धर्मको पहिलो वैज्ञानिक गौतम बुद्ध, २५६२ औं बुद्धजयन्ती आज

१७ वैशाख, काठमाडौं ।

Budda Bihar ko Photoआज वैशाख शुक्ल पूणिर्माको दिन अर्थात् बुद्ध जयन्ती । आजको दिन बुद्ध जन्मिएका थिए । आजकै दिन उनले ज्ञान प्राप्त गरेका थिए भने महापरिनिर्वाण पनि आजकै दिन प्राप्त गरेका थिए ।

बुद्ध शव्दको अर्थ जागेको व्यक्ति भन्ने हुन्छ । बुद्ध पूर्ण रूपमा सांसारिक मोहको पीडावाट जागेका एक महान् व्यक्तित्व, गुरु, दार्शनिक, शिक्षक, पथप्रदर्शक एवं धर्मप्रवर्तक हुन् । यस्ता महान् गुरु जसले आˆना प्रवचनमा भगवान्ले संसार सिर्जना गरेका भन्ने कुरा भन्दा पनि संसारमा धर्म र नियमको पहिचान गर्दै मान्छेलाई सांसारिक मोह र तनाववाट व्युँझाउन सहयोग गरे । बुद्धको धर्म वैज्ञानिक धर्म हो ।

बुद्धको जन्म ईशापूर्व ५४३ मा अहिलेको नेपालको कपिलवस्तु जिल्लामा सालको रुखहरू भएको वगैँचामा भएको थियो । बुद्धको वास्तविक नाम सिद्धार्थ गौतम हो । उनी शाक्यवंशीय राजा शुद्धोधन तथा रानी मायादेवीका सुपुत्र हुन् । उनले जन्मनासाथ उत्तर तर्फ ७ कदम हिँडेर औलालाई हावातर्फ देखाएका थिए भन्ने किंवदन्ती पाइन्छ ।  जन्मनासाथ पोखरीमा स्नान गराइएका यिनले नुहाएको पोखरीलाई सिद्धार्थ कुण्ड भनिन्छ । यसरी अलौकिक जन्म भएका राजकुमार सिद्धार्थ गौतमकी आमा मायादेवीले भने उनी जन्मेको ७ दिनमै संसार छाडेकी थिइन् । राजकुमार सिद्धार्थ गौतमको विवाह १६ वर्षको उमेरमा यशोधरासँग भएको थियो । सिद्धार्थ २९ वर्षको उमेरमा सम्पूर्ण सुखसयल छोडेर ज्ञानको खोजीमा निस्केका हुन् ।

सिद्धार्थले रोगी, वृद्ध तथा मरेको मानिस देखेपछि संसारलाई दुःखमय जाने । त्यही दुःखमुक्तिको उपाय  खोज्न उनले परिवार तथा राजसी सुखसयल त्याग गरे । उनलाई मानव जीवनमा आइपर्ने पीडा एवं दुःख निवारण गर्ने ज्ञानको खोजी थियो । वषौर्ंको तपस्यापछि उनी बुद्धत्व प्राप्त गर्न सफल भए । उनले प्राप्त गरेको दर्शन र ज्ञान नै बुद्धत्व हो । budhhaअहिले वुद्ध धर्म र उपदेश मान्ने अनुयायीहरू नेपाल सहित भारत, चीन, श्रीलंका, बर्मा, थाइल्यान्ड, लाओस, क्याम्बोडिया, भियतनाम, भुटान, जापान, मंगोलिया, कोरिया आदि देशमा फैलिएका छन् । संसारभरि फैलिएको बुद्ध दर्शनको उद्गम विन्दु नेपालमा भएकाले नेपाललाई शान्तिको देश पनि भनिन्छ ।

