म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा कर्माचार्य

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १२ कात्तिक ।

MCCI New Karyasamitee (6) (1)म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा उत्तमकुमार कर्माचार्य निर्वाचित हुनुभएको छ । बेनीमा शनिबार राती सम्पन्न भएको संघको २४ औ साधारणसभा तथा दसौ अधिवेशनबाट कर्माचार्यको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

myagdi cciसदस्यहरुमा बेलबहादुर कटुवाल, सुबिन श्रेष्ठ, राजेश शाक्य, लिलाराम गौतम, सुवर्ण रिजाल, ईश्वर श्रेष्ठ, अमित बानिया, ठाकुरप्रसाद शर्मा, नारायण जिसी, तारानाथ रेग्मी, राजकुमार श्रेष्ठ, गोपाल पौडेल, गणेश श्रेष्ठ, चन्द्र बराईली, बाबुराम आचार्य, बोमबहादुर केसी, कमल विश्वकर्मा, गोपाल रेग्मी लगायत निर्वाचित हुनुभएको छ । myagdi cci 2निवर्तमान अध्यक्ष जिवनबहादुर विश्वकर्मा, महिला उद्यम विकास समितिका सभापती, दरवाङ ईकाईका सभापती र बस्तुगततर्फबाट पुस्तक तथा स्टेशनरी व्यवसायी संघ पदेन सदस्य रहने संघको निर्वाचित कार्यसमितिको पहिलो बैठकले बरिष्ठ उपाध्यक्ष, प्रथम, दितृय उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव, सहसचिव र ६ जना सदस्य मनोनित गर्ने जनाइएको छ । 22906283_1717732734917622_1368865967_oसंघको अधिवेशनको उद्घाटन गर्दै नेपाल उद्योग वाणीज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले म्याग्दीमा प्रशस्त सम्भावना रहेको जलविद्युत, पर्यटनको विकास र कृषिको आधुनिकीकरणमा निजी क्षेत्रको लगानी भित्र्याउन आवश्यक रहेको बताउनुभयो ।

लगानीको वातावरण भएमा स्वदेशमै रोजगारी सिर्जना हुने र बिदेशीनुपर्ने नेपालीको बाध्यता काम गर्न सकिने उपाध्यक्ष ढकालले बताउनुभयो । प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि देशमा राजनितिक स्थिरता कायम भई लगानीको वातावरण बन्ने उहाँले विश्वास गर्नुभयो ।