स्थानीय तह निर्वाचनका आधारमा म्याग्दीमा वाम गठबन्धन सातहजार मतले अगाडी

विकल्प न्यूज/बेनी
कार्तिक ८ गते ।

bhupendra and khambirआगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि म्याग्दीमा बाम र लोकतान्त्रीक गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । स्थानीय तहको निर्वाचनलाई आधार मान्दा वाम गठबन्धन भारी मतका साथ अगाडी देखिन्छ ।

प्रतिनिधिसभाका लागि १ र प्रदेशसभा निर्वाचनका लागि २ वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा एमाले र माओवादी तथा नेपाली काँग्रेस र राप्रपाले चुनावी तालमेल गरेर उमेद्वारी दिएका छन् ।

प्रतिनिधिसभाका लागि एमाले माओवादीका साझा उमेद्वार भुपेन्द्रबहादुर थापा र काँग्रेस राप्रपाको प्रजातान्त्रीक गठबन्धनको तर्फबाट काँग्रेसका खम्बिर गर्बुजा मुख्य प्रतिस्पर्धी हुन् ।

bhim and binodप्रदेशसभाको क्षेत्र नम्बर १ मा बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका युवा नेता बिनोद केसी र प्रजातान्त्रीक गठबन्धनका राप्रपाका केन्द्रिय सदस्य भिमप्रसाद गौचन चुनावी मैदानमा छन् । गौचन पुराना नेता हुन ।

प्रदेशसभाको क्षेत्र नम्बर २ मा बाम गठबन्धनबाट एमालेकी नरदेवी पुन र प्रजातान्त्रीक गठबन्धनबाट काँग्रेसका अमलाल फगामी चुनावी मैदानमा उत्रिएका छन् । प्रतिनिधिसभामा बाम गठबन्धनको तर्फबाट उमेद्वारी दिएका एमालेका बैकल्पीक केन्द्रिय सदस्य थापा जिविसको पुर्व उपसभापति हुन् ।

nardevi and amlal fagamiप्रजातान्त्रीक गठबन्धनको तर्फबाट उमेद्वार बनेका नेपाली काँग्रेस म्याग्दीका सभापति गर्बुजा वि.स २०७० मा भएको दोस्रो संबिधानसभा निर्वाचनमा एमालेका नवराज शर्मासंग तिन हजार ४४६ मतअन्तरले पराजीत भएका थिए ।

बेनी नगरपालीका १ रत्नेचौरका थापा राष्ट्रिय राजनितिमा पुग्न सफल जिल्लाका सिमिति नेता मध्यमा पर्छन भने रघुगंगा गाउँपालीका ४ दग्नामका गर्बुजा बेलायती सैनीकबाट अवकास पाएपछि राजनितिमा सक्रिय छन् ।

गत बैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय तह निर्वाचनमा जिल्लामा रहेका ४५ वटा वडाका अध्यक्षका उमेद्वारहरुले पाएको मतलाई आधार बनाउँदा म्याग्दीमा बाम गठबन्धन लोकतान्त्रीक भन्दा  सात हजार मतले अगाडी छ ।

umlस्थानीय तह निर्वाचनमा ७१ ह्जार ४६३ जना मतदाता रहेकोमा आसन्न निर्वाचनका लागि चार हजार ७५ जना मतदाता थपिएर जिल्लाभर मतदाता संख्या ७५ हजार ५३८ पुगेको छ । स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका वडा अध्यक्षका उमेद्वारले १६ हजार ९८२, राप्रपाकाले ६६०, एमालेकाले १८ हजार ९३८ र माओवादी केन्द्रका वडा अध्यक्षका उमेद्वारले पाँच हजार ७०७ मत ल्याएका थिए । यसरी हेर्दा सात हजार एकसय ३ मतले वाम गठबन्धन अगाडि देखिएको छ ।

बेनी नगरपालीकाको प्रमुख, रघुगंगा, अन्नपूर्ण गाउँपालीकाको अध्यक्ष उपाध्यक्ष र मालीका गाउँपालीकाको अध्यक्ष जितेको काँग्रेसले विगतको तुलनामा संगठन बलीयो भएको र जनमत बढेकाले आगामी निर्वाचनको परिणाम आफ्नो पक्षमा पर्ने आँकलन गरेको छ ।

