गण्डकी प्रदेशमा थपिए ६९ जना काेराेना संक्रमित

विकल्प न्युज/ बेनी

भदौं २१ गते । गण्डकी प्रदेशका थप ६९ जनामा काेराेना पुष्टि भएकाे छ । स्वास्थ्य निर्देशनालय पाेखराले प्रकाशित गरेकाे विज्ञप्तिमा ६ जिल्लामा गरेर उक्त संख्या थपिएको जनाएको छ ।

अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २५१६ पुगेको छ |

क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा, चितवन मेडिकल कलेज, चितवन र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ६९ जना संक्रमितहरुको विवरण तपशिल बमोजिम रहेको छ|
कास्की जिल्ला, पोखरा महानगरपालिकाका २ जना महिला पार्कल्याण्ड अस्पताल, अमरसिंह चोकमा कार्यरत स्वास्थ्यकर्मी (स्टाफनर्श) हुनुहुन्छ | लमजुङ जिल्ला, बेशीसहरका २ जना रिलायन्स फाईनान्समा कार्यरत कर्मचारी हुनुहुन्छ | अन्य सबै व्यक्तिहरु contact tracing बाट पहिचान हुनुभएको हो | सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ |