बेनी नगरपालिका

नरप्रसादको पीडा ः मजदुरी गर्दा आँखा र हात गुम्यो, क्यान्सरले श्रीमतीको लग्यो

विकल्प न्यूज/बेनी पुस २१ ग्ते । सन्तोष गौतम बेनी २१ पुष । मजदुरी गर्ने क्रममा आँखाको ज्योती र एउटा हात गुमाएका म्याग्दीका एक व्यक्तिले आर्थिक अभावका कारण उपचार गर्न सकेका छैनन् । बेनी नगरपालीका २ भकुण्डेका ५९ वर्षिय नरप्रसाद सुनार उपचार गर्ने पैसा नभएर पिडादायी जिवन जिउन बाध्य हुनुभएको हो । वि.स २०६५ चैत ३ […]

बेनी खानेपानीले ल्यायो मोवाईलबाट महशुल भुक्तानी

सन्तोष गौतम/विकल्प न्यूज बेनी २१ पुष ।म्याग्दीको बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले मोवाईलबाट खानेपानीको महशुल भुक्तानी गर्ने व्यवस्था मिलाउने भएको छ । संस्थाको शुक्रबार बेनीमा भएको १८ औ वार्षिक साधारणसभामा उपभोक्ताले महशुल बुझाउन कार्यालय सम्म धाउनुपर्ने अवस्थाको अन्त्य गर्न लागिएको जानकारी गराइएको हो । सचिव माधवप्रसाद रेग्मीले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रबिधिको प्रयोग गरेर […]

म्याग्दीकाली ले १० प्रतिशत वोनस सेयर वितरण गर्ने

सन्तोष गौतम /विकल्प न्यूज बेनी १९ पुष । म्याग्दीकाली सञ्चार सहकारी संस्था लि.को दसौ वार्षिक साधारणसभा बुधबार बेनीमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्नुहुदै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले सामाजिक परिवर्तन, शुसासन र दिगो विकासका लागि सञ्चार माध्यमले जागरणमुलक भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । संस्थाका संस्थापक अध्यक्ष समेत रहनुभएका श्रेष्ठले विकास र सम्बृद्धिका लागि […]

म्याग्दीमा पहिलो पटक टिम्मुर प्रसोधन गर्ने औजार भित्रीयो

विकल्प न्यूज/बेनी पुस १७ गते । म्याग्दीमा मसलेदार फल टिम्मुरको प्रसोधन गर्ने औजार भित्रीएको छ । बेनी नगरपालिका ९ तोरीपानीको निलपहरा सामुदायिक वन उपभोक्ता समूहले जिल्लामै पहिलो पटक टिम्मुर सुकाउने, प्रसोधन, तौलने र पिधेर मसला बनाउने औजार भित्र्याएको हो । जिल्ला वन कार्यालय म्याग्दीको दश लाख रुपैयाँ अनुदानमा औजार खरिद गरिएको समूहका सागर बानियाँले जानकारी […]

खबरामा सिँचाईका लागि पोखरी

विकल्प न्यूज/बेनी पुस १७ गते । पोखरी निर्माण भएपछि कृषकहरुलाई सिँचाई गर्न सहज भएको छ । पर्याप्त पानीको स्रोत नभएको ठाउँमा पोखरीमा पानी संकलन गरेर सिँचाई गर्ने व्यवस्था मिलाइएको हो । थोरै पानीको स्रोत भएको ठाउँमा पोखरीमा संकलन गरेर आपुर्ती गर्दा खेतीबालीमा सिँचाई गर्न सहज भएको कृषकहरुले बताएका छन् । पोखरी निर्माण भएपछि सुख्खा याममा […]

बेनीका मासु व्यवसायीको यस्तो खेलबाड कहिलेसम्म….?

सन्तोष गौतम/विकल्प न्यूज बेनी १७ पुष । म्याग्दीको सदरमुकाम बेनीमा बधशालाको अभाव भएको छ । व्यवस्थित बधशाला र बधस्थलको अभावमा उपभोक्ता अस्वस्थ्यकर तवरले दुषित ठाउँमा बध गरिएको मासु उपभोग गर्न बाध्य छन् । अव्यवस्थित बधस्थलका कारण नदी र नजिकैको बस्तीका बासिन्दा प्रदुषणको चपेटामा परेका छन् । बेनीका मासु व्यवसायीले खुल्ला मञ्च नजिकै रहेको बधस्थल र […]

यसरी हुँदै छ बेनी बजार संरक्षण

विकल्प न्यूज/बेनी पुस १६ गते ।   म्याग्दीको सदरमुकाम बेनीबजारलाई कालिगण्डकी र म्याग्दी नदीको कटानबाट जोगाउन संरक्षण आयोजना सुरु गरिएको छ । आयोजनामा यतिखेर तिव्र तरिकाले काम भइरहेको छ । नदी कटानका हिसावमा सदरमुकाम बेनी नेपालकै ७ औं जोखिमयुक्त सदरमुकाम मानिन्छ । चालु आर्थिक वर्षमा बेनी बजार संरक्षण आयोजनालाई ११ करोड रुपियाँ विनियोजन भएको छ […]

आनन्दबगरका रुद्रबहादुर म्याग्दीका नमुना कृषक (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज पुस १४ गते ।थोरै समयमा धेरै कमाउने आशा पालेर बेनी नगरपालिका १ आनन्द बगरका रुद्रवहादुर थापा २८ वर्षको उमेरमा साउदी अरब हानिनुभयो । ६ वर्ष साउदी अरबमा कडा परिश्रम गर्दा पनि सोचेजस्तो आम्दानी भएन । साउदीमा राम्रो आम्दानी नभएपछि गाउँ फर्किएर थापाले व्यवसायिक तरकारी खेती थाल्नुभयो । थापा अहिले जिल्लामै नमुना […]

