खबरालाई केराको पकट क्षेत्र बनाउने तयारी

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २४ फागुन ।
बेनी नगरपालीका २ खबरा र बगरफाँटलाई केरा खेतीको पकेट क्षेत्र बनाउने तयारी भएको छ । बेनी नगरपालीकाले खबरालाई केराको पकेट क्षेत्र बनाउन कार्यक्रम सञ्चालन गरेको हो । स्थानीय राधाकृष्ण कृषि सहकारी संस्थाको संयोजनमा कृषकहरुलाई ब्यवसायीक केरा खेती सम्बन्धि तालीम, प्राबिधिक सहयोग र अनुदानमा केराको बिरुवा वितरण गर्ने कार्यक्रम सञ्चालन गरेको छ ।

जस अन्तरगत बुधबार खबरा केराखेती कृषक समूह गठनका साथै ८१ जना कृषकलाई केरा खेती सम्बन्धि तालीम प्रदान गरिएको सहकारीका अध्यक्ष भद्रबहादुर कार्कीले बताउनुभयो । चितवन केरा उत्पादक संघका सल्लाहकार रामलाल श्रेष्ठले कृषकहरुलाई केरा खेती सम्बन्धि प्राबिधिक तथा सैद्धान्तिक विषयमा जानकारी गराउनुभएको थियो ।
क्षेत्रबहादुर कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष हिराबहादुर थापा, बेनी नगरपालीकाको कृषि शाखाका प्रमुख कृषी प्रसार अधिकृत बेदनाथ पन्थिको पनी उपस्थिती रहेको थियो ।

केरा खेती पकेट कार्यक्रमका लागि बेनपाले यस वर्ष दुई लाख रुपैया बिनियोजन गरेको छ । तिन हजार केराका बिरुवा कृषकलाई वितरण, उत्कृष्ट कृषकलाई प्रोत्साहन र पुरस्कृत गर्ने कार्यक्रम बनाइएको छ ।