रघुगंगा गाउँपालीका काँग्रेसको बलीयो आधार क्षेत्र मानिन्छ । मंगला गाउँपालीकामा एमाले संगठनात्मक हिसावले बलीया मानिन्छ । नेकपा एमालेले स्थानीय तह निर्वाचनमा काँग्रेससंग तालमेल गरेको माओवादीसंग यसपाली आफ्नो तालमेल र बलीयो संगठन भएकाले चुनाव प्रचारलाई व्यवस्थित बनाउन सकेमा म्याग्दीलाई लालकिल्ला बनाउन सकिने एमाले माओवादीका नेताहरुको भनाई छ । वि.स २०५६ यताको संसदीय चुनावमा पराजय ब्यहोर्दै आएको काँग्रेसले यसपाली जसरी पनि पुरानो बिरासत फर्काउने रणनीतिमा छ ।

राजनीतिका हस्ती र युवाको प्रतिस्पर्धा

पञ्चायतकालमा एक पटक सहायक र दुई पटक राज्यमन्त्री, पहिलो जिल्ला सभापति बनेका प्रजातन्त्रीक गठबन्धनबाट उमेद्वार बनेका राप्रपाका भिमप्रसाद गौचन र बाम गठबन्धनबाट उमेद्वार बनेका माओवादी केन्द्रका युवा नेता बिनोद केसीको उमेद्वारीले प्रदेशसभाको क्षेत्र नम्बर १ लाई धेरैले चासो दिएका छन् ।

म्याग्दीको राजनितिमा हस्ती र तत्कालीन अवस्थामा जिल्लाको विकासमा महत्वपूर्ण भुमिका खेलेका ७६ वर्षिय गौचन पञ्चायतकालमा चुनाव जित्न अपनाएको अनेक हत्कण्डाका कारण उत्तिकै बिवादीत पनी छन् । गौचन १९ वर्षको उमेरमा तत्कालीन पाखापानी गाविसको अध्यक्ष बनेका थिए ।

bhim and binodदश वर्षे जनयुद्धका क्रममा दाजु मदन केसीलाई गुमाएका ३३ वर्षिय बिनोद आन्दोलन र बलीदानबाट राजनितीमा होमीएका हुन् । जिल्ला खेलकुद विकास समितिको पुर्व अध्यक्ष रहेका केसी माओवादी केन्द्रको बेनी नगर कमिटि उपाध्यक्ष, सचिवालय सदस्य हुन् । म्याग्दी ट्याक्सी व्यवसायी समितिका संस्थापक अध्यक्ष केसी यातायात व्यवसायमा संलग्न छन् ।
जिल्ला खेलकुद विकास समितिको अध्यक्ष हुँदा म्याग्दीमा सुस्ताएको खेलकुदलाई क्रियाशिल बनाएको र यातायात सेवालाई मर्यादीत एवं व्यवस्थित बनाउन भुमिका खेलेकाले केसी युवा पुस्तामा बलीयो प्रभाव भएको व्यक्ती मानिन्छन् ।

बेनी नगरपालीका, रघुगंगा र अन्नपूर्ण गाउँपालीका समावेश भएको प्रदेश सभाको क्षेत्र नम्बर १ मा ४२ हजार ९९३ जना मतदाता छन् । यो निर्वाचन क्षेत्रमा स्थानीय तह निर्वाचनमा वडा अध्यक्षहरुले पाएको मतलाई आधार मान्दा बाम गठबन्धन प्रजातान्त्रीक भन्दा ७५९ मतले मात्र अगाडी रहेको बाम गठबन्धनलाई चुनाव जित्न सजिलो भने छैन् ।

नेपाली काँग्रेसका वडा अध्यक्षका उमेद्वारले ११ हजार ३८३, एमालेकाले १० हजार २९१, माओवादी केन्द्रकाले दुई हजार ५३९ र राप्रपाले ५८८ मत ल्याएका थिए । प्रजातान्त्रीक गठबन्धनका उमेद्वार गौचनलाई कमजोर संगठन, पार्टीमा आएको बिभाजन, काँग्रेसभित्रको असन्तुष्टि र बागी उमेद्वार चुनौतीका रुपमा रहेका छन् ।

ncगौचनका भाई राप्रपा प्रजातान्त्रीकका केन्द्रिय सदस्य जगतप्रसाद गौचनले दाजुकै क्षेत्रमा बलबहादुर सुनार र राप्रपा राष्ट्रवादीले रामबहादुर शाहीलाई उमेद्वार बनाएका छन् । स्थानीय तह निर्वाचनमा एमालेसंग तालमेल गरेर बेनपाको उपमेयरमा निर्वाचित राप्रपाकी सञ्जु बरुवालले असहयोग गरेकाले जिसस प्रमुख पद गुमाउनु परेकोमा काँग्रेस कार्यकर्ता राप्रपाप्रती आक्रोशित छन् ।