बुद्ध धर्मको मूल ग्रन्थ त्रिपिटक हो । यो ग्रन्थ भगवान बुद्धको महापरिनिर्वाण पश्चात उहाँका शिष्यहरूले उहाँका उपदेशहरुलाई सूत्रबद्ध गर्ने क्रममा निर्माण भएको ग्रन्थ हो । यस ग्रन्थमा उपदेशहरूलाई सूत्र -पालिभाषामा सुत्त)को रूपमा राखिएका छन् । सूत्रहरूको संकलनलाई वर्ग -पालिमा वग्ग) र कुनै वग्गहरूलाई निकायमा -सुत्तपिटकमा) वा निकाय जस्तै प्रकारका खण्डहरूमा संगृहीत गरिएका छन् । यी निकायहरूलाई संकलन गरी तीन पिटक -शाब्दिक अर्थमा टोकरी वा डोको) बनाइएका छन् । यी तीन पिटकको संग्रहलाई त्रिपिटक भनिन्छ ।

बुद्धका सबै शिक्षा र उपदेशहरूको संग्रह हो त्रिपिटक । त्रिपिटकमा वुद्धका ३२ भौतिक गुणहरूको सविस्तार वर्णन छ । त्यहाँ वुद्धका ८२ हजार र उनका प्रमुख शिष्यहरूका २ हजार गरी ८४ हजार ज्ञानसूत्र संगृहीत छन् । बुद्धको मुख्य दार्शनिक सिद्धान्त प्रतित्य-समुत्पाद हो । प्रतीत्य समुत्पादको सिद्धान्त भन्दछ- कुनै पनि घटना केवल दोस्रो घटनाहरूका कारण नैं एक जटिल कारण-परिणामका जालमा विद्यमान हुन्छ । प्राणीहरूको लागि, यसको अर्थ छ- कर्म र विपाक (कर्मका परिणाम)का अनुसार संसारको चक्र छैन । किनभने सबै केही अनित्य र अनात्म (विना आत्माको) हुन्छ, कुनै पनि कुरा सच्चाइमा विद्यमान छैन । हरेक घटना मूलतः शून्य हुन्छन् । परन्तु मानिसमा ज्ञानको शक्ति छ, उनीहरूले तृष्णालाई दुःखको कारण भन्ने जानी त्यसलाई त्यागेर, तृष्णामा नष्ट भएको शक्तिलाई ज्ञान र ध्यानमा बदलेर, निर्वाण पाउन सक्छन् । यसरी अनित्य, दुःख र अनात्मलाई बुद्धका आधारभूत सिद्धान्त मानिन्छ । DSC02789गौतम बुद्धलाई हिन्दू धर्मावलम्बीहरूले भगवान विष्णुका दश अवतारहरूमध्ये एक अवतार मान्दछन् । गौतम बुद्धलाई एसियाका तारा पनि भनिन्छ ।

बौद्ध धर्ममा पञ्चशील

बौद्ध धर्ममा पञ्चशीलको ज्यादै ठूलो महत्व छ । यो बुद्ध धर्मको आधारभूत पाँच शीलहरुको संग्रह हो । पञ्चशीललाई बुद्ध धर्ममा प्रवेश गर्ने मूलद्वार मानिन्छ । यस अनुसार बुद्धको मार्गमा हिंड्नका लागि प्राणीहिंसा नगर्ने, रक्सी वा मद्यपान नगर्ने, चोरी नगर्ने वा कसैले नदिएको नलिने, झुठो कुरा नबोल्ने र आˆनो पतिपत्नी बाहेक अरूसँग नलाग्ने (भिक्षुहरूले चाहिँ कोहीसंग पनि व्यभिचार नगर्ने) प्रण गरिन्छ । पञ्चशीलको चाखलाग्दो र अनौठो कुरा के छ भने यस पाठमा कुनै पनि ठाउँमा आˆनो पुरानो धर्म त्याग्ने वा अरू धर्म छोड्ने विधि लेखिएको छैन । यी नियमहरू पालना नगरेमा ईश्वर वा कुनै भौतिक शक्तिद्वारा दण्डित हुनुपर्ने वा नर्कमा जाने पनि उल्लेख गरिएको छैन । धर्म पालना नितान्त व्यक्तिगत रूपमा छोडिएको छ ।

