पर्वतलाई लालकिल्ला बनाउने वाम गठबन्धनका उम्मेदवारहरुको उद्घोष

विकल्प न्यूज/पर्वत
कार्तिक १६ गते । bam kushma 1आसन्न मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तिनवटै क्षेत्रमा लाल झण्डा फरफराउने वाम गठबन्धनका उम्मेदवारहरुले उद्घोष गरेका छन् । उनीहरुले काँग्रेसलाई दशहजार मत अन्तरले पराजित गर्ने दावी समेत गरे । मनोनयन पत्र दर्ता गर्न वाम गठबन्धनले कुश्मा बजारमा शक्ति प्रदर्शन समेत गरेका थिए ।

मुख्य निर्वाचन अधिकृतको  कार्यालय पर्वतमा उमेदवारी दर्ता गर्ने क्रममा आयोजित कोषणसभालाई सम्बोधन गर्दै वाम गठबन्धनका उमेदवारहरुले पर्वत अव लाल किल्ला हुनवाट कसैले पनि रोक्न नसक्ने दावी गरेका छन् ।
कुस्मा बजारमा हजारौंको जुुलुस सहित उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुले पर्वतको विकास र समृद्धिका लागि वाम गठबन्धनका उम्मेदवारहरुलाई जिताउन अपिल गरेका छन् ।

bam kushma 0कोणसभालाई सम्बोधन गर्दै नेकपा(एमाले)का पोलिटब्युरो सदस्य तथा प्रदेश नं ४ का सहसंयोजक गणेश तिमिल्सीनाले पर्वत जिल्लालाई अब लालकिल्ला बन्नबाट कुनै शक्तिले रोक्ने तागत नभएको बताए ।

वामगठबन्धनको लोकप्रिय जनमतलाई अब कसैले पनि तलमाथि गर्न सक्दैनन तिमिल्सीनाले भने,‘पर्वतका जनताले डेढ दशकमा भोगेको कुशासनको बदला अब लिने दिन आएको छ ।’ उनले प्राबिधीक हिसाबले एमाले र माओबादी केन्द्रका उमेदवारहरु छुट्टाछुट्टै चुनाब चिन्ह लिएर उठेपनि पार्टी एकता हुने भएकाले निर्धक्क भएर एक अर्कालाई मतदान गर्न आग्रह पनि गरे ।

bam kushma 7पर्वतबाट प्रतिनिधीसभाका उम्मेदवार तथा नेकपा(एमाले) पर्वतका अध्यक्ष पदम गिरीले पर्वतमा १८ बर्ष सम्म जनप्रतिनिधी हुँदा एक मिटर बाटो समेत पक्की गर्न नसकेको दुरावस्था अब जनताले बेर्होन नपर्ने ठोकुवा गरे । उनले पाँच बर्षमा पर्वत जिल्लालाई सम्बृद्ध बनाउने दायित्व वाम गठबन्धनमा भएको बताए ।

bam kushma 2नेकपा(माओबादी) केन्द्रका पोलिटब्युरो सदस्य एवम् प्रदेश क्षेत्र नम्बर १ क का उम्मेदवार  नेत्र अधिकारीले वाम गठबन्धनका कारण पर्वतमा उत्साह थपिएकाले जितलाई कसैले रोक्न नसक्ने ठोकुवा गरे । उहाँले वामशक्ति बिचको तालमेलपछि स्वतन्त्र रहेको जनमत समेत वाम उमेदवारको पक्षमा देखिएकोले आफ्नो बिजय यात्रालाई कसैले रोक्न नसक्ने बताए । देशलाई आर्थिक सम्बृद्धिको दिसामा लैजानका लागि नै वामपन्थी शक्तिहरु इतिहाँसमा पहिलो पटक एक ठाउँमा आएकाले यस अवसरलाई सवै कार्यकर्ताहरुले सदुपयोग गर्नुपर्ने उहाँको भनाई थियो ।

त्यस्तै प्रदेशसभा ख का उमेदवार तथा निर्वतमान सांसद बिकास लम्सालले उमेदवारी छनौटको बिषयलाई आफुँले सामान्य रुपमा लिएको बताउँदै वाम गठबन्धनले जितेमा पर्वतमा विकासको ढोका खुल्ने बताउनुभयो ।

नेकपा(एमाले) पर्वतका उपाध्यक्ष भक्त कुवँरको अध्यक्षतामा भएको कोणसभामा नेकपा माओबादी केन्द्रका जिल्ला सहइन्र्चाज गगन थापा, जिल्ला सहसंयोजक केशब कुवँर लगायतले मन्तब्य ब्यक्त गरेका थिए । गत स्थानिय तहको निर्वाचनको परिणाम अनुसार पर्वतमा नेपाली काँग्रेस वाम गठवन्धनले प्राप्त गरेको मत भन्दा झण्डै ७ हजारले पछाडि रहेको छ । उक्त मत परिणाम अनुसार यसपटक तीनवटै सिटमा बामगठवन्धनका उम्मेदवारहरुले बिजयी हासिल गर्ने आँकलन गरिएको छ । आगामी निर्वाचनका लागि पर्वतमा एक लाख ७ हजार तीन सय मतदाता छन् ।