महादेव मावि बेगको स्वर्ण जयन्ती समारोह सुरु

सन्तोष गौतम/विकल्प न्यूज
बेग १ बैशाख ।DSC_1072महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले बलत्कारीलाई सर्वस्व सहित जन्मकैद गर्ने कानुनी ब्यवस्था गर्ने तयारी भएको बताउनु भएको छ ।

रघुगंगा गाउँपालिका १ बेगको महादेव माविको स्वर्ण जयन्ती समारोहको उद्घाटन तथा शिलन्यास कार्यक्रममा सहभागी भएपछि सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै मन्त्री थापाले बलात्कार नियन्त्रणका लागि कडा कानुनी ब्यवस्था गर्न लागिएको बताउनुभयो ।

मन्त्रि थापाले नयाँ कानुनी ब्यवस्थाका लागि मन्त्रालयले प्रक्रिया अघि बढाएको बताउँदै महिला, बालबालीका, जेष्ठ नागरीकहरुको सुरक्षा र अधिकारप्रती सरकार संवेदनशिल रहेको बताउनुभयो । उहाँले म्याग्दीको विकासमा प्रवासीहरुको महत्वपूर्ण भुमिका रहेको उल्लेख गर्दै सरकारले प्रोत्साहन गर्ने बताउनुभयो ।

कार्यक्रममा एनआरएनए बेलायतका अध्यक्ष समेत रहनुभएका बेगखोला कल्याणकारी समाजका अध्यक्ष योगकुमार फगामीले रोजगारी, पेशा, ब्यवसाय र अध्ययनका लागि बाध्यताले बिदेशी भुमिमा पुगेका बेगखोलाबासीहरुले आफ्नो गाउँको शिक्षा, सडक, खेलकुद क्षेत्रको विकासका लागि तिन करोड रुपैया भन्दा बढी सहयोग भित्र्याएको बताउनुभयो । DSC_1080उहाँले रोजगारी सिर्जनाका लागि लगानीको वातावरण बनाउन र दुर्गम क्षेत्रको विकासमा प्राथमिकता दिन मन्त्री थापाको ध्यानाकर्षण गराउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले समुदाय र प्रवासीको योगदानले बेगखोलाको विकासले गति लिएको बताउँदै त्यसलाई सरकारी निकायले साथ दिने बताउनुभयो ।

नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजा र भबबहादुर भण्डारीले राज्यले गर्नुपर्ने काम बेगखोलाबासी आफैले गरेर विकासमा जनसहभागीताको नमुना प्रर्दशन गरेको बताउनुभयो । DSC_1071विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरसिङ पुनको अध्यक्षता, शिक्षक हरि सुवेदी र घनकुमार फगामीको सञ्चालन तथा प्रअ धनबहादुर फगामी (बिनोद)को स्वागत मन्तब्यमा कार्यक्रममा वडा अध्यक्ष बिलबहादुर फगामी, स्रोत व्यक्ति दुतबहादुर गर्बुजा, बेगखोला युवा कल्वका सचिव खिम फगामी, व्यवस्थापन समितिका पूर्व अध्यक्ष नरबहादुर तिलीजा, बेगखोला कल्याणकारी समाज युकेका युकुमार गर्बुजा, गिरी शेरपुञ्जा, हङकङका नक्कु गर्बुजाले मन्तब्य व्यक्त गर्नुभएको थियो । DSC_1038सो अवसरमा विद्यालय भवन पुननिर्माण अभियानका लागि स्वदेश तथा बिदेशमा रहेका बेगखोलाबासीहरुबाट हालसम्म एक करोड ३३ लाख रुपैयाँ संकलन भएको जानकारी गराइएको थियो । युकेमा रहनुभएका पदमबहादुर पुर्जाले व्यक्तिगत रुपमा १३ थान ल्यापटप विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो ।

चन्दादाता, व्यवस्थापन समितिका पूर्व अध्यक्ष, पुर्व प्रअहरुलाई सम्मान गरिएको कार्यक्रममा कलाकारहरुले गित तथा नृत्य समेत प्रस्तुत गर्नुभएको थियो । स्वर्ण जयन्ती समारोह आईतबार समापन हुने जनाइएको छ । तस्विहरु ठाकुरप्रसाद आचार्य