Breaking News
बेनी जोमसोम कोरला सडकको काम धमाधम

विकल्प न्यूज/बेनी बैशाख १८ गते । सरकारले मुस्ताङ स्थित कोरला नाका सञ्चालनका लागि पूर्वाधार निर्माण, सुरक्षा तथा प्रशासनीक तयारीका साथै कुटनीतिक पहल थालेको छ । प्रदेश ४ को “लाईफ लाईन” मानिएको ४३५ किलोमिटर दुरीको त्रिवेणी–कोरला जोड्ने कालीगण्डकी कोरीडोर सडक योजनाले तिब्रता पाएपछि ब्यापारिक तथा पर्यटकीय महत्वको कोरला नाका सञ्चालन हुने आशा जागेको छ । कोरिडोर […]
भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणको क्रममा मुक्तीनाथको दर्शन गर्न आउने

विकल्प न्यूज/बेनी बैशाख १८ गते । भारतिय प्रधानमन्त्री दुइदिने नेपाल भ्रमणको शिलशिलामा प्रशिद्ध धार्मिक स्थल मुक्तीनाथको दर्शन गर्नुहुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी बैशाख २८ गते नेपाल आउने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणका क्रममा काठमाडौं नभई जनकपुरमा उत्रने भएका छन् । त्यहाँ उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्ने तयारी […]
सरकारी अनुदानमा नक्कली भूकम्प पीडितको रजाई

सन्तोष गौतम/विकल्प न्यूज बैशाख १७ गते । बेनी / तिन वर्षअघिको भूकम्पबाट पीडित भएकाको नाममा म्याग्दीमा सरकारी अनुदान दुरुपयोगको जोखिम देखिएको छ । नक्कली भूकम्प पीडित बनेर सरकारी अनुदान लिएर राज्यकोषको दोहन गर्ने जोखिम देखिएको हो । सरकारी निकाय र प्राबिधिक समेतको मिलेमतोमा नक्कली भूकम्प पीडितलाई अनुदान वितरण गरिएको भन्दै अख्तियार अनुसन्धान आयोगमा उजुरी परेको […]
धर्मको पहिलो वैज्ञानिक गौतम बुद्ध, २५६२ औं बुद्धजयन्ती आज

१७ वैशाख, काठमाडौं । आज वैशाख शुक्ल पूणिर्माको दिन अर्थात् बुद्ध जयन्ती । आजको दिन बुद्ध जन्मिएका थिए । आजकै दिन उनले ज्ञान प्राप्त गरेका थिए भने महापरिनिर्वाण पनि आजकै दिन प्राप्त गरेका थिए । बुद्ध शव्दको अर्थ जागेको व्यक्ति भन्ने हुन्छ । बुद्ध पूर्ण रूपमा सांसारिक मोहको पीडावाट जागेका एक महान् व्यक्तित्व, गुरु, दार्शनिक, शिक्षक, पथप्रदर्शक […]
महभिर–घराम्दी–पेरीभारानी सडकको भब्य उद्घाटन (फोटोफिचर)

सन्तोष गौतम /विकल्प न्यूज घराम्दी १५ बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ घराम्दीमा स्थानीय बासिन्दाले एक करोड रुपैयाँ भन्दा बढी चन्दा जुटाएर निर्माण गरेको सडकको शनिबार उद्घाटन गरिएको छ । महभिर घराम्दी पेरीभारानी सडक उपभोक्ता समितिले आयोजना गरेको समारोहमा घराम्दी घर भई हाल बेलायत निवासी बरिष्ठ चन्दादाता होमबहादुर फगामी र ९४ वर्षिया जेष्ठ नागरिक तिलीसरा […]
आज देखि जलजलाको कार्यालय लामाखेतमा

सन्तोष गौतम /विकल्प न्यूज बेनी १४ बैशाख । पर्वतको जलजला गाउँपालिकाको कार्यालय ४ नम्बर वडाको लामाखेतमा स्थानान्तरण भएको छ । दुई तिहाई बहुमतबाट गाउँसभाले गरेको निर्णय, संघीय सरकारको मन्त्रिपरिषद्को निर्णय र राजपत्रमा प्रकाशन भएको सूचना अनुसार स्थाई केन्द्र लामाखेतमा कार्यालय स्थापना भएको हो । यसअघि ३ नम्बर वडामा पर्ने अस्थाई केन्द्र साविक माझफाँट गाविसको भवनबाट […]
मोटरेबल पुल बनाउन ढिलासुस्ती

विकल्प न्यूज/बेनी बैशाख १३ गते । दुखुखोला र स्वाँता खोलामा सञ्चालीत मोटरेबल पुल निर्माण योजनामा ढिलाई भएको छ । जिल्ला प्राबिधिक कार्यालयद्धारा सञ्चालित दुवै आयोजना सम्पन्न गर्ने लक्षीत अवधिसम्म आधा समेत काम भएको छैन् । निर्माण व्यवसायीको ढिलासुस्ती, भौगोलिक बिकटता र प्राबिधिक कमजोरीका कारण पुल निर्माणमा ढिलाई भएको हो । बेनी–दरवाङ सडक अन्तरगत मालीका र […]
खुल्यो करबाकेली पदमार्ग

