म्याग्दीमा चुनाव चिन्ह साटासाट गरेर प्रचार अभियानको सूरुवात

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ८ कात्तिक । UML Maobadi Karyakarita Bhela (1)मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा तालमेल र पार्टी एकताको सहमती गरेका नेकपा एमाले र माओवादी केन्द्रको जिल्ला स्तिरीय संयुक्त कार्यकर्ता भेला बुधबार बेनी स्थित एमाले पार्टी कार्यालयमा सम्पन्न भएको छ ।

बामपन्थीहरुबीचको चुनावी तालमेल र पार्टी एकता गर्ने सहमतीको स्वागत तथा खुसीयालीमा जलपान कार्यक्रम गर्दै संयुक्त चुनाव प्रचार अभियानको समेत सुरुवात भएको छ ।

नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ र माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पौडेलले एक अर्को पार्टीको चुनाव चिन्ह अंकित झण्डा साटा साटा गरेर चुनावी अभियान सुरुवात गर्नुभएको हो ।

बिहीबार बेनी नगरपालिका र पाँच वटै गाउँपालिका स्तरमा संयुक्त कार्यकर्ता भेला तथा प्रशिक्षण गर्ने र कात्तिक १० गते क्षेत्र नम्बर २ को बरंजाबाट चुनाव प्रचार अभियान सञ्चालन गर्ने कार्यतालीका बनाइएको छ ।

bam gathabandanकार्यकर्ता भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै प्रमुख बत्ता नेकपा माओवादी केन्द्रका पोलीट ब्युरो सदस्य तथा म्याग्दी जिल्ला ईञ्चार्ज मानबहादुर बुढाले विगतको तिक्ततालाई बिर्सीएर सुनौलो भविश्य, स्थिर सरकार, विकास र सम्बृद्धीको अभियानलाई सम्भिएर बाम गठबन्धनका उमेद्वारलाई जिताउने अभियानमा जुट्न निर्देशन दिनुभयो ।

umlनेता बुढाले पार्टी एकताको विषयमा कुनै शंका नगर्न अनुरोध गर्दै बामपन्थीहरुको एकता नेपालको आवश्यकता र जनताको भावना अनुसार भएको बताउनुभयो । नेकपा एमालेका बैकल्पीक केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का उमेद्वार भुपेन्द्र थापा र पुर्व सभाषद् नवराज शर्माले एमाले माओवादीको चुनावी तालमेलबाट आत्तिएका प्रतिक्रियावादीहरुले फिँजाएको भ्रममा नपर्न आग्रह गर्दै दुवै पार्टीलाई एकै सम्झिएर मतदाताको घरघरसम्म पुगेर इमानदारीताका साथ प्रचारमा जुट्न निर्देशन दिनुभयो ।

प्रदेशसभा क्षेत्र नम्बर १ र २ का बाम गठबन्धनका साझा उमेद्वार बिनोद केसी र नरदेवी पुनले कुनै शंका नगरीकन प्रतिनिधिसभा र प्रदेशसभा बामपन्थीहरु स्पष्ट दुई तिहाई उपस्थिती हुने गरी प्रचारमा सघाउन आग्रह गर्नुभयो । मालीका गाउँपालिका ७ बिममा स्वतन्त्र उमेद्वारको रुपमा स्थानीय तह निर्वाचनमा बिजयी बामपन्थी युवा नेता रेशम जुग्जाली (सुबिन)ले बामपन्थी गठबन्धनलाई आफ्नो समूहको सर्मथन रहेको र चुनावमा सहयोग गर्ने बताउनुभयो ।

नेकपा माओवादी केन्द्र म्याग्दीका संयोजक गोविन्द पौडेलको अध्यक्षता, एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठको सञ्चालन र उपाध्यक्ष देवेन्द्र केसीको स्वागतमा सम्पन्न भेलामा सहभागी एमाले र माओवादी नेता कार्यकर्ताहरुले एकताको भावना सहित सहकार्य गरेर चुनाव प्रचारमा जुट्ने र गठबन्धनलाई जिताउने घोषणा गरेका छन् ।