युवालाई सिर्जनशिल र उद्यमशिल बनाउनुपर्नेमा जोड

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १९ फागुन । IMG_7345म्याग्दीका सरोकारवालाहरुले युवामा सिर्जनशिल र उद्यमशिल भावनाको विकास गराउनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय युवा परिषद्को दोस्रो स्थापना दिवसको अवसरमा जिल्ला युवा समितिको कार्यालयले शनिबार बेनीमा आयोजना गरेको कार्यक्रममा युवाहरुलाई रचनात्मक र सिर्जनात्मक बनाउन उत्प्रेरणाको आवश्यकता रहेको बताएका हुन् ।

समितिका अध्यक्ष देवीप्रसाद शर्माले युवाहरुमा आफ्ले केही गरेर स्वदेशमै स्वरोजगार बन्नुपर्छ भन्ने उद्यमशिल भावनाको विकास गराउनु जरुरी रहेको बताउनुभयो । बिदेशीने युवाहरुलाई सीपमुलक तालीम र परामर्शको आवश्यकता पर्ने उहाँको भनाई छ ।

समितिका कार्यालय प्रमुख घनश्याम पौडेलले राष्ट्रिय युवा नीति अनुसार स्थानीय तहले युवा सम्बन्धि कार्यक्रममा जोड दिनुपर्ने बताउनुभयो । उहाँले समिति मार्फत युवा उद्यमशिल कार्यक्रम, सीपमुलक तालीम, युवा उद्यमी सम्मान लगायतका कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

नगरिक समाजका सुर्दशनकुमार श्रेष्ठले युवाहरुलाई विकृती र दुब्र्यसनीबाट बचाउनु अहिलेको मुख्य चुनौती रहेको बताउँदै प्राबिधिक शिक्षा र स्वदेशमै उद्यम गर्ने भावनाको विकास र वातावरण बनाउनुपर्ने बताउनुभयो । कार्यक्रमको सञ्चालन कार्यालयका कम्प्युटर अपरेटर अमृत बास्कुनेले गर्नुभएको थियो ।