साेमबार ११ जना कोरोना संक्रमितको मृत्यु,संख्या तीन सय पुग्यो

विकल्प न्युज/ बेनि

भदौं २२ गते ।

छिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ११ जनाको मृत्यु भएको छ।

सोमबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार थप ११ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा चार जना महिला छन्।  काठमाडौं ३७ वर्षीया, ९० वर्षीया र ८३ वर्षीया महिला छन्। त्यस्तै कास्कीका ६३ वर्षीया महिला छन्।

त्यस्तै, मोरङका ७६ वर्षीय, सिराहाका ८७ र ६२ वर्षीय, सर्लाहीका ३५ वर्षीय, दोलखाका ६९ वर्षीय, मकवानपुरका ३९ वर्षीय र बाँकेका ५९ वर्षीय पुरूष छन्।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या तीन सय पुगेको छ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ९ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा एक हजार सात सय ३६ जना निको भइ घर फर्किसकेका छन्। निको हुनेको संख्या ३० हजार ६ सय ७७ पुगेको छ।