म्याग्दीको विकास र सम्बृद्धिको नेतृत्व गर्ने वाम उम्मेद्वारको घोषणा

सन्तोष गौतम /विकल्प न्यूज
बेनी ८ कात्तिक ।

bam gathabandanनेकपा एमाले र माओवादी केन्द्रका साझा उमेद्वारहरुले नीति निर्माणमा म्याग्देलीको भावना समेट्दै विकास र सम्बृद्धिको नेतृत्व गर्ने घोषणा गरेका छन् ।

एमालेको पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रतिनिधिसभाका उमेद्वार भुपेन्द्रबहादुर थापा, प्रदेशसभा १ का बिनोद केसी र प्रदेशसभा २ की नरदेवी पुनले आफ्नो चुनावी एजेण्डाको बारेमा जानकारी गराउनुभएको हो ।

नेकपा एमालेका बैकल्पीक केन्द्रिय सदस्य समेत रहनुभएका प्रतिनिधिसभाका उमेद्वार थापाले नेपालमा राजनितिक स्थिरता कायम गरि देशलाई विकास र सम्बृद्धीको बाटोमा अघि बढाउन एमाले र माओवादीबीच चुनावी तालमेल र पार्टी एकता गर्ने सहमती भएको बताउनुभयो । Bam Gathabandhan Umedbarयसअघिका २ वटा संसदीय निर्वाचनमा म्याग्दीमा बामपन्थी दलका उमेद्वार बिजयी भएपनी राज्य सञ्चालन तहमा काँग्रेसले हाली मुहाली गरेकाले जिल्लाको विकासले अपेक्षाकृत गति लिन नसकेको थापाले बताउनुभयो ।

आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनबाट बामपन्थीहरुको दुई तिहाई बहुमत सहितको संसदबाट स्थीर सरकार बनाएपछि राज्य सञ्चालन तहमा आफूहरुको पहुँच पुग्ने र जिल्लाको विकासले गति लिने थापाले बताउनुभयो ।

प्रदेशसभा क्षेत्र नम्बर १ का उमेद्वार माओवादी केन्द्रका युवा नेता केसीले बाम गठबन्धन र जनताले दिएको जिम्मेवारी ईमान्दारीताका साथ पुरा गर्दै निती निर्माण तहमा युवाको प्रतिनिधित्व गर्ने बताउनुभयो ।

केसीले क्षेत्र नम्बर १ र समग्र म्याग्दी जिल्लाको जलविद्युत, पर्यटन र वन पैदावार जस्ता प्राकृतिक सम्भावनालाई व्यवस्थित र परिचालन गर्न लगानी भित्र्याउने र त्यसको माध्यमबाट रोजगारी सिर्जना गरी युवालाई बिदेशीनुपर्ने समस्या कम गर्न सकिने बताउनुभयो ।
प्रदेशसभा क्षेत्र नम्बर २ की उमेद्वार नरदेवी पुनले यसअघि सभाषद् र राज्य मन्त्री हुँदा बेनी दरवाङ, बेनी जोमसोम सडक स्तरवृद्धी, विभिन्न ठाउँमा मोटरेबल पुल, स्वास्थ्य संस्थाका भवन, भेडा स्रोत विकास केन्द्र स्थापना गर्न पहल गरेको बताउनुभयो ।

umlएमालेका नेता समेत रहेकी पुनले पश्चिम म्याग्दीको सामाजिक परिवर्तनसंगै दरवाङ ढोरपाटन सडक र धौलागिरी चक्रिय पदमार्गको विकास एवं प्रर्वद्धनमा प्राथमिकता दिने बताउनुभयो ।
पुर्व सांसद नवराज शर्माले प्रजातन्त्रको बाहलीसंगै छ दशक भन्दा बढी समय राज्य सञ्चालनमा हाली मुहाली गरेको काँग्रेसकै कारण देश विकासमा पछि परेको र अब राजनितिक स्थिरताका लागि बामपन्थीहरुलाई जिताउनुको विकल्प नभएको बताउनुभयो ।

नेकपा एमालेका अध्यक्ष हरिकृष्ण श्रेष्ठ र माओवादी केन्द्रका संयोजक गोविन्द पौडेलले तालमेल र एकताको सन्देशले कार्यकर्तालाई उत्साह छाएको, स्थानीय तह निर्वाचनको मत परिणाम, विगतको जनमत र संगठनका हिसावले बाम गठबन्धनले म्याग्दीका तिन वटै सिट जित्ने बलीयो आधार भएको भन्दै पैसा र गुण्डागर्धीको बलमा चुनाव जित्नेले जनताको काम गर्न नसक्ने बताउनुभयो ।