उद्देश्य सबैको जित्ने नै हो । त्यसका लागि बहुमत जनताको समर्थन […]

म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा कर्माचार्य

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १२ कात्तिक । म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा उत्तमकुमार कर्माचार्य निर्वाचित हुनुभएको छ । बेनीमा शनिबार राती सम्पन्न भएको संघको २४ औ साधारणसभा तथा दसौ अधिवेशनबाट कर्माचार्यको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । सदस्यहरुमा बेलबहादुर कटुवाल, सुबिन श्रेष्ठ, राजेश शाक्य, लिलाराम गौतम, सुवर्ण रिजाल, ईश्वर श्रेष्ठ, अमित बानिया, […]

निर्वाचन पछि लगानीको वातावरण ः नीजि क्षेत्र

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज बेनी(म्याग्दी) कात्तिक ११ गते । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले आसन्न मंसिर १० र २१ गतेको निर्वाचन सम्पन्न भएपछि मुलुकमा लगानीको वातावरण सिर्जना हुने बताउनुभएको छ । निर्वाचन पछि राजनीतिक स्थायित्व कायम हुने भएकाले लगानी मैत्री वातावरणका लागि नेपाल उर्वर भूमि हुने उहाँको भनाई छ […]

म्याग्दीका ९६ प्रतिशत नागरिक साक्षर

सन्तोष गौतम /विकल्प न्यूज बेनी १० कात्तिक । म्याग्दीका ९६ प्रतिशत जनसंख्या साक्षर बनेका छन् । जिल्ला शिक्षा कार्यालय र अनौपचारीक शिक्षा केन्द्रले शुक्रबार बेनीमा आयोजना गरेको साक्षर जिल्ला घोषण लक्षित अन्तरक्रिया कार्यक्रममा जिल्लामा बसोबास गर्ने १५ देखि ६० वर्ष उमेर समूहका ९६.२७ प्रतिशत नागरीक साक्षर बनेको जानकारी गराइएको हो । लक्षित समुदायका ९५ प्रतिशत नागरीकले […]

म्याग्दीको विकास र सम्बृद्धिको नेतृत्व गर्ने वाम उम्मेद्वारको घोषणा

सन्तोष गौतम /विकल्प न्यूज बेनी ८ कात्तिक । नेकपा एमाले र माओवादी केन्द्रका साझा उमेद्वारहरुले नीति निर्माणमा म्याग्देलीको भावना समेट्दै विकास र सम्बृद्धिको नेतृत्व गर्ने घोषणा गरेका छन् । एमालेको पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रतिनिधिसभाका उमेद्वार भुपेन्द्रबहादुर थापा, प्रदेशसभा १ का बिनोद केसी र प्रदेशसभा २ की नरदेवी पुनले आफ्नो चुनावी एजेण्डाको […]

म्याग्दीमा चुनाव चिन्ह साटासाट गरेर प्रचार अभियानको सूरुवात

सन्तोष गौतम/विकल्प न्यूज बेनी ८ कात्तिक । मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा तालमेल र पार्टी एकताको सहमती गरेका नेकपा एमाले र माओवादी केन्द्रको जिल्ला स्तिरीय संयुक्त कार्यकर्ता भेला बुधबार बेनी स्थित एमाले पार्टी कार्यालयमा सम्पन्न भएको छ । बामपन्थीहरुबीचको चुनावी तालमेल र पार्टी एकता गर्ने सहमतीको स्वागत तथा खुसीयालीमा […]

स्थानीय तह निर्वाचनका आधारमा म्याग्दीमा वाम गठबन्धन सातहजार मतले अगाडी

विकल्प न्यूज/बेनी कार्तिक ८ गते । आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि म्याग्दीमा बाम र लोकतान्त्रीक गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । स्थानीय तहको निर्वाचनलाई आधार मान्दा वाम गठबन्धन भारी मतका साथ अगाडी देखिन्छ । प्रतिनिधिसभाका लागि १ र प्रदेशसभा निर्वाचनका लागि २ वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा एमाले र […]