गौतम बुद्धको अन्त्यपछि, बौद्ध धर्मका थुप्रै सम्प्रदाय खडा भइसकेका छन्, तर यी सबैका केही सिद्धान्त मिल्छन् ।

चार आर्य सत्य

१. दुःख : संसारमा दुःख छ । जन्ममा, बूढो हुनेमा, रोगमा, मृत्युमा, पि्रयतमभन्दा टाढा हुनुमा, मन नपर्ने चीजहरू सहितमा, चाहिएकोलाई नपाउनुमा, सबैमा दुःख छ ।

२. दुःख प्रारम्भ: दुःखको कारण छ । तृष्णा या चाहनाले दुःख जन्माउँछन् ।

३. दुःख निरोध: तृष्णाबाट मुक्ति पाए दुःखबाट मुक्ति मिल्नसक्छ ।

४. दुःख निरोधको मार्ग : तृष्णाबाट मुक्ति । आर्य अष्टांग मार्गअनुसारको जीवनशैलीले दुःखबाट    छुटकारा दिलाउँछ ।

बुद्धको पहिले धर्मोपदेश, जुन उनले आˆनो साथका रहेका भिक्षुहरूलाई दिएका थिए, यी चार आर्य सत्यहरूका बारेमा थिए ।

आर्य अष्टांग मार्ग

बौद्ध धर्मका अनुसार चौथो आर्य सत्यको आर्य अष्टांग मार्ग हो दुःख निरोधको बाटो । गौतम बुद्ध भन्थे- चार आर्य सत्यको सत्यताको निश्चय गर्नको लागि यस मार्गको अनुसरण गर्नुपर्छ :

१. सम्यक दृष्टि : चार आर्य सत्यमा विश्वास गर्न

२. सम्यक संकल्प : मानसिक र नैतिक विकासको प्रतिज्ञा गर्न

३. सम्यक वाक् : हानिकारक कुरा नगर्न र झूटो नबोल्न

४. सम्यक कर्म : हानिकारक कर्महरू नगर्न

५. सम्यक जीविका : कुनै पनि स्पष्टतः या अस्पष्टतः हानिकारक व्यापार नगर्न

६. सम्यक प्रयास: आफूलाई  सुधार्ने कोसिस गर्न

७. सम्यक स्मृति : स्पष्ट ज्ञानबाट देख्ने मानसिक योग्यता पाउने कोसिस गर्न

८. सम्यक समाधि : निर्वाण पाउन

आर्य अष्टांग मार्गलाई पथको तरिका पनि भनिन्छ जसमार्फत अघि बढ्न पछिल्लो स्तरलाई पाउनु आवश्यक छ । मार्गलाई तीन भागमा वर्गीकृत गरिन्छः प्रज्ञा, शील र समाधि ।

बोधि

गौतम बुद्धबाट पाएको ज्ञानलाई बोधि भनिन्छ । बोधिपश्चात् संसारबाट छुटकारा पाइन्छ । सारा पारमिताहरू (पूर्णताहरू)को निष्पत्ति, चार आर्य सत्यहरूको सारा सोच र कर्मका निरोधबाट नै बोधिसम्म पुग्न सकिन्छ । त्यस समय, लोभ, दोष, मोह, अविद्या, तृष्णा र आत्मामाथिकको विश्वास सबै हराउँछन् । बोधिका तीन स्तर हुन्छन् ः श्रावकबोधि, प्रत्येकबोधि र सम्यकसंबोधि ।

सम्यक संबोधि बौध धर्मको सबैभन्दा उन्नत आदर्श मानिन्छ ।

त्रिरत्न

बुद्ध, संघ, धर्म

चार मुख्य बौद्ध स्थल

लुम्बिनी, बोधगया, सारनाथ र कुशीनगर ।

चार अन्य स्थल

श्रावस्ती, राजगृह, सनकिस्सा, वैशाली

अन्य स्थल

पटना, गया, कौशाम्बी, मथुरा, कपिलवस्तु, देवदह, केसरिया, पावा, नालंदा, वाराणसी

बौद्ध दर्शन

क्षणिकवाद

यो संसारमा सबै क्षणिक छ र नश्वर छ । केही पनि स्थायी छैन तर वैदिक मतबाट विरोध छ ।

अनात्मवाद

आत्मा नामको कुनै स्थायी चीज छैन । जसलाई मानिसहरू आत्मा समन्छन् त्यो चेतनाको अविच्छिन्न प्रवाह हो ।

