मंगलबार थपिए ९०२ जना कोरोना संक्रमित

विकल्प न्यूज/बेनी
भदौं २३ गते । पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस व्रिफिङमा देशभरका प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा उक्त संख्या थपिएको जानकारी दिइएको हो । स्वास्थ्य मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा दुइहजार दुइसय ८७ कोरोना निको भएर डिस्चार्ज भएका छन् । आजसम्म पाँचहजार पाँचसय १० जना क्वारेन्टाइनमा छन् ।
एकसय ४४ जना संक्रमित आइसियुमा राखेर उपचार भइरहेको छ । भने २३ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको मन्त्रालयले जनाएको छ ।

कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ । उनीहरुमध्ये ३०६ जनाको मृत्यु भएको छ भने ३२ हजार ९६४ जना कोरोनामुक्त भएका छन् ।