मोटरेबल पुल बनाउन ढिलासुस्ती

विकल्प न्यूज/बेनी
बैशाख १३ गते । Motarable Bridge Nirman Ma Dhilaiदुखुखोला र स्वाँता खोलामा सञ्चालीत मोटरेबल पुल निर्माण योजनामा ढिलाई भएको छ । जिल्ला प्राबिधिक कार्यालयद्धारा सञ्चालित दुवै आयोजना सम्पन्न गर्ने लक्षीत अवधिसम्म आधा समेत काम भएको छैन् । निर्माण व्यवसायीको ढिलासुस्ती, भौगोलिक बिकटता र प्राबिधिक कमजोरीका कारण पुल निर्माणमा ढिलाई भएको हो ।

बेनी–दरवाङ सडक अन्तरगत मालीका र मंगला गाउँपालीकाको सिमाना दुखु खोलामा २२ मिटर लामो मोटेरेबल पुल निर्माणका लागि २०७३ साउन ९ गते स्वच्छन्द गौचन जेभी पोखरासंग दुई करोड २५ लाख ६० हजार ८२३ रुपैयामा ठेक्का सम्झौता भएको थियो ।

२०७४ कात्तिक ८ गते सम्म सम्पन्न गर्ने सम्झौता भएको पुलको हालसम्म दरवाङतर्फको पिल्लर उठाउने र वरपर पर्खाल लगाउने काम मात्र भएको मालीका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो ।

सहश्रधारातर्फ जग खन्ने क्रममा डिजाईन अनुसार बलीयो आधार फेला नपरेपछि कसरी काम अघि बढाउने भन्नेमा अलमल परेको निर्माण कम्पनीको प्रतिनिधिले बताएका छन् । वि.स २०६७ मा सो स्थानमा मोटरेबल पुल निर्माण सुरु भएपनि डिजाईन गलत भएपछि रोकीएको थियो ।
पुरानो ठेक्का रद्द र पून सर्वेक्षण गरेर पुल निर्माण सुरु गरिएको थियो ।

अन्नपूर्ण गाउँपालिका ५ शिखदेखि स्वात किन्दु जोड्ने सडक अन्तरगत पर्ने स्वाँता खोलाको मोटरेबल पुल निर्माण योजनाको अवस्था समेत उस्तै छ । २०७४ पुष ६ गते सम्पन्न गर्ने लक्ष्य सहित विंस २०७३ असोज ६ गते पोखराको स्वच्छन्द गौचन जेभीले दुई करोड २५ लाख रुपैयामा ठेक्का सम्झौता गरेको पुलको दुईतर्फ जग बनाएर ढलानको तयारी भएको छ ।

३० मिटर लम्बाई रहने आर्क प्रबिधिको स्वाँता पुलको ढलानको तयारी भएको र दुखुखोला पुलको प्राबिधिक समस्या समाधान गरेर काम अघि बढेको जिल्ला प्राबिधिक कार्यालयका ईञ्जिनियर रवीन मर्हजनले बताउनुभयो ।

मोटरेबल पुल बनाउन पुरानो झोलुङ्गे पुल भत्काइएकाले स्थानीयबासी र विद्यार्थीलाई आवत जावतमा समस्या भएको छ । दुखु खोलामा मोटरेबल पुल नहुँदा पश्चिमी क्षेत्रका बस्तीलाई सदरमुकाम बेनीसंग जोड्ने बेनी–दरवाङ सडकमा बर्खा याममा यातायात आवागमन प्रभावीत बन्ने गरेको छ ।

दुई वटै योजनाको ठेक्का सम्झौताको म्याद थप गरेर निर्माण कार्यलाई तिब्रता दिन निर्माण ब्यवसायीलाई ताकेता गरिएको प्राबिधिक कार्यालयले जनाएको छ ।