अनीश्वरवाद

बुद्धको धर्मको उद्देश्य दुःखबाट मुक्ति पाउने हो । यो धर्म ईश्वरको अस्तित्वको बारेमा मौन छ । ईश्वर भएनभएको तथा संसार कसले बनाए भन्ने विषयमा विवेचना गर्नाले मानिस लगायत सबै प्राणीका दुःख नघट्ने धारणा यो धर्ममा रहेको छ ।

शून्यवाद

शून्यता महायान बौद्ध सम्प्रदायको प्रमुख दर्शन हो ।

संघ

बुद्ध धर्ममा संघको ठूलो महत्व छ । यो त्रिरत्नमध्ये एक हो । संघका नियमहरु विनयपिटकमा संगृहीत छन् । अंगुत्तरनिकायको कलमसुत्तमा बुद्धले आफ्नो अनुभव अनुसार धर्म पालना गर्ने स्वतन्त्रता दिएका तथा बुद्धले धर्मका सानातिना नियमहरू परिवर्तन गर्न सकिने उपदेश दिएका हुनाले बुद्धको महापरिनिर्वाण पश्चात बुद्ध धर्ममा विभिन्न प्रकारका संघ स्थापित भए । यस्ता संघ तथा संघका शाखाहरूमा विनयपिटकका नियमको पालना, स्थानीय सांस्कृतिक प्रभाव तथा धर्मको निश्चित पक्षमा बढी केन्दीत हुने आदि विषयमा फरक मत छन् ।

संघमा नै आश्रति नभईकन बुद्ध धर्मलाई आध्यात्मिक रूपमा पालना गर्ने परम्परा पनि देखिन्छ । ऐतिहासिक कालमा विभिन्न निकाय तथा संघ रहे तापनि वर्तमानमा प्रायः संघ तीन महासंघको प्रभाव पाइन्छ । यी संघ थेरवाद, महायान र बज्रयान हुन् । थेरवादलाई केहीले हीनयान पनि भन्ने गर्दछन् तर हीनयान वर्तमान समयमा अस्तित्वमा नरहेको बुद्ध धर्मको इकाइ हो भने थेरवाद बुद्ध धर्मका तीन मुख्य संघमध्ये एक हो ।

बुद्धका बारेमा ओशोको विचार

प्रसिद्ध आध्यात्मिक गुरु ओशोले बुद्ध धर्मका विषयमा भनेको कुरा निकै प्रासंगिक छ । ओशोका विचारमा गौतम बुद्ध धर्मको पहिलो वैज्ञानिक हुन् । ओशो भन्छन्-

गौतम बुद्ध यस्ता छन् जस्तो हिमाच्छादित हिमालय । पर्वत त थुप्रै छन्, हिमाच्छादित पर्वत पनि थुप्रै छन् तर हिमालय अतुलनीय छ । हिमालय हिमालयजस्तै छ । उपमारहित । बुद्ध केवल बुद्धजस्ता छन् । मानव जातिको इतिहासमा त्यति महिमापूर्ण नाम दोस्रो छैन । गौतम बुद्धले जति हृदयमा प्रभाव पारे, जतिलाई बुद्धत्व प्राप्तिमा सघाए, जति उनका कारण जागृत भए त्यति अरू कसैले छैनन्, अरू कुने माध्यमबाट छैनन् । किनभने बुद्धले विश्लेषण दिए, एनालाइसिस दिए । र, जति सूक्ष्म विश्लेषण बुद्धले गरेका थिए त्यति कसैले गरेका थिएनन् र पछि पनि कसैले गर्न सकेनन् ।

