बलबालिकाकाको क्षमता अभिवृद्धिका लागि सातलाख

रञ्जना श्रेष्ठ/ बेनि
फागुन २० गते । beni nagarpalikaबेनी नगरपालिकाले बालिबालिकाको क्षेत्रमा सात लाख रुपैयाँ बजेट परिचालन गर्ने भएको छ । चालु आर्थिक वर्ष २०७४÷०७५ बालबालिको शिक्षा ,स्वास्थ्य , पोषण, क्षमता अभिवृद्धि तथा चौतर्फी विकासमा सहयोग पुगोस् भन्नको लागि उक्त बजेट विनीयोजन गरेको हो ।

नगरपालिकाका योजना शाखाका खरिदार चन्द्रदत्त शर्माले बालविकास केन्द्रको सुधारको लागि स्वर्गाश्रम बालविकास केन्द्रको तथा बडा नं ३ का बालबिकास केन्द्रको लागि १÷१ लाख बजेट एवम् बालमैत्रि कार्यक्रम एवम् पोषण सुधारकालागि बेनपा वडा नं ३ मा १ लाख बजेट विनियोजन गरिएको जानकारी दिए ।
उनका अनुसार, उक्त बजेटहरु कार्यान्वयनमा आईसकेको छ । त्यस्तै, बालबालिको नेतृत्व तथा क्षमता विकासका लागि बेनपा वडा नं ६मा रहेको सन्देश अभियान बालक्लवलाई ५० हजार अनुदान उपलब्ध गराईएको छ ।

अपाङग, बालबालिका एवम् जेष्ट नागरिको स्वास्थ्य परिक्षणका लागि बेनपा बडा नं ७ लाई ५० हजारको बजेट विनियोेजन भई कार्यान्वयन भएको छ ।
त्यसै गरि बेनपा बडा नं ९का बालबालिकाका लागि शैक्षिक सामाग्री खरिद गर्न १ लाख बजेट विनियोजन गरिएको र परिचालन भइसकेको जनाईएको छ ।

त्यसै गरि थप योजनामा बालबिकास तथा क्षमता विकासको लागि बेनपा बडा नं १० का लागि नगरपालिकाबाट रु १ लाख बजेट विनियोजन भएको एबम् थाकन पोखरी बेनपा वडा नं ६ को बालविकास केन्द्रको लागि एक लाख बजेट विनियोजन गरिएको खरिदार शर्माले जानकारी दिए ।
नगरपालिकाको १० बटै बडामा वडा बाल संजाल गठन भएको ्र नगर बाल संजाल गठन गरि बालअधिकार तथा बालमैत्रि शासनको प्रबद्र्धन गर्ने योजना रहेको बेनपा का कार्यकारी अधिकृत तेजराज शर्माले बताए ।