पहिचान “पुनहिल”को

विकल्प न्यूज/बेनी
बैशाख ९ गते ।

DSC_0518अन्नपूर्ण गाउँपालिका ६ मा अवस्थित घोडेपानी “पुनहिल” क्षेत्र म्याग्दीको पर्यटन विकासको प्रमुख आधार बनेको छ । म्याग्दी भ्रमणमा आउने ९० प्रतिशतले भ्रमण गर्ने घोडेपानी पुनहिल क्षेत्र म्याग्दीको पर्यटन क्षेत्रमा गहना बनेको छ ।

समुन्द्रि सतहदेखि तिन हजार २१० मिटरको उचाईमा चारैतिरबाट गुराँसे जंगलले घेरीएको पहाडको टाकुरामा रहेको पुनहिलबाट अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरी, धौलागिरि, गुर्जा, मानापाथी लगायतका हिमशृङखला अवलोकन गर्न सकिन्छ । शहरी कोलाहल र प्रदुषित वातावरणदेखि टाढा रहेको पुनहिल पुग्दा उमंगको अनुभव हुने पोखराकी लिला पुन बताउँछिन् ।
बसन्त ऋतुमा पाखाभरी ढकमक्क फुलेका गुराँसे जंगललाई पृष्ठभुमिमा पारेर तस्विर खिच्ने आन्तरीक तथा बाह्य पर्यटकको घुईचोनै लाग्ने गर्छ । नेपालमा पाईने ३२ प्रजातीका मध्य घोडेपानी क्षेत्रको जंगलमा रातो, सेतो, गुलावी लगायत ८ प्रकारका गुराँस पाइने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ ।Turist Photo Captionगुराँसको जंगललाई संरक्षण गरी प्राकृतिक बगैचा बनाई पर्यटक भित्र्याउन सरोकारवालाहरुसंग परामर्श र छलफल सुरु गरेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए । घोडेपानीदेखि एक घण्टाको पैदल दुरीमा उकालो हिँडेपनि पुगिने पुनहिल पहिले सामान्य पहाडको टाकुरा थियो ।

पर्यटक आउने क्रमसंगै घार खिवाङका मेजर टेकबहादुर पुनले २०२१ सालमा सो डाँडोलाई पुनहिल नामाकरण गरेका थिए । पुनहिल भ्रमणमा आउने पर्यटकको सुबिधाका लागि घोडेपानीमा २३ वटा सुबिधासम्पन्न होटल सञ्चालनमा रहेका घोडेपानी होटल ब्यवस्थापन उपसमितिका उपाध्यक्ष शुशिल पुनले बताए । Ghodapani Billage Photoउपाध्यक्ष पुनका अनुसार घोडेपानीका होटलमा सहरी क्षेत्रमा जस्तै विभिन्न खानाका परिकार, तातो पानी, सुबिधायुक्त कोठा, ईन्टरनेट लगायतका सुबिधा रहेका छन् । पहाडको टाकुरामा अवस्थित घोडेपानीका अधिकांश होटलका काठाबाटै हिमाल देख्न पाउनु अर्को बिशेषता हो ।
घोडेपानी पुनहिल क्षेत्रको भ्रमणका लागि असोज, कात्तिक, फागुन, चैत र बैशाख महिनामा दैनिक पाँच सय जनाको अनुपातमा बिदेशी भित्र्ने गरेका छन् । पछिल्लो समय पदयात्रामा आउने नेपालीहरुको संख्या पनि बढ्दै गएको छ ।godepani 3घोडेपानी क्षेत्रको पर्यटन विकासका लागि चन्दा र श्रमदान जुटाएर एक करोड रुपैया भन्दा बढीको लगानीमा पदमार्ग, प्रवेशद्धारा, सार्वजनीक शौचालय निर्माण गरेको उपसमितिका सचिव रनबहादुर पुनले बताए । पर्यटकीय नगरी पोखरादेखि नयाँपुल हुदै एकै दिनमा घोडेपानी पुग्न सकिन्छ ।

यसैगरी कास्कीको घान्द्रुक, म्याग्दीको भुरुङ तातोपानी र मोहरेडाडाँ भएर घोडेपानी पुग्न सकिन्छ । वन डढेलो र सडक विस्तारसंगै गुराँसे जंगल मासिनु, सडकका कारण पदमार्ग विस्थापीत हुन घोडेपानी क्षेत्रको पर्यटन विकासका लागि मुख्य चुनौतीको रुपमा देखिएको छ । घोडेपानी, पुनहिल लगायत पुराना पर्यटकीय स्थलको प्रर्वद्धन र नयाँ गन्तब्यमा पर्यटक आगमन बढाउन म्याग्दी उद्योग वाणिज्य संघले वि.स २०७५ लाई म्याग्दी भ्रमण वर्षको रुपमा मनाउने तयारी गरेको अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताए ।
म्याग्दी भ्रमणको निम्तो–
उत्तम कर्माचार्य, अध्यक्ष म्याग्दी उद्योग वाणिज्य संघ

gorepani photo 5म्याग्दी उद्योग वाणिज्य संघको अगुवाईमा पर्यटन प्रवद्र्धनका लागि वि.स २०७५ लाई म्याग्दी भ्रमण वर्षको रुपमा मनाउन लागिएको छ । स्थानीय तह, सरोकारवाला संघ संस्थासंग सहकार्य गरेर बैशाख महिनाभित्र म्याग्दी भ्रमण वर्षको औपचारिक घोषणा गरिने छ । भ्रमण वर्षका सन्दर्भमा पर्यटन संस्कृति तथा नागरिक उड्यान मन्त्री रविन्द्र अधिकारी,महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा र पर्यटन बोड सँग काठमाण्डौंमा छलफल भएको छ । छलफलको क्रममा सवैतिरबाट सकरात्मक सुझावका साथै सहयोग प्राप्त हुने अश्वासन पनि आएको छ । यसबाट हामीहरु उत्साहित छौं । म्याग्दीको पर्यटकीय सम्भावनाको पहिचान, प्रवद्र्धन र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने भ्रमण वर्षको उद्देश्य रहेको छ । म्याग्दीमा घुम्न लायक ऐतिहासिक, साँस्कृतिक, प्राकृतिक र पौराणिक महत्वका धेरै सम्पदा छन् । visit Myagdiतिनको मार्केटीङ गरि स्वदेशी तथा विदेशी पर्यटक लोभ्याउन भ्रमण बर्ष मनाउन लागिएको हो । पोखरामा आउने र मुस्ताङ भ्रमणमा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई म्याग्दीका पर्यटकीय स्थलमा घुम्ने बनाउन विभिन्न प्रवद्र्धनात्मक गतिबिधि गरीनेछ । म्याग्दीमा धौलागिरी, अन्नपूर्ण चक्रिय पदमार्ग, अन्नपूर्ण धौलागिरी सामुदायिक पदमार्ग, गुरिल्ला, धौलागिरी आईसफल, धौलागिरी सेञ्चुरी, पश्चिम धौलागिरी, अन्नपूर्ण आधार शिवीर, तातोपानी कुण्ड, घोडेपानी, पुनहिल, खोप्रा, मोहोरडाँडा, टोड्के, रुईसे, संसारकै गहिरो अन्ध गल्छी लगायत थुप्रै घुम्न लायक पर्यटकीय स्थल रहेका छन् । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई म्याग्दी भ्रमणको निम्तो दिदै म्याग्दीबासी पर्यटकको स्वागतमा आतुर भएको अवगत गराउँदछु ।