बागलुङको भूजीखोलाको पहिरोमा ३० जना बेपत्ता, ५० घर बगायो

बुर्तिवाङ २०७७ भदौ १८ ।

ढोर देउरालीबाट बगेको पहिरोले भूजीखोला किनारका बस्ती बगाएको छ ।

नेपाली काँग्रेसका क्षेत्रीय सभापति दोर्ण कुमार कुवरका अनुसार अबिरल वर्षा सँगै आएको भीषण बाढी पहिरोले ३० जना बेपत्ता भएका छन् भने ५० घर बगाएको छ ।

सहकर्मी विमल खड्काले दिएको जानकारी अनुसार पहिरोका कारण ढोरपाटन नगरपालिकाको वडा नं। ९ र ८ मा आएको बाढिका कारण लाकुरीबोटमा ३ जना, सुकुरदुङमा १ जना दुनेपधेरामा ३ जना, घट्टबोटमा ७ जना, भुसुन्डेमा ३ जना व्यक्ति सम्पर्क विहिन भएका छन् ।

यस्तै बाढिले, लाकुरीबोट ११ घर, दुनेपधेरामा ५ घर, घट्टबोटमा ८ घर भुसुन्ड्मा १, घर बगाएको छ,भने सुकुरदुङको सरस्वति आधारभूत विद्यालय, सुप्राङको जनचेतना प्रावि, समेत बगाएको छ ।

साविक बोबाङमा रहेका ३ वडा जलविघुत आयोजना र ३ वटा झोलुँगेपुलसमेत बगाएको स्थानीयले जानाकारी दिए । प्रहरी टोली र स्थानीय उद्धारमा जुटेको अवस्था छ ।