पात्लेखेतमा कृषि तथा पशु सेवा सम्बन्धि अभिमुखीकरण

विकल्प न्यूज/बेनी
फागुन १३ गते । Patlekhet (1)बेनी नगरपालिका १० पात्लेखेतमा आईतबार कृषि तथा पशु विकास सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको संयोजनमा नगरपालिकाको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा ४० जनाको सहभागीता रहेको थियो । कार्यक्रममा नगरपालीकाका कृषि शाखा प्रमुख कृषि प्रसार अधिकृत बेदनाथ पन्थी र पशु सेवा प्राबिधिक नारायण दर्लामीले सहजिकरण गर्नुभएको थियो । कृषकहरुलाई व्यवसायिक कृषि र पशुपालनको विषयमा अभिमुखीकरण गरिएको हो ।

कार्यवाहक वडा अध्यक्ष लोकबहादुर पुनको अध्यक्षता, वडा सचिव तिलक पौडेलको सञ्चालन र वडा सदस्य बिष्णुबहादुर रकालको मन्तब्यमा सम्पन्न कार्यक्रममा नगर कार्यपालीका सदस्य योगेन्द्रमान शेरचन, वडा सदस्यहरु, राजनितिक दल र संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।