आफ्नो बलीयो प्रभाव क्षेत्रमा तालमेलका क्रममा राप्रपालाई छाडेको भन्दै काँग्रेसका प्रभावशाली नेता नेत्रबहादुर महत र कर्णबहादुर भण्डारी (केवी)ले स्वतन्त्र उमेद्वारी दिएका छन् । महत र भण्डारीले उमेद्वारी फिर्ता नलिए गौचनलाई अप्ठ्यारो पर्ने देखिएको छ ।

तालमेलप्रती असन्तुष्टि जनाउँदै एमाले निकट केदारप्रसाद अधिकारीले पनी स्वतन्त्र उमेद्वारी दिएपनी उनी काँग्रेसका महत र भण्डारी जत्तिको राजनितिमा सक्रिय नरहेकाले खासै असर नगर्ने दावी एमाले माओवादीका नेताहरुको छ ।

म्याग्दीका गाउँ, गाउँमा खानेपानी, घोरेटो बाटो पु¥याएको, विद्यालय स्थापना गर्न भुमिका खेलेको र अहिले हिन्दुराष्ट्रको एजेण्डा लिएर चुनावमा होमीएकाले जनताले विश्वास गरेर जिताउने गौचन बताउँछन् । माओवादी केन्द्रका उमेद्वार केसीका लागि संगठनात्मक हिसावले कमजोर राप्रपासंग प्रतिस्पर्धा गर्नुपर्दा अनुकुल हुने बताईन्छ ।

पूर्व राज्यमन्त्री र क्याप्टेनको प्रतिस्पर्धा

मंगला, मालीका र धौलागिरी गाउँपालीका समावेश भएको प्रदेशसभाको क्षेत्र नम्बर २ मा ३२ हजार ५४५ जना मतदाता छन् । बाम गठबन्धनको तर्फबाट उमेद्वार बनेकी एमालेकी नरदेवी पुन निवर्तमान सांसद र पुर्व पशुपक्षि विकास राज्य मन्त्री हुन् ।

नेपाली काँग्रेसका उमेद्वार अमलाल फगामी भारतीय गोर्खा सैनीकको सेवा निवृत भएपछि राजनितिमा क्रियाशिल रहदै आएका छन् । शिक्षकको स्थाई जागीर छोडेर राजनितिमा होमीएकी कुहुँकी पुन र देविस्थानका फगामी दुवै मगर समुदायका हुन् ।

स्थानीय तहको निर्वाचनमा एमालेले मंगला र धौलागिरी गाउँपालीकाको अध्यक्ष उपाध्यक्ष तथा मालीका गाउँपालीकाको उपाध्यक्ष जितेको थियो । काँग्रेसका युवा नेता श्रीप्रसाद रोका मालीका गाउँपालीकाको अध्यक्षमा बिजयी भएका थिए ।

nardevi and amlal fagamiस्थानीय तह निर्वाचनमा वडा अध्यक्षहरुले पाएको मतको आधारमा प्रदेशसभाको क्षेत्र नम्बर २ मा बाम गठबन्धन छ हजार २४४ मतले अगाडी छ । नेपाली काँग्रेसका वडा अध्यक्षका उमेद्वारले पाँच हजार ५९९, एमालेकाले ८ हजार ६४७, माओवादीकाले तिन हजार २६८ र राप्रपाले ७२ मत ल्याएका थिए ।

राप्रपाले प्रदेश सभाको क्षेत्र नम्बर २ मा काँग्रेसका उमेद्वार फगामीलाई सघाएको छ भने माओवादीले एमालेकी उमेद्वार पुनलाई । लामो समयदेखि स्थानीय स्तरको विकास निर्माणमा सक्रिय व्यक्तिलाई उमेद्वार बनाएको, विगतकका तुलनामा संगठनमा सुधार आएकाले जित्ने काँग्रेसको दावी छ ।

तालमेल र पार्टी एकिकरण गर्ने घोषणाले कारण एमाले, माओवादीका स्थानीय नेता कार्यकर्तामा उत्साह छाएको तथा पहिलेदेखिनै बलीयो संगठन भएको र महिला नेतालाई अघि सारेकाले चुनावी परिणाम आफ्नो पक्षमा पर्ने बाम गठबन्धनको दावी छ ।