पर्वतमा वाम गठबन्धनबाट प्रतिनिधिसभामा युवा नेता पदम गिरी उम्मेदवार

विकल्प न्यूज/पर्वत
कार्तिक १५ गते । DSC_1267आसन्न मंसिर २१ गते हुने प्रतिनिधिसभामा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका जिल्ला अध्यक्ष पदम गिरि सिफारिस हुनुभएको छ । बुधवार वसेको पार्टीको स्थायी समितिले गिरिलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

देशकै ठूलो शैक्षिक संस्था पृथ्वीनारायण क्याम्पसका पूर्व स्ववियु सभापति गिरी युवापक्तिमा लोकप्रिय हुनुहुन्छ । विद्यार्थी राजनीतिमा लोकप्रिय गिरी पर्वतको पार्टी अध्यक्षको भूमिका सम्मालेपछि जिल्लामा पार्टी बलियो भएको एमालेजनहरु बताउँछन् ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशी र गिरी विच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । यसै गरि वाम गठबन्धनबाट प्रदेश क मा माओवादीका नेता नेत्र अधिकारी र प्रदेश ख मा निवर्तमान सांसद विकास लम्साल उम्मेदवार बन्नुहुने भएको छ । काँग्रेसले भने प्रदेससभामा अझै टुङगो लगाएको छैन । भोली १६ गते मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको छ ।