राम्चेको महरेडाँडा पर्यटकीय गन्तव्य बन्दै

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज
कार्तिक १३ गते ।

mahare bat herdaiम्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा पर्ने महरेडाँडा पर्यटकको रोजाईमा पर्न थालेको छ । समुद्री सतह देखि तिनहजार तिनसय मिटरको उचाईमा रहेको महरेडाँडाबाट सूर्योदय, हिमश्रृङ्खला र पहाडी भूगोलको रमाइला दृश्य अवलोकनका लागि आकर्षक गन्तव्य बन्दै गएको हो ।
पर्यटकीय गन्तव्यका रुपमा विकास हुनथालेपछि यहाँ आन्तरिक एवम् वाह्ै पर्यटकको भिड लाग्ने गरेको छ । महरेडाँडालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न राम्चेका स्थानीयवासीहरुले सात वर्ष अघि सामुदायिक लज र पदमार्गको निर्माण गरेपछि महरेडाँडा पुग्ने पर्यटकको संख्यामा वृद्धि हुनथालेको हो ।

mahare danda 1 (1)यहाँबाट सिस्ने,गुर्जा,धौलागिरि,निलगिरि,अन्नपूर्ण,माछापुच्छ«े,मनास्लु लगायत २०भन्दा वढी हिमशृङ्खला,सूर्योदय र सर्यास्तको मनोमहक दृश्य अवलोकन गर्न सकिन्छ । पोखराको फेवाताल,मिर्मीमा कालीगण्डकी थुनेको बाँध,पोखरा बजार,म्याग्दी,बागलुङ,पर्वत,तनहुँ,गोरखा,कास्की,गुल्मी,पाल्पा,अर्धाखाची,रुकुम लगायतका जिल्लाका अग्ला पहाडका टाकुराहरुको अवलोकन गर्न पाउनु महरेडाँडाको अर्को विशेषता हो ।
घना गुराँसे जंगलको विचमा रहेको महरेडाँडा आसपासका पशुगोठ,जडिवुटी,बोटविरुवाको अवलोकन सँगै चराचुरुङगीका चिरविर आवाज सुन्दै यात्रा गर्न सकिन्छ । पर्वतको बाँसखर्क,डाँडाकटेरी,म्याग्दीको नागी,टिकोट र खिवाङ हुँदै सामुदायिक पदमार्गको पदयात्राबाट महरेडाँडा पुग्न सकिन्छ । भने अर्को तर्फ पुनहिल आएका पर्यटकहरु गुराँसे जंगलभित्रको यात्रा गर्दै महरेडाँडा पुग्ने गर्दछन् । महरेको एकरात वास वसेपछि केही पर्यटकहरु पर्वतको जलजला र लेस्पार हुँदै कास्की झर्दछन् भने केही पर्वतको हम्पालडाँडा र नागी हुँदै बेनी झर्ने गर्दछन् ।

photo news 4पदमार्गको विकास र प्रचारप्रसारले गर्दा पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकहरुको आगमनमा वृद्धि हुनथालेको सामुदायिक पदमार्गका समन्वयकर्ता चित्र पुन तिलिजाले बताउनुभयो । सात वर्ष अघि बेनीको गलेश्वर देखि पर्वतको वाँसखर्क,डाँडाकटेरी र नांगी हुँदै महरेडाँडा पुग्नका लागि सामुदायिक पदमार्गको विकास गरिएको तिलिजाले बताउनुभयो । महरे देखि घोडेपानी पुनहिल र काँडापानी हुुँदै घान्द्रुक जान सकिन्छ ।

भने लामो पदयात्राका लागि महरे देखि स्वात,खोप्रालेक वहेली,दोवाटो हुँदै घान्द्रुक निस्कन सकिने तिलिजाले बताउनुभयो । शान्त वातावरण र रोमाञ्चक पदयात्राका लागि स्वदेशी र विदेशी पर्यटकको रोजाईमा पर्न थालेको उहाँले बताउनुभयो । विदाका समयमा घुम्न निस्किने नेपालीहरुका लागि पनि यो पदमार्ग रोजाईमा पर्न थालेको छ ।  photo news 3एक सिजनमा मात्र करिव पाँचसय भन्दा वढी विदेशी पर्यटकहरु आउने गरेको महरेडाँडा सामुदायिक लजका कर्मचारी ललित खोरजा मगरले बताउनुयभो । वर्षेपिच्छे पर्यटकको संख्यामा वृद्धि हुनथालेको उहाँले बताउनभयो । पर्यटकको चाप बढेकाले २० जना क्षमताको सामुदायिक लजको क्षमता विस्तार गर्ने तयारी भएको उहाँले बताउनुभयो ।

सात वर्ष अघि नांगीमा रहेको हिमाञ्चल माविलाई आयस्रोत जुटाउन समुदायले सामुदायिक लजको निर्माण गरेका हुन । व्यवस्थित पदमार्गका साथै भौतिकपूर्वाधारको विकास गर्न सकेमा उल्लेख्य मात्रामा पर्यटक भित्रयाउन सकिने राम्रो संभावना रहेको सामुदायिक पदमार्गका समन्वयकर्ता तिलिजा पुनले बताउनुभयो । पर्यटकलाई सुविधा दिन महरेडाँडामा फ्रि वाइफाईको व्यवस्था गरिएको छ ।