अहिले सम्मकै धेरै १८ सय १४ जनाले कोरोना जितेर घर फर्के

काठमाडौँ , २१ भदौ ।फाईल तस्वीर : म्याग्दीमा काेराेना जितेर घर फर्किदै ।

नेपालमा गएको २४ घण्टामा अहिले सम्मकै भेरै १८ सय १४ जनाले कोरोना जितेर घर फर्केका छन् ।

आज १८ सय १४ जनाले कोरोना जिते सगैँ नेपालमा कोरोना मुक्त भए घर फर्कनेको संख्या २८ हजार ९ सय ४१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस ब्रिफिंगका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनभयो ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार नेपालमा कोरोना मुक्त भइ घर फर्कनेको संख्या २८ हजार ९ सय ४१ रहेको छ ।
नेपालमा कुल कोरोना संक्रमित मध्य ६३ प्रतिशत कोरोना मुक्त भइ घर फर्केका छन्