रत्नेचौरमा सेभेन ए साईड कप फुटबल प्रतियोगिता सुरु

विकल्प न्यूज/बेनी
फागुन १४  गते ।  28168518_162565954399150_7136502026715842980_n बेनी नगरपालिका १ रत्नेचौरमा सोमवार देखि सेभेन ए साईड कप फुटबल प्रतियोगिता सुरु भएको छ । फागु पूर्णिमाको अवसरमा रत्नेचौर जागर समुहले फागुन १४ देखि १७ गते सम्म प्रथम रत्नेचौर जागरण कप फुलबल प्रतियोगिताको आयोजना गरेको हो ।  उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका सांसद भुपेन्द्रवहादुर थपाले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । सांसद थापाले समृद्ध समाज को विकासका लागि खेल्कुद्को ठूलो भुमिका हुने भएकाले खेल पूर्वाधारको निर्माणमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 28276288_162558127733266_333103465164515504_nउहाँले रत्नेचौरमा रहेको खेलमैदानलाई थप व्यवस्थित र पूर्वाधार निर्माण गरेर नियमित खेलकुद गतिबिधि सञ्चालन गर्न पहल गर्ने बताउनुभयो ।

बेनी नगरपालिका उपमेयर सञ्जु बरुवाल, बेनपा १ रत्नेचौरका वडा अध्यक्ष टेकवहादुर रावल,सुदिप स्मृति कोषका अध्यक्ष सन्तोष रावल,साविक रत्नेचौर गाविसका पूर्व अध्यक्ष नेत्र वहादुर महत र म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवालले रत्नेचौरमा खेल पूर्वाधारको विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो । 28167147_162558087733270_3909180959385316460_nचार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा म्याग्दी, बागलुङ र पर्वतका २५ टिमले सहभागिता जनाएका छन् ।   बिजेता र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद ५१ हजार एकसय ५१ र ३३ हजार तिनसय ३३ रुपियाँ पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएका छन् ।

जागर समुहका अध्यक्ष गणेश बोगटीको अध्यक्षता, सल्लाहार विक्रम बोगटीको सञ्चालन र उपाध्यक्ष मन्नु रावलको स्वागत मन्तब्यमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।