“बेनी अस्पतालको सेवा र गुणस्तरमा सुधार”

सन्तोष गौतम /विकल्प न्यूज
बेनी १७ कात्तिक ।

Jilla Aaspatal Ra DHO Parisarबेनी अस्पतालको सेवामा र गुणस्तरमा सुधार हुदै गएको एक अध्ययनले देखाएको छ । स्वास्थ्य मन्त्रालय र निक साईमन ईन्टिच्युटले अस्पतालले प्रवाह गर्ने सेवा सुबिधाको विषयमा गरेको मूल्याङकनको प्रतिवेदनमा सेवा र गुणस्तर सुधारसंगै अस्पतालमा बिरामीको चाप र विश्वास बढेको शुक्रबार बेनीमा आयोजित कार्यक्रममा जानकारी गराइएको हो ।

मूल्याङकन प्रतिवेदन सार्वजनीक गर्दै अध्ययन टोलीमा सहभागी जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख पवनजंग रायमाझीले बेनी अस्पतालले ८२ प्रतिशत मापदण्ड पुरा गरेको जानकारी गराउनुभयो । जिल्ला अस्पताल सुदृढीकरण कार्यक्रम अन्तरगत स्वास्थ्य मन्त्रालय र निक साईमन ईनिटच्युटले बेनी अस्पताललाई वि.स २०७२ देखि प्राबिधिक, जनशक्ति र व्यवस्थापनमा सहयोग गर्दै आएका छन् ।

अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, व्यवस्थापन पक्षको सहकार्य, उपकरणहरुको व्यवस्था, समुदायको सहयोग र चासो, शल्यक्रिया सेवा सञ्चालन गर्नु, आफ्नै फार्मेसी हुनु, सरसफाई लगायतका क्षेत्रमा सेवा प्रवाहमा सुधार आएको जानकारी गराइएको थियो ।Beni Hospital (1)कार्यक्रममा बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठले शिक्षा, स्वास्थ्य, खानेपानी लगायत आधारभुत विषयलाई स्थानीय तहले प्राथमिकताका साथ अपनत्व ग्रहण गर्ने बताउँदै सेवालाई अझै गुणस्तरीय र प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।

स्वास्थ्य मन्त्रालयको चिकित्सा महाशाखाका प्रमुख डाक्टर बिकास देवकोटाले बेनी अस्पताल गुणस्तरीय सेवा प्रवाहका हिसावले नेपालकै नमुना बनेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले सेवाको दिगोपना र निरन्तरतालाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।

निक साईमन ईन्टिच्युटका डाक्टर काशीकुमार र शारदा शाहले सरकारी अस्पतालको सेवा र गुणस्तर सुधार गर्ने उद्देश्यले अस्पताल व्यवस्थापन सुदृढीकरण कार्यक्रम सञ्चालन भएको बताउनुभयो । बेनी अस्पतालका चिकित्सक धिरेन मल्लले अस्पतालको सेवा सुबिधा, जनशक्ति र उपकरणको उपलब्धताको विषयमा जानकारी गराउनुभएको थियो ।

IMG_0347उहाँले अर्थोपेडीक, छाला प्रत्यारोपण, पत्थरी, हर्नीया, हाईड्रोशिल, एपेन्डीसाईटीस, दन्त, सर्जरी लगायत स्वास्थ्य समस्याको साथै शल्य क्रिया सहितको प्रसुती सेवा दिइएको जानकारी गराउँदै डिजीटल एक्सरे मेसीन प्रयोगमा रहेको बताउनुभयो ।

छिट्टै मृगौला रोगीको लागि डायलाईसीस गर्ने उपकरण पनी ल्याउने तयारी भएको छ । जिल्ला अस्पतालले शल्यक्रिया सेवा दिन थालेपछि सो सुबिधाका लागि जिल्ला बाहिर हजारौ खर्च गरेर जानुपर्ने बाध्यता कम भएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीले ५० शैया क्षमत्ताको नयाँ भवन निर्माण सुरु भएपछि पुराना भवन भत्काइएको भएपनि बैकल्पीक व्यवस्था गरेर सेवामा असर पर्न नदिएको बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बरिष्ठ चिकित्सक रोशन न्यौपानेले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन तथ्याङ्क प्रमुख बसन्त पोखरेलले सञ्चालन गर्नुभएको थियो ।