सुरेन्द्र राना/म्याग्दी बैशाख १३ गते । संसारमै प्रख्यात अन्नपूर्ण क्षेत्रमा पर्ने म्याग्दीको पुनहिलमा बर्सेनी हजारौं पर्यटक पुग्छन् । त्यसको बेस क्याम्प घोडेपानीमा राम्रो चहलपहल हुन्छ । तर त्यही पुनहिलको दक्षिणी बेस क्याम्प फूलबारीमा भने कमै पर्यटक पुग्छन् । त्यसैले फूलबारी सहित समग्र करबाकेली क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन भर्खरै नयाँ पदमार्ग करबाकेली पदमार्ग एक्सप्लोर […]
आफ्नै पालिकामा पुग्न ईन्डिया गए जस्तो भयो– राम्चेबासी

विकल्प न्यूज/बेनी बैशाख ११ गते । अन्नपूर्ण गाउँपालिका ८ राम्चेका बासिन्दाहरु गाउँपालिकाको केन्द्रमा पुगेर सेवा लिनका लागि कम्तीमा तिन दिन समय बिताउनुपर्ने बाध्यता छ । यातायात र सडकको सहज सुबिधा नहुँदा ६ नम्बर वडामा पर्ने पोखरेबगरमा रहेको गाउँपालिको कार्यालयमा पुगेर सेवा लिन स्थानीयबासीलाई सास्ती भएको हो । पर्वतको जलजला देखि सदरमुकाम बेनी झरेर पुन रघुगंगा […]
बिकट राम्चेभित्र सम्भावना लुकेको छ

विकल्प न्यूज/बेनी बैशाख १० गते । राम्चेमा दोस्रो कार्यकालको लागि जनप्रतिनिधिको हैसीयतमा काम गर्दैछु । यसअघि वि.स २०५४ मा तत्कालीन राम्चे गाविसको उपाध्यक्षमा निर्वाचित भएर काम गरेको थिएँ । भुगोल एउटै भएपनि त्यसबेलाको गाविस र अहिलेको वडाको काम, कर्तब्य र अधिकारमा आकाश जमिनको फरक छ । नयाँ संरचना भएकाले एक वर्षको अवधि ऐन, कानुन, बिधी, […]
बेगमा विदेशबाट बिप्रेषणसंगै विकास भित्रीयो

सन्तोष गौतम/विकल्प न्यूज बैशाख ९ गते । रोजगारी, पेशा, व्यवसाय र अध्ययनका लागि विदेशीएका रघुगंगा गाउँपालिका १ बेगका बासिन्दाहरुले गाउँमा करोडौको विकास भित्र्याएका छन् । देशमा रोजगारीको अवसर नहुँदा बाध्यताले विदेशीएका बेगखोलाका बासिन्दाले घरमा रेमिट्यान्सको अलावा गाउँमा विकासका पूर्वाधार भित्र्याएका हुन् । प्रवासीहरुको पहलमा बेगमा करोडौ लगानीमा सडक, विद्यालय भवन, खेलमैदान, सामुदायिक भवन निर्माण भएको […]
पहिचान “पुनहिल”को

विकल्प न्यूज/बेनी बैशाख ९ गते । अन्नपूर्ण गाउँपालिका ६ मा अवस्थित घोडेपानी “पुनहिल” क्षेत्र म्याग्दीको पर्यटन विकासको प्रमुख आधार बनेको छ । म्याग्दी भ्रमणमा आउने ९० प्रतिशतले भ्रमण गर्ने घोडेपानी पुनहिल क्षेत्र म्याग्दीको पर्यटन क्षेत्रमा गहना बनेको छ । समुन्द्रि सतहदेखि तिन हजार २१० मिटरको उचाईमा चारैतिरबाट गुराँसे जंगलले घेरीएको पहाडको टाकुरामा रहेको पुनहिलबाट अन्नपूर्ण, […]
कालीगण्डकीको अवैध दोहनलाई जनप्रतिनिधिको संरक्षण

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ५ बैशाख । बेनी नगरपालिका १ आनन्दबगरमा बस्ती संरक्षणको बाहनामा सम्बन्धित निकायको अनुमती बिना नदीजन्य बस्तु चोरी निकासी रोकीएको छैन् । जनप्रतिनिधिकै आडमा नदी किनारबाट अवैध रुपमा नदीजन्य पदार्थ निकालिएको छ । जिल्ला समन्वय समितिसंग सम्झौता गरेर नदीजन्य पदार्थको उत्खनन् गर्न पाइने नीतिगत ब्यवस्था विपरीत स्थानीय सेभेनस्टार युवा क्लबका पदाधीकारीले बस्ती […]
नेपालकै लामो झोलुङ्गे पुल बेगमा पर्यटकको भीड (भिडियो)

विकल्प न्यूज/बेनी बैशाख २ गते । हालै मात्र निर्माण सम्पन्न भएको म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्नका लागि निर्माण गरिएको ३ सय ६५ दशमल ८० मिटर झोलुङ्गे पुल । यो पुललाई नेपालकै लामो झोलुङ्गे पुल भनेर दावी गरिएको छ । पुल निर्माण भएपछि बेग र बाँदुकका सर्वसाधरणलाई आवतजावत गर्न सहज भएको छ । […]
महादेव मावि बेगको स्वर्ण जयन्ती समारोह सुरु

सन्तोष गौतम/विकल्प न्यूज बेग १ बैशाख ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले बलत्कारीलाई सर्वस्व सहित जन्मकैद गर्ने कानुनी ब्यवस्था गर्ने तयारी भएको बताउनु भएको छ । रघुगंगा गाउँपालिका १ बेगको महादेव माविको स्वर्ण जयन्ती समारोहको उद्घाटन तथा शिलन्यास कार्यक्रममा सहभागी भएपछि सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै मन्त्री थापाले बलात्कार नियन्त्रणका लागि कडा कानुनी ब्यवस्था गर्न […]