भारतमा एकैदिन थपिए ९० हजार ६३३ जना कोरोना संक्रमित

२१ भदौ, काठमाडौं ।

भारतमा एकैदिन ९० हजार बढीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १० लाख ९२ हजार ६५४ नमुना परीक्षण गर्दा ९० हजार ६३३ जनामा संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संख्या २४ घण्टाको अवधिमा पुष्टि भएको विश्वकै सबैभन्दा धेरै हो । भारतमा केही दिनयता दैनिक ८० हजारभन्दा धेरै जना संक्रमित थपिँदै आएका छन् ।

भारतमा कोरोना संक्रमणबाट एक हजार ६५ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ७० हजार ६२६ पुगेको छ ।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको विवरणअनुसार कोरोना संक्रमणबाट प्रभावित अमेरिका र ब्राजिलपछि भारत तेस्रो स्थानमा छ । onlinekhabar