गण्डकी प्रदेशमा कोरोना संक्रमण बढ्दो – ६७ जना नयाँ संक्रमित थपिए

विकल्प न्यूज\बेनी
भदौं २२ गते । गण्डकी प्रदेशमा कोरोना संक्रमण बढ्दो छ । दैनिक रुपमा धेरै संख्यामा कोरोना संक्रमित थपिने क्रम छ ।

सोमबार विहान थप ६७ जनामा कोरोना पुष्टी भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयको विज्ञप्ती अनुसार कास्कीमा ३१, गोरखा १८,तनहुँमा ३ र नवलपुरमा १५ जना नयाँ संक्रमित थपिएका हुन ।

यो संगै प्रदेशमा संक्रमितको संख्या २५ सय ९८ पुगेको छ ।

थपिएका नयाँ संक्रमितहरु सवै कन्टयाङ ट्रेसिङ बाट पहिचान भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ्र ।

जिल्लागत विवरण तलको तालिकामा हेर्नुहोस