निर्वाचन पछि लगानीको वातावरण ः नीजि क्षेत्र

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज
बेनी(म्याग्दी) कात्तिक ११ गते ।

myagdi cci निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले आसन्न मंसिर १० र २१ गतेको निर्वाचन सम्पन्न भएपछि मुलुकमा लगानीको वातावरण सिर्जना हुने बताउनुभएको छ । निर्वाचन पछि राजनीतिक स्थायित्व कायम हुने भएकाले लगानी मैत्री वातावरणका लागि नेपाल उर्वर भूमि हुने उहाँको भनाई छ । मुलुकलाई आर्थिक समृद्धि र विकासको मार्गमा डो¥याउनका लागि नीजी क्षेत्र सरकार सँग मिलेर अघि वढेको उहाँको भनाई थियो ।

म्याग्दीको उद्योग वाणिज्य संघको २४ औं साधारणसभा एवम् दशौं अधिवेशनलाई शनिवार बेनीमा उद्घाटन गर्दै उपाध्यक्ष ढकालले पर्यटन,उर्जा र कृषि क्षेत्रको लगानी मार्फत रोजगारी सिर्जना गर्ने योजना नीजी क्षेत्रले बनाएको बताउनुभयो । उहाँले लगानीका प्रशस्त संभावना भएर पनि राजनीति अस्थिरताका कारण स्रोतसाधनलाई परिचालन गर्न विगतमा कठिनाई भएको उहाँको भनाई थियो ।

myagdi cci 2दुवै चरणका निर्वाचन सम्पन्न भएपछि मुलुक आर्थिक विकास र समृद्धिको दिशा तर्फ अघि वढ्ने भएकाले ढुक्क सँग लगानी गर्न उद्योगी व्यावसायिहरुलाई ढकालले आग्रह गर्नुभयो । उहाँले चार नम्बर प्रदेशमा लगानीको ठूलो संभावना रहेकाले निर्वाचन पछि विकास र समृद्धिको ढोका खुल्ने उहाँको भनाई थियो । लगानीका संभावनायुक्त क्षेत्रहरुमा म्याग्दीका उद्योगी व्यवसायिहरु सँग मिलेर आफूहरुले लगानी गर्न चाहेको ढाकालको भनाई थियो । उर्जा र पर्यटन म्याग्दीको ठूलो संभावनायुक्त क्षेत्र भएकाले लगानीकर्ताहरुलाई भित्रयाउनका लागि आफू तयार भएको उपाध्यक्ष ढकालको भनाई थियो ।

नेपाल राजनीतिक र सामाजिक क्षेत्रको विकासमा अघि वढि रहेको चर्चा गर्दै नयाँ संंविधान जारसँगै मुलुक संघीय शासान प्रणली र राजनीतिक स्यायित्व तर्फ उन्मूख भएको उहाँले बताउनुभयो । अधिक लगानी आकर्षण गरी उच्च आर्थिक वृद्धि र बढी भन्दा बढी रोजगारीका अवसर सृजना गर्ने उद्देश्य अनुरुप नेपालको निजी क्षेत्र सरकारसँग सहकार्यका साथ अगाडी बढीरहेको उपाध्यक्ष ढकालको भनाई थियो ।

अधिवेशनले आगमी तिन वर्षे कार्यकालका लागि सहमतिमा नयाँ नेतृत्व चयन गर्ने म्याग्दी उद्योग वाणिज्य संघका महासचिव राजेश शाक्यले बताउनुभयो । कार्यक्रममा म्याग्दी उवासंघले प्रकाशीत गरेको टुमुर खेती सम्बन्धी पुस्तक विमोचन गरिएको थियो । महासचिव शाक्यले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता अध्यक्ष जिवन कुमार विश्वकर्माले गर्नुभएको थियो । अधिवेशनमा जिल्ला स्थित राजनीति दलका प्रमुख एवम् प्रतिनिधि,निर्वतमान सांसद,नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रमोद श्रेष्ठ लगायत जिल्लाका उद्योगी व्यवसायीहरुको उपस्थित रहेको छ ।