गलेश्वर क्षेत्रको पूर्वाधार विकासमा जोड

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १३ पुष । बेनी नगरपालिका ९ मा रहेको गलेश्वर शिवालय क्षेत्र विकास कोषको १२ औ कार्यकारी सभा र गलेश्वर जेष्ठ नागरीक आश्रमको सातौ वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ ।  गलेश्वर मन्दिर परिसरको सत्संग सभाहलमा सम्पन्न साधारणसभामा सहभागीहरुले गलेश्वरको धार्मीक पर्यटन प्रर्वद्धनको साथसाथै व्यवस्थापनमा पनि प्राथमिकता दिनुपर्ने बताएका छन् । जिल्ला […]

डडुवामा लिफ्ट खानेपानी आयोजनाको परिक्षण सफल

सन्तोष गौतम/ विकल्प न्यूज बेनी १० ।   बेनी नगरपालिका ५ डडुवामा लिफ्ट प्रबिधिको खानेपानी आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सोलारको सहायताले बस्ती देखि तल रहेको मुहानबाट रिजर्भ टंकीसम्म पानी तानेर सोमबार आयोजनाको परिक्षण गरिएको छ । परिक्षण सफल भएपछि स्थानीय बासिन्दामा खुसीयाली छाएको र केही दिनमै आयोजना सञ्चालन गर्ने तयारी भएको उपभोक्ता […]

जनप्रतिनिधिको उपेक्षाका कारण म्याग्दीका कृषकहरु मर्कामा

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ७ पुष । जनप्रतिनिधिहरुको उपेक्षाका कारण म्याग्दीमा कृषि र पशु विकास सम्बन्धि योजना तथा कार्यक्रम अलपत्र परेका छन् । मन्त्रालयले पठाएको बजेट स्थानीय तहले अन्यत्र बिनियोजन गरेपछि कृषकहरु विउबिजन र पशुपंक्षीको औषधि उपचारको सेवाबाट समेत बञ्चित हुनुपरेको छ । कृषि र पशुपंक्षी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०७४७५ मा सञ्चालन हुने […]

प्रकाश माविको ६५ औ वार्षिक उत्सव मनाउन सुरु (भिडियो सहित)

सन्तोष गौतम /विकल्प न्यूज बेनी ७ पुष । म्याग्दीको जेठो शैक्षिक संस्था मध्यमा पर्ने प्रकाश माध्यमिक विद्यालयले शुक्रबारदेखि ६५ औ वार्षिक उत्सव मनाउन सुरु गरेको छ । वि.स २००९ मा बेनीमा स्थापना भएको विद्यालयको ६५ औ वार्षिक उत्सव तथा नीलमणी जयन्तीको अवसर पारेर बेनीमा ¥याली गरिएको छ । विद्यालय परिसरबाट सुरु भएको ¥याली बजार परिक्रमा […]

पुरानै कार्यशैलीका कारण विकासको कामले गति लिन सकेन

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ६ गते । परम्परागत कर्मचारी प्रशासन, नयाँ संरचना र समन्वयको अभावमा म्याग्दीका स्थानीय तहले अपेक्षाकृत रुपमा विकासको कामलाई गति दिन सकेका छैनन् । राजनीति र प्रशासनीक नेतृत्वबिच तालमेल अभाव देखिएको छ । कार्यशैलीमा परिवर्तन नआउँदा कर्मचारीले चलाउँदाको र अहिलेको अवस्थामा खासै भिन्नता नभएको सर्वसाधारण बताउँछन् । नयाँ संरचना, क्षेत्राधिकार र नीतिगत […]

म्याग्दीखोलाको पानी लभ्लीडाँडामा पुगेपछि स्थानीय दङ्ग

विकल्प न्यूज/बेनी पुुस ५ गते । तरकारी खेतीको पकेट क्षेत्र बेनपा २ खबराका कृषकले नयाँ प्रबिधिको सिँचाई आयोजना निर्माण गरेका छन् । लिफ्ट प्रबिधिको सिँचाई आयोजना निर्माण गरेर बेनी बजार नजिकैको हाँडेभिरबाट म्याग्दी नदीको पानी तानेर लभ्लीहिलको डाँडाँमा पु¥याएका हुन् । जिल्ला कृषि विकास कार्यालयको आर्थिक सहयोगमा खबराको राधाकृष्ण कृषि सहकारी संस्थाले जिल्लामै पहिलो पटक […]

बेनी नगरपालिका – फोहोर व्यवस्थापनमा किन भयो असफल !

सन्तोष गौतम/विकल्प न्यूज पुस ३ गते । रातोपहिरो स्थित फोहोरको थुप्रोमा आगो लगाईएपछि निस्कीएको दुषित घुँवाको मुस्लो । तस्विर सन्तोष गौतम, नवविकल्प बेनी बजारको फोहोर व्यवस्थापनका लागि “ल्याण्डफिल साइट” निर्माण गर्ने योजना एकादेशको कथा जस्तै बनेको छ । सरोकारवालाले प्राथमिकता दिएपनि ठोस काम नहुँदा ल्याण्डफिल साइट बनाउने दसकौदेखिको योजना अधुरो छ । “ल्याण्डफिल साइट” निर्माण […]