Breaking News

बाँकेमा ४७ जनामा कोरोना संक्रमण पुष्टि

५ जेठ, नेपालगञ्ज । बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

बेनी–जोमसोम सडकबाट एम्बुलेन्स कालीगण्डकीमा खस्यो, चालक बेपत्ता ( दुर्घटनास्थलको भिडियो सहित)

विकल्प न्यूज/बेनी जेठ ४ गते ।   बेनी – जोमसोम सडक खण्डको बैसरी नजिक एम्बुलेन्स दुर्घटना हुँदा चालक वेपत्ता हुनुभएको छ । आइतबार दिउसो मुस्ताङको थासाङ गाउँपालिकाबाट सुत्केरी लिन पोखरा हिडेको ग १ झ ३११ नम्बरको एम्बुलेन्स म्याग्दीको रघुगंगा गाउँपालिका–२ रिठाबोट भन्ने ठाउँमा सडकबाट एक सय मिटर तल कालीगण्डकीमा खसेको हो । कालिगण्डकीमा नदीमा एम्बुलेन्स देखिएको […]

बेनी जोमसोम सडक खण्डको वैसरीमा एम्बुलेन्स दुर्घटना

विकल्प न्यूज/बेनी जेठ ४ गते । जेठ ४ गते । बेनी जोमसोम सडक खण्डको बैसरीमा आइतवार दिउसो एम्बुलेन्स दुर्घटना भएको छ । जोमसोमबाट पोखरा जाँदै गरेको ग १ झ ३११ नम्बरको एम्बुलेन्स सडक देखि तल कालिगण्डकीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । उद्धारका लागि प्रहरी निरिक्षक ध्रुव शर्माको टोली घटना घटनास्थलमा पुगेको छ । […]

नेपालमा कोरोनाका कारण पहिलो मृत्यु

विकल्प न्युज/ बेनि जेठ ३ गते ।  नेपालमा पहिलोपटक कोरोनाभाइरसबाट एक सुत्केरी महिलाको मृत्यु भएको छ। सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका, राम्चे घर भएकी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै पुष्टि गरेको हो। धुलिखेल अस्पतालमा पिसिआर टेस्ट गर्दा पोजेटिभ देखिएपछि पुनः परीक्षणको लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो। टेकुमा […]

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पोजिटिभ

विकल्प न्युज/ बेनी जेठ ३ गते । काठमाडौँ — कोरोना संक्रमणको आशंका गरिएकी एक महिलाको बिहीबार राति उपचारको क्रममा धुलिखेल अस्पताल मृत्यु भएपछि अस्पतालमा उच्च सतर्कता अपनाइएको छ । बिहीबार साँझ नै सिन्धुपाल्चोकको बाह्रबिसेबाट स्वासप्रस्वासमा समस्या भएपछि उपचारका लागि उनलाई धुलिखेल अस्पताल ल्याइएको थियो । अस्पताल उच्च स्रोतका अनुसार राति साढे ९ बजे इमर्जेन्सीमा ल्याउँदा […]

रघुगंगा गाउँपालिकाका कर्मचारी र शिक्षकद्धारा कोरोना कोषमा ९ लाख सहयोग

विकल्प न्यूज/बेनी जेठ २ गते ।  म्याग्दीको रघुगंगा गाउँपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरुले गाउँपालिकाले स्थापना गरेको कोरोना रोकथाम कोषमा ९ लाख रुपैयाँ सहयोग गरेका छन् । गाउँपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरुले स्वतस्फुर्त रुपमा एक दिन देखि पाँच दिन सम्मको पारिश्रमिक कोरोना कोषमा जम्मा गरेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । केही दिन अघि गाउँकार्यपालिकाको […]

गण्डकी प्रदेशमा थप १ जनामा कोरोना संक्रमण पुष्टि

विकल्प न्युज/ बेनि जेठ १ गते । नेपालमा थप १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशकाे नवलपुर जिल्लामा एकजनामा काेराेना पुष्टि भएकाे छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या जम्मा २ सय ४६ पुगेको छ । भरतपुरस्थित कोभिड १९ अस्पतालको प्रयोगशालामा आज गरिएको परिक्षणका क्रममा  नवलपुरकाे देवचुली नगरपालिका १२ का ४९ […]

