शान्ति बस्नेत / विकल्प न्यूज
भदौं २० गते । महिला पुरुष बरावरी यो भनाई पनि सुन्दासुन्दा अव त मानसपटलमा नै शिलालेख जस्तो भएर बसि सकेको छ । भन्न, बोल्न जति सजिलो छ त्यति नै व्यवहारमा लागू गर्न कठिन भएको हामी सबैले महसुश गरेका छौं ।
व्यवहारिक ज्ञान भन्दा नि हामीहरु चाहिं सैद्धान्तिक ज्ञानको नै पछि लागेको प्रशस्त उदाहरणहरु छन् । नेपालमा महिला हकहितका निम्ति धेरै नै संघर्ष गरेको इतिहासहरु हामी सामू छन् ।
जस्तै, नेपालमा महिला अधिकारका निम्ति नै भनी महिला स्वतन्त्रता र समानतका लागि वि.स.१९७४ सालमा विदुषी योगमायाले सुरु गरेकी हुन । उनले पनि महिलाहरुका लागि स्वतन्त्रता र समानताका निम्ति नै आवाज भर्ने काम गरेको हामी सामू ईतिहास ज्यूदो छ ।
२००७ सालको क्रान्तिमा महिलाहरुको सहभागिता र भूमिका धेरै नै रहेको थियो त्यसकै परिणाम स्वरुप वी.पी. कोइरालाको तत्कालीन मन्त्रिमण्डलमा द्धावारीका देवी ठकुरानीलाई पहिलो महिला मन्त्री बनाउन सफल भएका थिए र महिला आन्दोलनले केही सार्थकता पाएको थियो ।
त्यसै गरी २०१७ सालमा बहुदलीय शासन व्यवस्था खारेज गरिदा पनि शैलजा आचार्या, गौरी राणा, विजय बराल लगायतका महिलाहरुले कालोझण्डा लिइर राजा महेन्द्रको कार्यकालको विरोध गरेको हामीले अहिले पनि अध्ययन गर्न सक्छौं ।
नेपालमा २०४६ सालको जनआन्दोलनसम्म आईपुग्दा महिलाहरुको सक्रिय उपस्थितिहरु भएको पाईन्छ । त्यसै गरि २०६३ सालको परिवर्तनमा महिलाहरुले आ–आफ्नो क्षेत्रबाट महत्वपर्ण योगदान पु¥याएको हामी सबैलाई जगजायर नै छ । यस्तै विभिन्न कालखण्डमा नेपाली महिलाहरुको इतिहास पल्टाएर हेर्ने हो भने हरेक परिस्तिथिहरुसंगै महिलाहरुले आफ्नो हकहितका निम्ति अमूल्य समय र जीवनलनई समर्पित गराएका छन् ।
यस्तै समयको माग र त्यसको फलस्वरुप २०७२ सालको संविधानमा महिला अधिकारको हिसावले अहिलेसम्मकै प्रगतिशील संविधान बन्न पुग्यो र महिलालाई संसदमा ३३ प्रतिशत प्रतिनिधित्व स्थानीय तहमा महिलाको अनिवार्य उपस्थिति हुन् पर्ने संविधानमा नै उल्लेख भएको छ ।
अधिकारका कुरा संविधानमा उल्लेख गरिएको छ तर त्यही संविधानका पाना पल्टाउनेहरुले नै संविधानका कुरालाई लागू गर्न सकेका छैनन् । हरेक क्षेत्रमा महिलाहरु पिछडीएको नै अवस्था छन जस्तै, सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक, प्रशासनिक लगायतका क्षेत्रमा पुरुषको
तुलनामा महिलाको सहभागिता भए ता पनि पहुँच ज्यादै न्यून रहेको छ । यो समाजका मानिसहरुले महिलाहरुलाई निर्णायक भूमिकामा अझै पनि कार्य गर्न दिइएको छैन । अब हामीले यसो भनी रहदाँ विगतलाई फर्केर हेर्दा वर्तमान स्थितिमा धेरै नै सहज भएको आभाष गर्न सकिन्छ ।
किन कि जुन परिवर्तनका लागि हाम्रा अग्रज दिदिहरुले धेरै नै संघर्ष गर्नु भएको इतिहास पल्टाएर हेरियो भने बोल्छ । त्यस कारण पनि अव हामीले यो महिलालाई मात्रै नभएर समाजलाई नै कसरी बदल्ने र समाजमा नै कसरी आत्मनिर्भर बनाउने भन्ने सोचका साथ अगाडि बढ्नु पर्दछ ।
इतिहासका गाथाहरुले हामीलाई धेरै सहज बनाइदिएको छ, अव हामी महिलाहरुले पनि यो समाजलाई अगाडि बढाउने पहिला जस्तो कष्टकर जीवन विताउनु पर्ने स्थिति चाहिं हैन तर पनि अधिकारका कुरा प्रशस्त रुपमा भए ता पनि महिलाहरु अझै पनि दाईजो प्रथा, चेलिवेटी वेचविखन, बलत्कार अन्य यस्तै जघन्य घटनाहरुमा नै परि आफ्नो ज्यान गुमाउनु परेको छ ।
हरेक ठाँउमा महिला अधिकारका कुराहरु उठे पनि यस्ता घटनाहरु न्यूनिकरण हुन सकेका छैनन् कुराले मात्रै समस्या समाधान नहुने स्थिति हो कुरा भन्दा पनि काम गर्नु चाहिं ठूलो कुरा हो ।
नीतिगत रुपमा एकदमै कार्यान्वयन पक्षको फितलो कार्यान्यवन भएकोको छ । राजनीतिक अस्थिरताको कारण पनि यस्ता घटनाहरुले बढुवा पाइ रहेका देखिन्छन् ।
अबका दिनहरुमा हरेक स्थानमा महिलाहरुलाई कोटामा मात्रै सीमित नबनायोस । अब कोटामा लड्ने समय हैन सबै मिलेर समानताको नारालाई सबैले स्वीकारेर अगाडी बढी समानतामूलक समृद्ध नेपाल बनाउन एकजुट हुन जरुरी छ । महिलाहरु शारीरिक रुपमा मात्रै हैनन मानसिक रुपमा पनि धेरै सुन्दर हुन्छन सबैको त्यसमा ध्यान जाओस् । जय नारी ।।