बुद्धले जीवनको समस्याको उत्तर शास्त्रबाट दिएनन्, विश्लेषणको प्रक्रियाबाट दिए । बुद्ध धर्मको पहिलो वैज्ञानिक हुन् । उनको साथ लाग्न श्रद्धा र आस्था आवश्यक छैन, समझ पर्याप्त छ । तिमी उनलाई बुझ्न राजी भयौ भने बुद्धको डुंगामा सवार भइहाल्छौ । केही गरी श्रद्धा आइहाल्यो भने त्यो श्रद्धाको छायामात्र हुन्छ । तर बुद्ध समझभन्दा पहिले श्रद्धाको माग गर्दैनन् । बुद्ध भन्दैनन्- म जे भन्छु त्यसैमा विश्वास गर ।

बुद्ध भन्छन्- सोच, विचार गर, विश्लेषण गर, खोज, आफ्नै अनुभवले हासिल गर, अनि मात्र विश्वास गर । संसारका सबै धर्मले पहिले विश्वासमा जोड दिएका छन्, विश्वासको माग गर्छन् । केवल बुद्ध यसका अपवाद हुन् । संसारका सबै धर्ममा श्रद्धा प्राथमिक कुरा हा अनि मात्र धर्ममा पाइला चाल्न सकिन्छ । बुद्धले भने, अनुभव प्राथमिक हो, श्रद्धा आनुसंगिक । अनुभव भयो भने श्रद्धा पनि हुन्छ । यसैले बुद्ध भन्छन्- आस्था आवश्यक छैन । अनुभवसँग आफैं आउँछ, तिमीले ल्याइरहनु पर्दैन । अनि तिमीले ल्याएको आस्थाको मूल्य पनि के नै हुन्छ र ? तिमीले ल्याएको आस्थाभित्र पनि लुकेको हुनसक्छ तिम्रो सन्देह ।

तिमीले विश्वासलाई अँगाल्यौ भने पनि त्यसका पछाडि अविश्वास उभिएको हुन्छ । तिमीले जतिसुकै दृढतापूर्वक विश्वास गर्न चाहे पनि तिम्रो विश्वास कमजोर नै कुन्छ, कामिरहेकै हुन्छ । र जुन कुरा तिम्रो अनुभवमा खारिएको छैन त्यसलाई तिमीले चाहेर पनि कसरी मान्न सक्छौ र ? मान्यौ भने पनि, कसरी मान्न सक्छौ ? तिम्रो ईश्वर खोक्रो शब्दजाल हुन्छ, जबसम्म अनुभवको किरणले स्वर्श गरेको हुँदैन । तिम्रो मोक्षको धारणा केवल शाब्दिक हुन्छ, जबसम्म मुक्तिको धोरै मात्र पनि स्वाद चाखेका हुँदैनौ ।

बुद्ध भन्छन्- ममाथि विश्वास नगर । मैले जे भन्छु त्यसमाथि यसकारण विश्वास नगर कि त्यो मैले भनेको हुँ । पहिले सोच, विचार गर, बाँच । तिम्रो अनुभवको कसौटीमा उचित ठहरियो भने मात्र त्यो उचित हो । मैले भन्दैमा मात्र ठीक हुन्छ, उचित हुन्छ !

बुद्धको अन्तिम वचन छ -‘अप्प दीपो भवः ।’ आप\mनो प्रकाश आफैं बन । किनभने तिमी मेरो प्रकाशमा प्रकाशित भयौ भने पनि त्यो केही बेरका लागि मात्र हुन्छ, हाम्रो बाटो अलग भइहाल्छ । मेरो प्रकाश मसँगै हुन्छ, तिम्रो अँध्यारो तिमीसँगै हुन्छ । आफ्नै प्रकाश पैदा गर । आफैं प्रकाश बन । बुद्धको धम्मपद, कसरी प्रकाश पैदा हुनसक्छ त्यो अनुभवको विश्लेषण हो । श्रद्धाको, विश्वासको कुनै माग छैन । श्रद्धा, विश्वास आवश्यक पनि छैन । onlinekhabar.com