एकैदिन ५७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९१ पुग्यो

विकल्प न्यूज/बेनी बैशाख ३० गते ।  आज फेरि थप ५७ जनामा कोरोना पुष्टि भएको छ।  राष्ट्रिय जनस्वास्थय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ५७ जनामा कोरोना पुष्टि भएको र उनीहरु सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नयाँ संक्रमितमा कपिलबस्तु जिल्लाका ८ जना, रुपन्देही जिल्लाका ९ जना, पर्सा जिल्लाका ३९ जना तथा बारा […]

थप ५७ जनामा कोरोना संक्रमणको पुष्टी

विकल्प न्यूज/बेनी बैशाख ३० गते । नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बारामा १ जना छन् । थपिएका संक्रमित सबै पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए ।

पर्वतमा नेपालकै अग्लो लठ्ठे पिङ्ग संचालन

विकल्प न्युज/ पर्वत बैशाख ३० गते ।  सहासिक पर्यटनको गन्तब्य बन्दै गएको पर्वतको कुस्माबजारमा फेरी अर्को सहासिक खेल सञ्चालनमा आएको छ पर्वतको कुस्माबजारमा कालीगण्डकी नदीमाथी बनेको बिश्वकै दोस्रो अग्लो बन्जीजम्प परिसरमा नेपालकै अग्लो लठ्ठे पिङ्ग सञ्चालनमा आएको हो । दशैं तिहारमा बाँस गाडेर बनाईने पिङ्ग लठ्ठे पिङ्ग जस्तै जमिनबाट १२ मिटर उचाईका फलामे पोलमा पिङ्ग […]

तस्विर र भिडियोमा हेर्नुहोस् पर्वत र बाग्लुङ जोड्ने लामो पुल

विकल्प न्यूज/बेनी बैशाख २७ गते ।   बागलुङ बजारलाई पर्वतको पाङ सँग जोडने गरी निर्माण गरिएको एसियाकै अग्लो झोलुङ्गे पुल हालै निर्माण सम्पन्न भएको छ । लकडाउनका समयमा यो पुल निर्माण सम्पन्न भएको हो । लकडाउन खुलेपछि औपचारिक रुपमा उदघाटन गर्ने तयारी छ । पुलले कुश्मा नगरपालिका–१, पाङ अदुवाबारीबाट बागलुङ नगरपालिका–१, रामरेखालाई जोडेको छ । पुलको […]

दुई कराेडकाे पुल छ महिना पनि टिकेन

सेते तिलिजा / शिख बैशाख २८ गते । निर्माण सम्पन्न भएको छ महिना पनि नपुग्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख–स्वाँत जोड्ने आर्क मोटरेबल पुल जीर्ण बनेको छ । पूर्वाधार विकास योजना कार्यालयले रु दुई करोड १० लाखको लागतमा स्वतन्त्र गौचन  जेभि मार्फत छ महिना अघि पुल निर्माण गरिएको थियाे । ३० मिटर लम्बाइको सो पुलको बीच […]

आहा कति सुन्दर ताल । मल्लाज पुर्ण गाउँ स्थित बराह तालको दृश्य (भिडियो)

विकल्प न्यूज/बेनी बैशाख २७ गते । पर्वतको जलजला गाउँपालिका २ स्थित पूर्ण गाउँमा रहेको बराह ताल । पर्यटकीय स्थलको राम्रो संभावना रहेको तालको प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा परेको छ । भिडियो ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज

थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो

विकल्प न्यूज/बेनी बैशाख २७ गते । नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । 

डेङ्गुको उच्च जोखिममा म्याग्दी – संक्रमितको संख्या ९ पुग्यो

विकल्प न्यूज/बेनी बैशाख २६ गते । डेङ्गुको उच्च जोखिममा म्याग्दी देखिएको छ । पछिल्लो समय डेङ्गुको विरामी बढ्न थाले सँगै यसको जोखिम बढेको हो । शुक्रबार मात्रै २ जनामा डेङ्गु संक्रमण देखिएको बेनी अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो । वैशाख महिनामै म्याग्दीमा डेंगु संक्रमितको संख्या ९ पुगेको छ। बेनी नगरपालिका ५ भीरमुनि […]